रौतहट । रौतहटमा बुधबार साँझ गोली चलेको छ । दुई जना भारतीय नागरिकले नेपाल भूमिमा प्रवेश गरेर नेपालमा व्यवसाय गरी बसेका एक भारतीयलाई गोली हानेका हुन् ।
Advertisement
गोली प्रहारबाट भारतको सिहोर घर भइ गौर नगरपालिका–२ बस्ने बिजय साह बानियाँ घाइते भएका छन् । उनलाई भारतकै नरेश राम र रजनीश पासवानले गोली प्रहार गरेका रौतहट प्रहरीले जनाएको छ ।बानियाँको कोखामा गोली लागेको छ । उनलाई थप उपचारका लागि बीरगञ्ज पठाईको छ ।
उनीमाथि किन गोली प्रहार भयो भन्ने खुलेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । नेपालको कमजोर सुरक्षा र खुला सिमानाको फाइदा उठाउँदै तराईमा भारतीयहरु प्रवेश गरेर गोली प्रहार तथा डकैतीका घटनाहरु हुने गरेका छन् ।

