महेन्द्रनगर । कञ्चनपुरको बेदकोट नगरपालिका–७ स्थित प्रेमसिंह धामी आधारभूत विद्यालयमा नयाँ व्यवस्थापन समिति चयन भएको छ ।
Advertisement
गोकर्ण जोशीको अध्यक्षतामा निर्वाचित समितिको सदस्यहरुमा पदम साउँद, जानकी भट्ट, जुना दमाई, अनिल नाथ, पशुपति लोहार, वीरबहादुर धामी वडासदस्य, भोजराज भट्ट शिक्षक प्रतिनिधि र मदनराज जोशी (प्रअ) सदस्य सचिव रहनुभएको छ ।
अध्यक्षमा निर्वाचित समाजसेवी जोशीले कक्षा ८ सम्म रहेको सो विद्यालयको सर्वाङ्गिण विकासका लागि आफूले पहल गर्ने बताउनुभएको छ ।