काठमाडौं । प्रसिद्ध गायक प्रेमध्वज प्रधानको निधन भएको छ । उहाँको आज सुनधारास्थित न्यूरो अस्पतालमा निधन भएको हो ।
Advertisement
८४ वर्षका प्रधानको छातिमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो।
उहाँका ‘घुम्तीमा नआउ है’, ‘तिमीलाई अचेल कहाँ देखुँ’, ‘पर लैजाउ फुलहरू’ लगायत गीतहरु चर्चित छन्। प्रधानकी श्रीमति र दुई छोरा छन्। दुवै छोरा हाल अमेरिकामा छन्।

