काभ्रे । काभ्रेपलाञ्चोकमा निसान कार दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । शुक्रबार साँझ भएको घटनामा पन्ध्र जना घाइते भएका छन् ।
Advertisement
महाभारत गाउँपालिका–२ थामबाट बनेपातर्फ आउँदै गरेको बा३ख ३५९५ नं को निसान गाडी रोशी गाउँपालिका–३ साँझाकोटमा दुर्घटना भएको हो ।
मृत्यु हुनेमा महाभारत गाउँपालिकाका प्रकाश मोक्तान, वकिल बोम्जन रहेको प्रहरीले जनाएको छ ।
मोक्तान र बोम्जनको घटनास्थलमा तथा अर्को यात्रुको उपचारका लागि ल्याउँदै गर्दा बाटोमा मुत्यु भएको हो । दुर्घटनामा घाइते भएका यात्रुको अहिले स्थानीयवासी र प्रहरीले उद्धार गरिरहेका छन् ।