काठमाडौं । विश्वको सबभन्दा ठूलो परिवारको मुखिया मानिएका ७६ वर्षीय पुरुषको भारतको मिजोरम राज्यमा निधन भएको छ । बहुपत्नी प्रथा भएको एउटा धार्मिक सम्प्रदायका प्रमुख रहेका जिओना चानाको आइतवार मृत्यु भएको हो ।
Advertisement
उनका ३८ श्रीमती, ८९ सन्तान र ३६ नातिनातिना रहेका छन् । चानालाई मधुमेह र उच्च रक्तचापको समस्या थियो।
चानाको परिवारका कारण भारतको उत्तरपूर्वी गाउँ पर्यटकीय आकर्षणको केन्द्र भने बनेको छ । त्यो परिवार १०० कोठा भएको घरमा बस्छ । सो घर हेर्न विश्वभरिबाट पर्यटक आउने गरेका छन्।

उनका श्रीमतीहरू चानाको शयन कक्षसँगै रहेको ठूलो कोठामा एकसाथ सुत्ने स्थानीय सञ्चारमाध्यमले लेखेका छन् ।
रोयटर्सका अनुसार चाना सन् १९४५ मा जन्मेका हुन् र उनले आफूभन्दा तीन वर्ष जेठी पहिलो श्रीमतीलाई १७ वर्षको उमेरमा भेटेका हुन् ।