काठमाडौं । अभिनेत्री मनिषा कोईरालाले विदेशीहरुलाई नागरिकता दिँदै जाँदा देशको हालत के होला भनि चिन्ता व्यक्त गर्नुभएको छ ।
Advertisement
सोमबार ट्वीट गर्दै कोईरालाले सरकारले देशको भूराजनीतिक अवस्था बुझ्नै नसकेको बताउनुभएको छ ।
‘भूराजनीतिक संवेदनशीलता नेपाल सरकारले बुझ्न सकेको खै ?’ कोईरालाको प्रश्न छ, ‘जहाँको कार्यकारी प्रमुखले आफ्नो भूमि मिचेर विदेशीले बाटो बनाएको पत्तो पाउँदैनन्, त्यहाँ विदेशी र शरणार्थीलाई नागरिकता दिँदै जाँदा भोलि उनीहरूका माध्यमबाट हुन सक्ने प्रत्यायोजित कामको जिम्मा कसले लिने ?’