• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

विद्यार्थीको मसाल जुलुसमाथि प्रहरी हस्तक्षेपः ‘गाडीमा राखेर लौरीले घोचे’


  •   शुक्रबार, माघ ०२, २०७७ मा प्रकाशित
  • महेन्द्रनगर । अखिल (छैठौं) ले शुक्रबार साँझ देशब्यापी रुपमा मसाल जुलुसको आयोजना गरेको थियो । सोही कार्यक्रम अनुसार कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरमा पनि छैठौंले मसाल जुलुस प्रदर्शन गर्यो ।

    Advertisement

    भाँसिस्थित पूर्वपश्चिम राजमार्गमा विद्यार्थीहरुले मसाल जुलुश प्रदर्शन गरेर चोकमा कोणसभा गर्न लाग्दा प्रहरीले हस्तक्षेप गरेको थियो । मसाल जुलुशलाई सम्बोधन गर्न लाग्दा अखिल (छैठौं) का जिल्ला सचिव पुष्कर भट्टलाई प्रहरीले नियन्त्रणमा लियो । दुई जना प्रहरीले दुईहातमा समातेर नियन्त्रणमा लिँदासमेत भट्टले कोणसभामा सम्बोधन गरिरहेको भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल भएको छ ।

    सचिव भट्टले संक्षेपमै भएपनि अखिल (छैठौं) ले मसाल जुलुश आयोजना गर्नुको कारण स्पष्ट पार्दै प्रहरी दमनको विरोध गर्नुभएको थियो।

    त्यसपछि प्रहरीले उहाँलाई समातेर गाडीमा हाल्छन् । भट्टले गाडीमै पनि प्रहरी हस्तक्षेप विरुद्ध नारा लगाइरहनुहुन्छ । त्यसपछि प्रहरी जवानले ३-४ लाठी हान्दै लौरीले शरीरमा घोच्छन् । विद्यार्थी नेता भट्टलाई केहीबेर गाडीमै घुमाएर प्रहरीले छाडिदिन्छ ।

    शुक्रबार साँझ युगदर्शनले सम्पर्क गर्दा भट्टले आफ्नो शरीरको विभिन्न भागमा प्रहरीले हानेको चोट लागेर सुम्ला उठेको बताउनुभयो । प्रहरीले कोणसभामा संक्षेपमा कुरा राख्न दिएर आन्दोलनप्रति सहयोग नै गरेपनि गाडीमा राखेर कुट्नु अन्याय भएको भट्टले बताउनुभयो ।
    यसैबीच अखिल (छैठौं) केन्द्रीय समितिले कञ्चनपुरमा भएको प्रहरी दमनको विरोध गरेको छ । अध्यक्ष वीमल पोख्रेलले विज्ञप्ति प्रकाशित गरी कञ्चननपुर लगायत विभिन्न ठाउँमा भएको प्रहरी दमनको विरोध गर्नुभएको छ ।

    यो हेर्नुहोस्ः देशव्यापी मसाल जुलुसमाथि प्रहरी हस्तक्षेपको अखिल (छैठौं) द्वारा विरोध

    यस्तै, अखिल (छैठौं) कञ्चनपुरले पनि घटनाको निन्दा गर्दै विज्ञप्ति प्रकाशित गरेको छ । जिल्ला अध्यक्ष महेश भट्टद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको अप्रजातान्त्रिक र असंवैधानिक कदम प्रतिनिधि सभा विघटनको विरोधमा अखिल (छैठौं) को केन्द्रीय कार्यक्रम अनुसार कञ्चनपुर जिल्ला समितिले कञ्चनपुर जिल्लाको भाषी बजारमा मसाल जुलुस पछिको कोणसभालाई सम्बोधन गर्न क्रममा जिल्ला सचिव पुष्कर भट्टमाथि अमानवीय तरिकाले प्रहरीले गरेको कुटपिटको घोर आपत्ति तथा भत्सर्ना गर्दछौँ ।’

    यसैगरी राष्ट्रिय जनमोर्चा कञ्चनपुरले पनि विद्यार्थी नेता भट्टमाथि भएको कुटपिटको भर्त्सना गरेको छ । कार्यक्रमस्थलमै पुगेका राजमो कञ्चनपुरका सहसचिव लालबहादुर कुँवरले प्रहरी दमनको विरोध गर्नुभयो ।

    शुक्रबार, माघ ०२, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग
    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.