• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

प्रतिनिधि सभा विघटन विरुद्ध चार महिला संगठनको विरोध जुलुससहित सभा (फोटो/भिडियो)


  •   मङ्गलबार, माघ ०६, २०७७ मा प्रकाशित
  • प्रकाश थापामगर/गोविन्दकुमार शर्मा, काठमाडौँ ।।
    अखिल नेपाल महिला सङ्घसहितका चार महिला सङ्गठनले प्रतिनिधि सभा विघटनलाई असंवैधानिक कदम बताउँदै त्यसको विरोधमा २०७७ माघ ६ गते राजधानीमा जुलस प्रदर्शनसहित सभा सम्पन्न गरेका छन् ।

    Advertisement

    सभालाई सम्बोधन गर्दै अखिल नेपाल महिला सङ्घकी अध्यक्ष मीना पुनले सरकारको ध्यान चुनावमा भन्दा जनताको समस्या समाधानमा केन्द्रित हुनुपर्ने बताउनुभयो ।

    चुनावका लागि खर्बौं रुपियाँ खर्च गर्नुभन्दा कोरोना महामारीका कारण गरिबीमा धकेलिएका जनताको जीवनस्तर उकास्नेतर्फ सरकारको ध्यान जानुपर्ने उहाँको भनाइ थियो ।

    ‘हाम्रो देशको अर्थतन्त्र कोभिड–१९ का कारण जर्जर अवस्थामा छ’ उहाँले भन्नुभयो– ‘यस्तो बेलामा चुनावमा गएर राष्ट्रको ढुकुटी रित्याउनुको साटो गरिबीको रेखामुनि धकेलिएका जनताको जीवनस्तर उकास्नमा सरकारको ध्यान जानुपर्दछ ।’

    उहाँले विश्वका थुप्रै देशले यतिखेर कोभिड–१९ को भ्याक्सिन प्रयोग गरिरहेका बेला नेपाल सरकारले त्यसको व्यवस्था गर्न नसकेकोमा आलोचना गर्नुभयो ।

    ‘संविधानमा स्वास्थ्यलाई पनि जनताको मौलिक हकअन्तर्गत राखिएको छ’ उहाँले भन्नुभयो– ‘तर नेपालमा भने भ्याक्सिनका लागि खर्च गरिनुपर्नेमा चुनावमा खर्च गरिने भनिँदै छ ।’

    उहाँले जनताले पाँच वर्षका लागि शासन सञ्चालन गर्नका लागि जनादेश दिएको बताउँदै तीन वर्ष नपुग्दै ओली सरकारको प्रतिनिधि सभा विघटन गरी चुनावमा जाने निर्णय गलत भएको बताउनुभयो ।

    उहाँले पाँच वर्ष पूरा हुनुअगावै ओली सरकारद्वारा चुनावको कुरा गर्नु जनमतप्रतिको विश्वासघात भएकोसमेत तर्क राख्नुभयो ।

    प्रतिनिधि सभा पुनःस्थापना नै तत्कालका लागि सही राजनीतिक विकल्प भएको बताउँदै उहाँले सम्माननीय सर्वोच्च अदालतले सही फैसला दिने अपेक्षा जनताले राखेको बताउनुभयो ।

    कार्यक्रममा मन्तव्य राख्दै अखिल नेपाल महिला सङ्घ (अनेमसंघ) की संयोजक अमृता थापामगरले २०७२ सालको संविधानले महिलाको पक्षमा महत्त्वपूर्ण व्यवस्था गरेको बताउँदै वर्तमान संविधानलाई रक्षा गरिनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

    संविधानले ३३ प्रतिशत प्रतिनिधित्वको व्यवस्था गर्नु सकारात्मक भएको बताउँदै उहाँले प्रतिनिधि सभा विघटन हुँदा महिलाका अधिकार कुण्ठित भएको बताउनुभयो ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतलाई प्रभावित गर्ने क्रियाकलाप गरिरहेकोमा उहाँले त्यसप्रति विरोध व्यक्त गर्नुभयो ।

    ‘सम्माननीय सर्वोच्च अदालतलाई स्वतन्त्र ढङ्गले निर्णय गर्न दिनुपर्दछ’ उहाँले भन्नुभयो– ‘अदालतले संविधानअनुसार सही निर्णय गर्नुपर्दछ ।’

    प्रतिनिधि सभा पुनःस्थापना नै महिला आन्दोलनको तात्कालिक माग बताउँदै उहाँले त्यसका लागि आफूहरूले सडक आन्दोलन निरन्तर जारी राख्ने बताउनुभयो ।

    ‘नालापानी किल्लामा महिलाहरू बच्चासहित लडेका थिए’ उहाँको भनाइ थियो– ‘अब समय आएको छ, प्रतिनिधि सभा पुनःस्थापनाका लागि पनि हामी त्यसै गरी लडौँ ।’

    कार्यक्रमलाई साझा–विवेकशील पार्टीकी समीक्षा बास्कोटाले सम्बोधन गर्दै महिला आन्दोलन प्रतिनिधि सभा पुनःस्थापना नभएसम्म जारी रहने बताउनुभयो ।

    उहाँले महिला आन्दोलनले सफलता पाउने विश्वास व्यक्त गर्दै छिट्टै प्रतिनिधि सभा पुनःस्थापना हुने विश्वास पनि व्यक्त गर्नुभयो ।

    कार्यक्रमको सञ्चालन अखिल नेपाल महिला सङ्घ (अनेमसंघ) की सहसंयोजक जयन्ती राईले गर्नुभएको थियो ।

    कार्यक्रमपूर्व रत्नपार्क शान्तिवाटिकाबाट असन इन्द्रचोक, शुक्रपथ, भूगोलपार्क, न्यूरोडगेट, वीर अस्पताल हुँदै पुनः शान्तिवाटिकासम्म जुलुस प्रदर्शन गरिएको थियो ।

    प्रदर्शनकारीहरूले निरङ्कुशता चाहिँदैन, मुक्तिकामी महिला एक हौँ, वीर सहिद लालसलाम, असंवैधानिक कदम खारेज गर, हत्या, हिंसा चाहिँदैन, संसद विघटन खारेज गर, प्रतिनिधि सभा पुनःस्थापना गर, संविधान मिच्न पाइँदैन, महिला हिंसा अन्त्य गर, प्रतिगामी कदम मुर्दावादजस्ता नारा लगाएका थिए ।

    मङ्गलबार, माघ ०६, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.