बागलु्ङ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैठौं) बागलुङको २४ औँ जिल्ला यही चैत २० र २१ गते हुँदैछ । सम्मेलनको आवश्यक तयारी पुरा भएको अखिल (छैठौं) बागलुङले जनाएका छ ।
Advertisement
गलकोट नगरपालिका वडा नं ९ स्थित लक्ष्मीनारायण प्राविमा हुने सम्मेलनको उद्घाटन संगठनका केन्द्रीय सल्लाहकार भीमलाल पोखरेलले गर्नुहुनेछ । सम्मेलनमा १० वटै पालिकाका शैक्षिक संस्थाहरुबाट विद्यार्थीको प्रतिनिधित्व हुनेछ ।
सम्मेलन तयारीका क्रममा अखिल (छैठौं) ले जिल्लाब्यापी संगठन निर्माण र प्रशिक्षण सम्पन्न गरेको छ । अहिलेसम्मको तयारीका आधारमा सम्मेलन भब्य हुने संगठनका जिल्ला सल्लाहकार मनिष कँडेलले बताउनुभयो ।