काठमाडौं । गायिका अन्जु पन्तले विवाह गरेकी छन् । इलामका थीर कोइरालासँग पन्तले बुधबार विवाह गरेकी हुन् ।
Advertisement
पाटनस्थित चर्चमा दुवै पक्षका परिवारका सदस्य र केही नजिकका आफन्तजनमाझ वैवाहिक कार्यक्रम गरिएको बेहुला थीर कोइरालाले सामाजिक सञ्जाल मार्फत जनाएका छन् ।
गायिका पन्तको एक दशक अगाडि गायक तथा संगीतकार मनोजराजसँग डिभोर्स भएको थियो । यसपछि छोरी परितोशिकासँग बस्दै आएकी अञ्जुले केही महिना अगाडि विभिन्न अन्तर्वाताहरुमा छोरीले विवाहका लागि दबाब दिइरहेको बताएकी थिइन् ।
आमा अन्जु पन्तले विवाह गरेपछि छोरी परितोशिकाले खुशी व्यक्त गर्दै बधाई दिएकी छन् ।