• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ८. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ९. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • १०. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

प्रतिनिधि सभा पुनःस्थापना भए राजनीतिक स्थिरताको सन्देश जान्छ : आनन्द शर्मा (फोटो/भिडियो)


  •   शुक्रबार, माघ ०९, २०७७ मा प्रकाशित
  • प्रकाश थापामगर/गोविन्दकुमार शर्मा, काठमाडौंँ ।।
    राष्ट्रिय जनमोर्चाका नेता आनन्द शर्माले प्रतिनिधि सभा पुनःस्थापना भए जनतामा राजनीतिक स्थिरताको सन्देश जाने बताउनुभएको छ ।
    राजमो काठमाडौँको आयोजनामा २०७७ माघ ९ गते काठमाडौँको दुर्गम स्थल शङ्खरापुर नगरपालिकाको जहरसिंपौवामा आयोजित विरोधसभामा प्रमुख अतिथिको आसनबाट मन्तव्य राख्दै उहाँले यस्तो अभिव्यक्ति दिनुभएको हो ।

    Advertisement

    ‘हामी यस सन्दर्भमा स्पष्ट छौँ, प्रतिनिधि सभा पुनःस्थापना हुँदासाथ जनताका सबै समस्या समाधान हुने छैनन्’ नेता शर्माले अगाडि भन्नुभयो– ‘यदि प्रतिनिधि सभा पुनःस्थापना हुन्छ भने जनतामा राजनीतिक स्थिरताको सन्देश जाने छ ।’

    उहाँले २०६२–६३ सालको जनान्दोलनपछि नेपाली जनताले राजनीतिक स्थिरता पनि चाहेको बताउनुभयो ।

    ‘दुईतिहाइको हाराहारीमा मत दिएर जनता ढुक्क थिए’ उहाँले भन्नुभयो– ‘तर, सत्तारूढ नेकपाले जनताको जनादेशलाई कायम राख्न सकेन ।’

    जनअपेक्षा विपरीत गत पुस ५ गते अनपेक्षित रूपमा ओली सरकारले प्रतिनिधि सभा विघटन गरेको उहाँको भनाइ थियो ।

    उहाँले ओली सरकारको प्रतिनिधि सभा विघटन गर्ने कार्यलाई असंवैधानिक र अधिनायकवादी कदम बताउनुभयो ।

    ‘असंवैधानिक यस अर्थमा हो’ उहाँले विस्तारका साथ भन्नुभयो– ‘वर्तमान संविधानले प्रधानमन्त्रीलाई प्रतिनिधि सभा विघटनको अनुमति दिँदैन ।’

    २०७२ सालको संविधानमा राजनीतिक स्थिरताको पक्षमा थुप्रै प्रावधान राखिएको बताउँदै उहाँले गतकालमा जस्तो सहजै प्रतिनिधि सभा विघटनको अधिकार प्रधानमन्त्रीमा निहित नरहेको तर्क राख्नुभयो ।

    त्यसैगरी ओली सरकारको प्रतिनिधि सभा विघटन गर्ने कार्यलाई अधिनायकवादी कदम भएको बताउँदै उहाँले भन्नुभयो– ‘पार्टीभित्र मतभेद हुँदा बहुमतको निर्णय नमान्ने वा स्वेच्छाचारी ढङ्गले अघि बढ्ने प्रधानमन्त्री ओलीको कार्यशैली अधिनायकवादी हो ।’

    ‘प्रतिनिधि सभामा मेरा विरुद्ध अविश्वास प्रस्ताव आयो, त्यसैले प्रतिनिधि सभा नै विघटन गरिदिएँ’ प्रधानमन्त्रीको ओलीको अभिव्यक्तिको प्रतिवाद गर्दै उहाँले भन्नुभयो– ‘यो तरिका अधिनायकवादी हो ।’

    उहाँले लोकतन्त्रमा राजनीतिक पार्टीमा मतभेदबारे टुङ्गो लगाउन बहुमत–अल्पमतको विधि रहने बताउँदै प्रधानमन्त्री ओलीले पनि त्यो विधि स्वीकार्नुपर्ने बताउनुभयो ।

    अर्कातिर उहाँले सत्तारूढ नेकपामा राष्ट्रियता, जनतन्त्र, जनजीविकाको पक्षमा कुनै मतभेद देखा नपरेको दावी गर्नुभयो ।

    ‘हाम्रा पक्षकालाई पदप्रतिष्ठा र लाभ पुगेन, त्यसकारण सत्तामा भागबण्डा चाहियो’ उहाँले विषयवस्तु प्रस्ट पार्दै भन्नुभयो– ‘यस ढङ्गले नेकपामा आन्तरिक मतभेद चर्कियो ।’

