पाल्पा । क्यान्सर रोगबाट मृत्यु भएका पाल्पाको रामपुर नगरपालिका–१ स्थित स्व लीलाम्बर खाँणको परिवारलाई पाल्पाली सेवा समाज कतारले आर्थिक सहयोग गरेको छ ।
Advertisement
रोजगारीको सिलसिलामा कतारमा रहेका पाल्पालीहरुले क्यान्सर रोगका कारण ज्यान गुमाएका खाँणको परिवारलाई रु ५१ हजार १० रकम सहयोग गरेका हुन् ।
पाल्पाली सेवा समाज कतारबाट प्राप्त रकममा रामपुर नगरपालिकाले रु १५ हजार थप गरी ६६ हजार १० रुपैयाँ नगर प्रमुख रमणबहादुर थापाले हस्तान्तरण गरे। क्यान्सर रोगपीडित खाँणको गत असोज १३ गते ५२ वर्षको उमेरमा निधन भएको हो। खाँणका श्रीमती, पाँच छोरी र एक छोरा छन्।

