• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

साम्राज्यवादको दलाली गरेर सरकार बच्दैन : मनोज भट्ट (फोटो/भिडियो)


  •   सोमबार, बैशाख ०६, २०७८ मा प्रकाशित
  • गोविन्दकुमार शर्मा, काठमाडौँ ।
    राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले साम्राज्यवादीहरूको दलाली गरेर सरकार नबच्ने बताउनुभएको छ ।

    Advertisement

    नेकपा (मसाल), राष्ट्रिय जनमोर्चासहितका २२ राजनीतिक दल तथा सङ्घसंस्थाको आयोजनामा २०७८ वैशाख ६ गते माइतीघर मण्डलामा आयोजित विरोधसभामा मन्तव्य राख्दै उहाँले यस्तो अभिव्यक्ति दिनुभएको हो ।

    सम्बोधनको क्रममा महासचिव भट्टले इतिहासमा विदेशी साम्राज्यवादीहरूको दलाली गरेर कुनै पनि शासकको सरकार नबचेको दावी गर्नुभयो ।

    ‘मातृकाप्रसाद कोइरालाले भारतलाई कोशी बुझाए, तर उनको सत्ता बचेन’ उहाँले इतिहासको फेहरिस्त खोल्दै भन्नुभयो– ‘विपी कोइरालाले त्यही भारतलाई गण्डकी बुझाए, फेरि पनि उनको सरकार बचेन ।’

    उहाँले अगाडि भन्नुभयो– ‘त्यसपछि गिरिजाप्रसाद कोइरालाले भारतलाई टनकपुर बुझाए, फेरि पनि उनको सरकार बचेन ।’

    महासचिव भट्टले केपी शर्माओलीले पनि महाकाली बुझाउन रातदिन एक गरे पनि तत्कालीन एमाले सरकार नौ महिनाभन्दा बढी नटिकेको बताउनुभयो ।

    राजमो नेता भट्टले भन्नुभयो– ‘सरकार बच्ने विदेशीहरूको दलाली गरेर होइन, आफ्नो देशको राष्ट्रियता, सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षा गरेर हो ।’

    उहाँले प्रधानमन्त्री केपी ओलीलाई सरकारको नेतृत्वमा कायम रहिरहनका लागि नेपाली जनतामाथि नै भर पर्र्न सुझाव दिनुभयो ।

    सम्बोधनको क्रममा उहाँले एमसिसी पारित गर्ने प्रधानमन्त्री ओलीको अभिव्यक्ति काङ्ग्रेस, माओवादी–केन्द्र र जनता–समाजवादी पार्टीमाझको गठबन्धन तोड्ने चालका साथ अगाडि आएको बताउनुभयो ।

    ‘यो प्रधानमन्त्री ओलीको साम्राज्यवादको जीहजुरी गर्ने तरिका हो’ उहाँले अगाडि भन्नुभयो– ‘एकातिर, अमेरिकी साम्राज्यवादको दलाली गरेर सरकार बचाउनका लागि र अर्कातिर, काङ्ग्रेस, माओवादी–केन्द्र र जसपामाझको समीकरण तोड्नका लागि एमसिसी ओलीले पारित गर्ने अभिव्यक्ति दिएका हुन् ।’

    उहाँले प्रधानमन्त्री कामचलाउ भइसकेको र स्वयम् उनकै पार्टीले उनलाई प्रधानमन्त्रीमा कायम राख्न नचाहेको बताउनुभयो ।

    कर्णाली प्रदेशमा अविश्वास प्रस्तावको प्रसङ्ग अगाडि सार्दै उहाँले भन्नुभयो– ‘एमसिसी संसदमा प्रस्तुत गरेर त देखाउनुहोस् भन्दै उनकै पार्टीभित्रबाट चुनौती दिइरहेका छन् भने ओलीले एमसिसी पारित गर्न सक्दैनन् ।’

    महासचिव भट्टले नेपालको सन्दर्भमा एमसिसीले अमेरिकी साम्राज्यवादी स्वार्थको प्रतिनिधित्व गर्ने भएकाले गलत भएको बताउँदै केपी शर्मा ओली वा माओवादी–केन्द्र जोकसैले पारित गर्न खोजे पनि त्यसको विरुद्ध कडा सङ्घर्ष गर्ने बताउनुभयो ।

    देशभक्त जनगणतान्त्रिक मोर्चाका महासचिव परि थापाले केपी ओलीको सरकार प्राविधिक सरकार मात्र रहेको बताउनुभयो ।

    उहाँले ओली सरकार संवैधानिक, राजनैतिक र कानुनी कुनै पनि हिसाबले वैधानिक सरकार नभएको बताउनुभयो ।

    प्रधानमन्त्रीले भारतीय खुफिया एजेन्सीका प्रमुखसित बसेर सम्झौता गर्नु आपत्तिजनक भएको बताउँदै उहाँले त्यसले नेपाली सार्वभौमिकता कमजोर भएको बताउनुभयो ।

    उहाँले रअप्रमुख सामन्त गोयलसित लिम्पियाधुरा सीमा अतिक्रमणबारे ठोस कदम नचाल्ने सहमति भएकाले पछिल्लो समयमा प्रधानमन्त्री ओली त्यसबारे नरम रूपमा प्रस्तुत भइरहेको पनि बताउनुभयो ।

    नेकपा (मसाल) काठमाडौँका प्रवक्ता जगत्प्रसाद रेग्मीको सञ्चालनमा अघि बढेको उक्त कार्यक्रममा नेकपा (क्रान्तिकारी–माओवादी) का हस्तबहादुर केसी, नेकपा (माले) का सुरेन्द्र ढकाल, नेकपा (माओवादी–केन्द्र) का मेघबहादुर खत्री, जनसमाजवादी पार्टीका डम्बरविक्रम कार्की, नेकपाका अर्जुन कार्की, राष्ट्रिय जागरण मञ्चका गुणराज लोहनी र सर्वहारा कम्युनिस्ट पार्टी (माओवादी) की भावना विद्रोहीले पनि मन्तव्य राख्नुभएको थियो ।

    २२ राजनीतिक दल तथा सङ्घसंस्थाको कार्यगत एकतामा सम्मिलित सङ्गठनहरू यस प्रकार रहेका छन्–

    १. नेकपा (मसाल), २. नेकपा (क्रान्तिकारी–माओवादी), ३. नेकपा (माले), ४. राष्ट्रिय जनमोर्चा, ५. देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल, ६. नेपाल कम्युनिस्ट पार्टी, ७. नेकपा (माओवादी–केन्द्र), ८. राष्ट्रिय जागरण मञ्च, ९. जनसमाजवादी पार्टी, १०. नेकपा (संयुक्त), ११. राष्ट्रिय जागरण परिषद् नेपाल, १२. वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, १३. नेकपा (बोल्सेभिक), १४. राष्ट्रवादी केन्द्र नेपाल १५. एमसिसी खारेज अभियान, १६. पुष्पलाल अध्ययन समाज, १७. सर्वहारा कम्युनिस्ट पार्टी (माओवादी), १८. माक्र्सवादी एकता अभियान, १९. नेकपा (माक्र्सवादी), २०. नेकपा माक्र्सवादी (पुष्पलाल), २१. नेकपा (माओवादी), २२. समाजवादी राष्ट्रिय मञ्च नेपाल ।

    सोमबार, बैशाख ०६, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.