• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ८. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ९. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • १०. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

जंगे बोल्यो त बोल्यो भने झैँ गरेर संसद विघटन गर्न पाइन्न : दुर्गा पौडेल (फोटो/भिडियो)


  •   शुक्रबार, माघ ३०, २०७७ मा प्रकाशित
  • प्रकाश थापामगर/गोविन्दकुमार शर्मा,
    काठमाडौँ ।

    Advertisement

    राष्ट्रिय जनमोर्चाकी केन्द्रीय उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेलले जङ्गे बोल्यो त बोल्यो भने झैँ गरेर जननिर्वाचित संसद विघटन गर्न नपाइने बताउनुभएको छ ।

    प्रधानमन्त्री केपी ओलीको अधिनायकवादी, स्वेच्छाचारी र निरङ्कुश प्रवृत्तिप्रति इङ्गित गर्दै उहाँले यस्तो अभिव्यक्ति दिनुभएको हो ।

    राष्ट्रिय जनमोर्चा काठमाडौँको एकमहिने अयिभानअन्तर्गत २०७७ माघ ३० गते शान्तिवाटिकामा आयोजित अन्तिम विरोधसभामा प्रमुख अतिथिको रूपमा मन्तव्य राख्दै उहाँले प्रधानमन्त्री ओलीमा यस्तो प्रवृत्ति देखा परेको ठोकुवा गर्नुभयो ।

    ‘पार्टीमा उहाँप्रति अविश्वास देखा परेको भए पार्टीको बैठकमै टुङ्गो लगाउनुपर्दथ्यो’ उहाँले भन्नुभयो– ‘पार्टीको बहुमतले उहाँप्रति अविश्वास व्यक्त गरेको भए राजीनामा दिनुपर्दथ्यो ।’

    उहाँले प्रजातान्त्रिक पार्टीमा यो सामान्य प्रक्रिया भए पनि ओलीमा देखा परेको अधिनायकवादी प्रवृत्तिका कारण प्रतिनिधि सभा विघटन गरिएको भन्दै उहाँले भन्नुभयो– ‘जङ्गे बोल्यो त बोल्यो भने झैँ गरेर केपी ओलीले संसद विघटन गर्नुभयो । यस्तो गर्ने छुट २०७२ सालको संविधानले उहाँलाई दिन्न ।’

    प्रतिनिधि सभाका सांसदसमेत रहनुभएका पौडेलले प्रधानमन्त्री ओलीले आफू प्रधानमन्त्री र पार्टी अध्यक्षमा कायमै रहनका लागि त्यसको बदलामा जननिर्वाचित प्रतिनिधि सभा विघटन गर्नुभयो ।

    प्रधानमन्त्री ओलीले भन्ने गरेको ताजा जनादेशको तर्कप्रति राजमो नेतृ पौडेलले प्रश्न उठाउनुभयो ।

    ‘ताजा जनादेश भनेको के हो ?’ उहाँले भन्नुभयो– ‘जनताले ढुक्कसँग पाँच वर्षसम्म स्थिर सरकार चलाउन २०७४ सालको निर्वाचनबाट दुईतिहाइको हाराहारीमा बहुमत दिनु पुरानो जनादेश हो ?’

    प्रधानमन्त्रीको यस्तो अभिव्यक्ति जनादेशप्रति अपमान भएको बताउँदै उहाँले संसद पुनःस्थापना हुँदै हुन्न भन्ने तर्क पनि अदालतलाई प्रभावित पार्ने तरिका भएको बताउनुभयो ।

    ‘प्रधानमन्त्री एउटा संस्था हो’ पौडेलले अगाडि भन्नुभयो– ‘प्रधानमन्त्रीजस्तो सर्वोच्च संस्थाले संसद पुनःस्थापना हुँदै हुन्न भनेर सर्वोच्च अदालतलाई प्रभावित गर्न मिल्छ ?’

