• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • १०. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

महरा काण्डमा अर्को ट्विस्टः प्रहरीले बन्धक बनाएर उजुरी दिन लगाएको रोशनीको दाबी

"विज्ञप्तिको आधिकारिकतामा आशंका "

  •   शुक्रबार, असोज २४, २०७६ मा प्रकाशित
  • काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महराको राजनीतिक जीवन नै धराशायी हुने गरी आफूमाथि ‘बलात्कार गरेको’ आरोप लगाएकी रोशनी शाहीले प्रहरीको दबाबमा महराविरुद्ध उजुरी दिएको जनाएकी छन् । शुक्रबार रोशनीको मोबाइल नं समेत राखेर जारी विज्ञप्तिमा उनले यौन दुर्व्यवहार भएको भनिएको दिनमा आफ्नो कोठामा महरा नआएको दाबी दाहाेर्‍याएकी छन् ।

    Advertisement

    बारम्बार बोली फेरेकी रोशनीले आफैले प्रहरीमा महराविरुद्ध दिएको किटानी जाहेरीको विपरित विज्ञप्ति प्रकाशित गरेकी हुन् । यद्यपी रोशनीले थाहै नपाई उनको नामको फेसबुकसमेत अपडेट भइरहेको र उनीमाथि चर्को मानसिक दबाब परेको समाचार आइरहेका बेला विज्ञप्तिको आधिकारिकता पुष्टि भएको छैन ।

    विज्ञप्तिमा भनिएको छ, ‘२०७६/०६/१५ गते महानगरीय प्रहरी वृत्त बानेश्वरमा गई सत्यतथ्य बताउँदै असोज १२ गते महरा सर मेरो कोठामा नआएकोले बलात्कार प्रयासको कुरै भएन र महरा सर निर्दोष भएको कुराको सत्यतथ्य उल्लेख गरी निवेदन दर्ता गराएकी थिएँ ।’

    उनले प्रहरीले आफूलाई सोधपुछको लागि भन्दै बोलाएर नौ घण्टासम्म बन्धक बनाएर महराविरुद्ध निवेदन दिन लगाएको दाबी पनि गरेकी छन् । ‘असोज १७ गते करीव ८.४५ बजे प्रहरी वृत्त बानेश्वरले मलाई सोधपुछका लागि भनेर बोलाई करीव ९ घण्टासम्म बन्धक बनाई मनोवैज्ञानिक तथा मानसिक दवाव दिएर कृष्णबहादुर महराले करणी प्रयास गरेको भनी फेरि निवेदन दर्ता गर्न लगाइएको हो ।’ विज्ञप्तिमा भनिएको छ ।

    शाहीले १९ गते पत्रकार सम्मेलन गरी सत्यतथ्य जानकारी गराउन खोजेको तर प्रहरीकै कडा निगरानीका कारण असफल भएको दाबी पनि गरेकी छन् ।

    गत असोज १३ गते राति रोशनी शाहीको कोठामा पसेर उनीमाथि बलात्कार प्रयास गरेको आरोप लागेपछि १५ असोजमा महराले सभामुख पदबाट राजीनामा दिएका थिए । रोशनीले किटानी जाहेरी दिएलगत्तै १८ गते सभामुखको सरकारी निवासबाटै महरा पक्राउ परेका थिए । महरालाई हिरासतमा लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

    यस अघि घटना भएकाे भनिएकाे दिनमा विभिन्न राजनीतिक दलका नेता तथा सञ्चारकर्मीसँग आफुमाथि महराले याैन दुर्व्यवहार गरेकाे आराेप लगाएकी राेशनीले महराले सभामुख पदबाट राजीनामा दिएलगत्तै महरा आफ्नाे काेठामै नआएकाे र उनी आफ्नाे बुवासमान भएकाे बताएकी थिइन् । तर उनले पुन: प्रहरीकहाँ महराविरुद्ध जवर्जस्ती करणी मुद्दामा उजुरी दिएकी थिइन् । उनकै उजुरीका आधारमा महरा पक्राउ परेका हुन् । यही बीचमा राेशनी र उनका पतिबीच सम्बन्ध विच्छेदकाे घाेषणासमेत भएकाे थियाे ।

    आफूलाई मुछेकोमा पूर्व सभामुख ओनसरीको आपत्ती

    पूर्व सभामुख ओनसरी घर्तीले सो घटनामा नेकपाका नेतासहित आफूलाई मुछेकोमा आपत्ती जनाएकी छन् । उनले घटना भएको भनिएको दिनदेखि आजसम्म सम्बन्धित ब्यक्तिहरुलाई नभेटेको पनि स्पष्ट पारेकी छन् ।

    नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, ऊर्जामन्त्री वर्षमान पुन र आफ्नो नाम समेत जोडर तत्कालिन सभामुख महराका विषयमा अनावश्यक टिप्पणी गरेको प्रति आक्रोश व्यक्त गर्दै पूर्वसभामुख घर्तीले त्यस्ताखाले सबै आरोपहरु आफूले खारेज गर्ने बताईन् ।

    महरालाई फसाउन प्रधानमन्त्री ओली, पूर्व सभामुख सुवासचन्द्र नेम्वाङ र ओनसरी घर्ती समेत लागेको कतिपयले आरोप लगाएको भन्दै ओनसरीले आपत्ति जनाएकी हुन् ।

    शुक्रबार, असोज २४, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान
    संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी
    इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन
    ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा
    उत्तरी सागरमा कार्बन भण्डारण सुरु
    मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.