काठमाडौं । बागलुङ केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बागलुङको अधिकारी चौर र देवीस्थानको बीच भागमा केन्द्रविन्दु भएर शुक्रबार बिहान भूकम्प गएको हो ।
Advertisement
बिहान ३ बजेर ५१ मिनेट जाँदा गएको ४.५ रेक्टर स्केलको भूकम्पको धक्का बागलुङसँगै म्याग्दी, गुल्मी, प्यूठान, रुकुम र रोल्पामा समेत महसुस गरिएको छ ।
भूकम्प गएपछि प्रभावित क्षेत्रमा त्रास बढेको छ ।