    उहाँले भारतले नेपाली भूमि मिचिरहेको, जनजीविकाको अवस्था गम्भीर रहेको, कोरोना महामारीका कारण देश त्राही त्राही भएको, भ्रष्टाचारले मुलुक थला परेको, महङ्गी चरमचुलीमा पुगेको, सङ्घीयताले जातीय विग्रह र अर्थतन्त्र खोक्रो पार्दै लगेका बेला सत्तारूढ दलमा यसबारे कुनै छलफल नभएको बताउनुभयो ।

    उहाँले प्रश्न गर्नुभयो– ‘यी विषयमा सत्तारूढ नेकपाका नेताहरूले चुइँक्क मुख खोलेको सुन्नुभएको छ ?’

    वर्तमान राजनीतिक सङ्कटको सन्दर्भमा राष्ट्रिय जनमोर्चाको धारणा राख्दै उहाँले भन्नुभयो– ‘जुन ठाउँबाट गल्ती भएको छ, त्यही ठाउँबाट सच्याउनुपर्दछ ।’

    उहाँले जोड दिएर भन्नुभयो– ‘प्रतिनिधि सभा पुनःस्थापना हुनुपर्दछ । यो आम जनताको माग हो ।’

    कार्यक्रममा मन्तव्य राख्दै अखिल नेपाल जनजाति सम्मेलनका अध्यक्ष निमबहादुर बुढाथोकीले ठुला भनाउँदा राजनीतिक दलहरूले पटक–पटक संसद विघटन गर्ने गरेको बताउँदै अहिले केपी ओली सरकारले पनि असंवैधानिक तरिकाले प्रतिनिधि सभा विघटन गरेको बताउनुभयो ।

    ‘मलाई पार्टीभित्रकाले काम गर्न दिएनन्, त्यसैले प्रतिनिधि सभा विघटन गरिदिएँ’ प्रधानमन्त्री ओलीको अभिव्यक्तिबारे बुढाथोकीले भन्नुभयो– ‘यो कुनै संवैधानिक तर्क होइन ।’

    नेकपा (मसाल) बागमती प्रदेशका प्रवक्ता समीर सिंहले सङ्घीयताले जनताको आधारभूत समस्या समाधान नगर्ने भएकाले त्यसलाई तत्कालै खारेज गर्नुपर्ने बताउनुभयो ।

    ‘जहरसिंपौवा निवासी जनतालाई हेटौँडामा राजधानी भएर के फाइदा छ ?’ उहाँले भन्नुभयो– ‘सङ्घीयताले आम जनताको समस्या समाधान गर्दैन, बरु उल्टै झन् जटिल बनाउँछ ।’

    राष्ट्रिय जनमोर्चा बागमती प्रदेशका सचिव शिवहरि खनालले जनताले राजनीतिमा सक्रियतापूर्वक चासो राख्नुपर्ने बताउनुभयो ।

    उहाँले भन्नुभयो– ‘जनताले राजनीतिप्रति बेवास्ता गर्ने हो भने त्यहाँ सधैँ जनविरोधी तत्त्वहरूकै हालीमुहाली भइरहने छ ।’

    कार्यक्रममा अखिल नेपाल खेलकुद महासङ्घका संयोजक पृथ्वी थापा, रक्तिम सांस्कृतिक अभियानका केन्द्रीय कोषाध्यक्ष विष्णु शर्मा र जातीय समता समाजका केन्द्रीय सदस्य भक्त विकको पनि आतिथ्यता रहेको थियो ।

    कार्यक्रमको अध्यक्षता राजमो काठमाडौँका उपाध्यक्ष राजेन्द्र पुडासैनीले गर्नुभएको थियो भने सञ्चालन नेकपा (मसाल) काठमाडौँका प्रवक्ता जगत्प्रसाद रेग्मीले ।

    अखिल नेपाल महिला सङ्घकी केन्द्रीय कोषाध्यक्ष ऋतु केसीको स्वागत मन्तव्य रहेको सो विरोधसभामा रक्तिम सांस्कृतिक अभियानका कलाकारहरूले “झन्भन्दा झन् उच्च हुन्छ” र “मधेसी–पहाडी हिमालका हिमाली” शीर्षकको गीतमा नृत्य प्रस्तुत गर्नुभएको थियो ।

     

    शुक्रबार, माघ ०९, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान
    संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी
    इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन
    ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा
    उत्तरी सागरमा कार्बन भण्डारण सुरु
    मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.