• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ८. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ९. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • १०. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

राजधानीमा सात महिला संगठनले मनाए ८ मार्च (फोटो/भिडियो)


  •   सोमबार, फागुन २४, २०७७ मा प्रकाशित
  • प्रकाश थापामगर/गोविन्दकुमार शर्मा,
    काठमाडौँ ।।
    अखिल नेपाल महिला सङ्घसहितका सात महिला सङ्गठनले १११औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाएका छन् ।

    Advertisement

    सभालाई सम्बोधन गर्दै नेकपा (मसाल) का प्रवक्ता रामप्रकाश पुरीले क्लारा जेट्किनको नेतृत्वमा भएको ऐतिहासिक र गौरवशाली सङ्घर्षका कारण ८ मार्चलाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको रूपमा मनाउने अवसर प्राप्त भएको बताउनुभयो ।

    त्यतिबेला र अहिलेको अवस्था धेरै फरक रहेको बताउँदै उहाँले विश्वभरिका प्रत्येक परिवर्तनकारी आन्दोलनमा महिला सहभागिता उल्लेख्य रहेको बताउनुभयो ।

    ‘नेपाल र विश्वभरिका हरेक न्यायपूर्ण आन्दोलनमा महिलाको गौरवशाली सहभागिता र भूमिका रहेको छ’ उहाँले अगाडि भन्नुभयो– ‘कम्युनिस्ट आन्दोलनमा पनि महिलाको उल्लेखनीय सहभागिता रहेको छ ।’

    गतकालको तुलनामा महिला सहभागिता बढेको बताउँदै उहाँले सामाजिक क्षेत्रमा भने अझै धेरै काम गर्न बाँकी रहेको बताउनुभयो ।

    ‘नेपाली समाजमा छाउपडी प्रथा छ; महिलामाथि हिंसा, बलात्कार भइरहेको छ’ उहाँले भन्नुभयो– ‘सम्पत्तिमा समान अधिकार, गर्भपतनको स्वतन्त्रता, समान कामका लागि समाज पारिश्रमिक, विवाह र सम्बन्ध–विच्छेदको स्वतन्त्रताजस्ता विषयका लागि अझै सशक्त आन्दोलन उठाउनुपर्ने आवश्यकता छ ।’

    महिला आन्दोनलमा नारीवादी प्रभावसमेत रहेको बताउँदै प्रवक्ता पुरीले भन्नुभयो– ‘हामीले खोजेको न त नारीवाद हो, न पुरुषवाद; हामीले खोजेको त सामाजिक समानता हो ।’

    उहाँले महिला आन्दोलनमा मूलतः महिलाकै सहभागिता आवश्यक रहेको बताउँदै यो आन्दोलनलाई वर्गीय मुक्ति आन्दोलनसित जोड्नुपर्ने आवश्यकतामा पनि जोड दिनुभयो ।

    कार्यक्रममा सम्बोधन गर्दै अखिल नेपाल महिला सङ्घकी अध्यक्ष मीना पुनले सामन्तवादी समाजको तुलनामा पुँजीवादी समाजमा महिलाले बढी अधिकार पाएको बताउनुभयो ।

    ‘सामन्तवादी युगमा महिलालाई सम्पूर्ण रूपले घरभित्र थुनेर राखिएको थियो’ उहाँले भन्नुभयो– ‘महिलाहरू पनि उत्पादक शक्ति हुन् भन्ने विश्वास सामन्तलाई विश्वास नभएकाले यस्तो गरिएको थियो ।’

    उहाँले कलकारखानामा रहेर महिलाले मजदुरको रूपमा पुरुष मजदुरसरह आन्दोलनमा भाग लिएको पनि बताउनुभयो ।

    ‘विकसित मुलुकका मजदुरले गर्ने प्रत्येक न्यायपूर्ण आन्दोलनमा महिला मजदुरको सहभागिता रहने गरेको छ’ उहाँले भन्नुभयो–

    ‘कारखानाभित्र मजदुरमाथिको उत्पीडनका विरुद्ध महिला मजदुर पनि सडकमा ओर्लिए ।’

    उहाँले मजदुर आन्दोलनको रूपमा महिलाको योगदान पनि महत्त्वपूर्ण रहेको बताउनुभयो ।

    अमेरिका, युरोपलगायत विश्वभरिका महिलासमेतको सहभागितापूर्ण आन्दोलनको सम्मानमा ८ मार्चलाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको रूपमा नामकरण गरिएको पनि उहाँले मन्तव्यको क्रममा स्मरण गर्नुभयो ।

    उहाँले अहिले कोरोना महामारीका कारण विश्वका धेरै देशमा ८ मार्चको कार्यक्रम भव्य रूपमा सम्पन्न गर्न सम्भव नभएको पनि बताउनुभयो ।

    कार्यक्रममा नेकपा (क्रान्तिकारी–माओवादी) का पोलिटब्युरो सदस्य परि थापा, नेकपा (माओवादी–केन्द्र) का अध्यक्ष कर्णजित बुढाथोकी, नेकपाका केन्द्रीय सदस्य अर्जुन कार्की, अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) की अध्यक्ष अम्बिका मुडभरी, नेकपा (विप्लव) का सरद रसाइली, नेकपा (संयुक्त) की लक्ष्मी शाह र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य जागृत रायमाझीले मन्तव्य राख्नुभएको थियो ।

    कार्यक्रममा राजु स्याङतानले “आमा तिमीबाट” र गौरी देवकोटाले “परिचय” शीर्षकको कविता वाचन गर्नुभएको थियो ।

    अखिल नेपाल महिला युनियनकी अध्यक्ष सीता सुवेदीको अध्यक्षता तथा रुकू रनपालको सञ्चालनमा अघि बढेको उक्त कार्यक्रममा अखिल नेपाल महिला सङ्घकी धनकुमारी थापामगरले स्वागत मन्तव्य राख्नुभएको थियो ।

    सभाअघि रत्नपार्क शान्तिवाटिकाबाट सुरु भएर पुरानो बसपार्क, भद्रकाली, सहिदगेट, सुन्धारा, वीर अस्पताल हुँदै पुनः शान्तिवाटिकासम्म जुलुस प्रदर्शन गरिएको थियो ।

    जुलुसमा हिंसा होइन अधिकार दे, समान कामको समान ज्याला लागु गर, हत्या, बलात्कार अन्त्य गर, वैदेशिक हस्तक्षेप बन्द गर, हाम्रो भूमि फिर्ता गर, यौन दुराचारी र बलात्कारीलाई सामाजिक बहिष्कार गरौँ, दमन होइन अधिकार दे, हिंसापीडित महिलालाई पुनःस्थापना गर, सम्पत्तिमा समान अधिकार लागु गरलगायतका गगनभेदी नारा लगाइएका थिए ।

    कार्यक्रमको आयोजक संयुक्त महिला सङ्घर्ष समितिमा अखिल नेपाल महिला सङ्घ, अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी), अखिल नेपाल महिला फेडरेसन, अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी), अखिल नेपाल महिला युनियन, अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) र वैज्ञानिक समाजवादी महिला सङ्घ रहेका छन् ।

    https://www.youtube.com/watch?v=PaXhaqb41DA
    सोमबार, फागुन २४, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान
    संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी
    इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन
    ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा
    उत्तरी सागरमा कार्बन भण्डारण सुरु
    मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.