    राजमो उपाध्यक्ष तथा प्रवक्ता पौडेलले संविधानको प्रावधान विपरीत गरिएको विघटनलाई सच्याउन प्रतिनिधि सभा पुनःस्थापना गर्नुपर्ने र त्यसका लागि सशक्त जनान्दोलन अपरिहार्य भएको बताउनुभयो ।

    अखिल नेपाल कानुन व्यवसायी सङ्घका अध्यक्ष अधिवक्ता पदम रोकाले २०७२ सालको संविधानले नागरिक सर्वोच्चता कायम गरेको बताउँदै त्यसको रक्षा गरिनुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

    ‘२०७२ सालको संविधानले सम्पूर्ण अधिकार जननिर्वाचित संसदमा प्रत्याभूत गरेको छ’ उहाँले भन्नुभयो– संविधान र कानुनभन्दा बाहिर कुनै व्यक्ति वा संस्थामा कुनै अधिकार प्रत्यायोजन गरिएको छैन ।’

    अधिवक्ता रोकाले जननिर्वाचित प्रतिनिधि सभा विघटन गरेर प्रधानमन्त्री ओलीले नागरिक सर्वोच्चता विरुद्ध काम गरेको बताउनुभयो ।
    उहाँले भन्नुभयो– ‘मसँग संविधान र कानुनले दिएको भन्दा अरू थप अधिकार छँदै छैन भन्ने हेक्का नराखेर प्रधानमन्त्री ओलीले जननिर्वाचित प्रतिनिधि सभा विघटन गर्नुभयो ।’

    उहाँले प्रधानमन्त्रीको यस्तो असंवैधानिक, अधिनायकवादी, निरङ्कुश र स्वेच्छाचारी प्रवृत्तिबाट लोकतन्त्रलाई बचाउन प्रतिनिधि सभा पुनःस्थापना हुनुपर्ने तर्क अगाडि सार्नुभयो ।

    अखिल (छैठौँ) का अध्यक्ष विमल पोखरेलले आफैले जननिर्वाचित संसद विघटन गर्ने र त्यसलाई सही देखाउन पञ्चर्याली गर्ने तरिका सार्वभौमसत्तामाथिको हस्तक्षेप भएको बताउनुभयो ।

    ‘पञ्चायती कालमा राजाले यस्तै गर्थे’ उहाँले भन्नुभयो– ‘प्रधानमन्त्री ओलीले राजाले झैँ आफ्नो गुणगान गाउन लगाउने शैली अपनाएका छन् ।’
    अध्यक्ष पोखरेलले संसद सदस्य नभइसकेपछि पनि संवैधानिक प्रावधानअनुसार राजीनामा नदिनु प्रधानमन्त्री ओलीको बेइमानी भएको बताउनुभयो ।

    सम्बोधनको क्रममा उहाँले संसद विघटनको विरुद्धमा उभिने सबै शक्तिमाझ कार्यगत एकता हुनुपर्ने आवश्यकतामा जोड दिँदै भन्नुभयो– ‘प्रमुख प्रतिपक्षी रहेको नेपाली काङ्ग्रेसले संस्थागत रूपमा आफू संसद विघटनको पक्षमा हो विपक्षमा ? त्यसबारे प्रष्ट धारणा राख्नुपर्दछ ।’

    नेकपा (मसाल) काठमाडौँका प्रवक्ता जगत्प्रसाद रेग्मीले देशमा धर्म निरपेक्षताको विरुद्धमा षड्यन्त्र भइरहेको बताउनुभयो ।

    उहाँले गत जनान्दोलनको उपलब्धिको रूपमा रहेको धर्म निरपेक्षाको रक्षाका लागि एकजुट हुन जनतालाई आह्वान गर्नुभयो ।

    त्यसैगरी उहाँले सङ्घीयताले गर्दा पनि नेपाली जनतामाथि आर्थिक बोझ पर्नुका अतिरिक्त भौतिक विकास निर्माण कुण्ठित भएको बताउनुभयो ।

    ‘सङ्घीयता तत्कालै खारेज गर्नुपर्छ र प्रजातान्त्रिक विकेन्द्रीयतामाथि आधारित एकात्मक शासन व्यवस्था कायम गरिनुपर्दछ’ उहाँले थप्नुभयो ।
    कार्यक्रम राजमो काठमाडौँका अध्यक्ष झविन्द्र बेलबासेको अध्यक्षता तथा जिल्ला सल्लाहकार लक्ष्मणदेव पाण्डेको सञ्चालनमा अगाडि बढेको थियो ।

    सो अवसरमा रक्तिम सांस्कृतिक अभियानका सचिव हेमराज पुनले “तानाशाह बन्न नखोज” शीर्षकको गीत, रक्तिमका कलाकारहरूले “उठ किसान मजदुर” र “मधेसी पहाडी” शीर्षकको गीतमा नृत्य र जातीय समता समाजका केन्द्रीय सदस्य भक्त विकले “सन्की महाराज” शीर्षकको कविता वाचन गर्नुभएको थियो ।

    शुक्रबार, माघ ३०, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान
    संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी
    इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन
    ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा
    उत्तरी सागरमा कार्बन भण्डारण सुरु
    मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.