काठमाडौं । पछिल्लो २४ घण्टामा २ हजार ७६८ जना कोरोना संक्रमित थपिएका छन्।
Advertisement
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार १३ हजार ३७ जनाको परीक्षण गर्दा सो संख्यामा नयाँ संक्रमित थपिएका हुन।
थप ४ हजार २० जना संक्रमणमुक्त भएको तथा थप ४४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
आज देशभरिबाट कोरोना संक्रमित मध्ये उपत्यकामा मात्रै थप ५ सय ८ जनामा संक्रमण पुष्टि भएको छ।
त्यसमध्ये काठमाडौंका ३९४ जना, ललितपुरका ६० जना र भक्तपुरका ५४ जना रहेका छन्।

