• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

ओलीको कार्यशैली अधिनायकवादी : मोहनविक्रम सिंह (भिडियो)


  •   मङ्गलबार, पुष ०७, २०७७ मा प्रकाशित
  • प्रकाश थापामगर/गोविन्दकुमार शर्मा, काठमाडौँ ।।
    नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैली अधिनायकवादी भएको बताउनुभएको छ । २०७७ पुस ७ गते संवाद चौतारीद्वारा आयोजित अन्तरसंवादमा पत्रकारमाझ मन्तव्य राख्दै उहाँले यस्तो अभिव्यक्ति दिनुभएको हो ।

    Advertisement

    ‘ओलीले सत्तारूढ नेकपाभित्र बहुमतको निर्णय मानेनन्’ उहाँले भन्नुभयो– ‘बहुमतको निर्णय नमान्ने उनको यो अधिनायकवादी तरिका हो ।’
    उहाँले पछिल्लो समयमा आफ्नो पार्टी र संसदमा समेत आफू अल्मपतमा पर्न थालेको महसुस गरेपछि जननिर्वाचित प्रतिनिधि सभा विघटनजस्तो अप्रजातान्त्रिक कदम उठाएको बताउनुभयो ।

    ‘कम्युनिस्ट पार्टीभित्र मात्रै होइन, बुर्जुवा प्रजातान्त्रिक पार्टीमा समेत सकेसम्म आम सहमतिको प्रयास गरिन्छ, नभए बहुमत प्रणालीअनुसार मतभेदबारे टुङ्गो लगाइन्छ’ उहाँले भन्नुभयो ।

    उहाँले ओलीले पार्टीभित्र बहुमत प्रणाली स्वीकारेको भए यस्तो अप्रिय स्थिति नआउने पनि बताउनुभयो ।

    नेकपा (मसाल) ले सत्तारूढ नेकपालाई कम्युनिस्ट नमानेको, साथै ओली सरकारलाई कहिल्यै कम्युनिस्ट सरकार स्वीकार नगरेको उहाँले बताउनुभयो ।

    ‘ओली सरकारलाई दिइएको समर्थन कुनै व्यक्तिका लागि दिइएको समर्थन थिएन’ उहाँले भन्नुभयो– ‘हामीले दिएको समर्थन राजनीतिक पार्टीका लागि थियो ।’

    उहाँले थप प्रष्ट पार्नुभयो– ‘हामीले ओली सरकारलाई दिएको समर्थन मुख्यतः गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षताको पक्षमा उनीहरूले लिएको अडानप्रतिको समर्थन थियो ।’

    इतिहासमा नेकपामा (मसाल) ले विषयमाथि आधारित रहेर गैरकम्युनिस्ट शक्तिको आन्दोलन र सरकारलाई पनि समर्थन गर्ने गरेको उहाँले स्मरण गराउनुभयो ।

    ‘गत कालमा हामीले २००७, २०४६, २०६२–६३ सालको आन्दोलनलाई समर्थन गरेका छौँ’ उहाँले भन्नुभयो– ‘जबकि ती सबै आन्दोलन विशुद्ध कम्युनिस्ट आन्दोलन थिएनन् ।’

    उहाँले भन्नुभयो– ‘हामीले कतिपय अवस्थामा गैरकम्युनिस्ट, जस्तै– तत्कालीन राजा महेन्द्र, गिरिजाप्रसाद कोइराला, सुशील कोइरालाको सकारात्मक कामलाई पनि समर्थन गरेका छौँ ।’

    मन्तव्यको क्रममा उहाँको भनाइ थियो– ‘त्यही प्रकारले ओली सरकारलाई हामीले गरेको समर्थन विरोधमाझको समर्थन थियो ।’

    मन्तव्यको क्रममा उहाँले नेकपाभित्रको मतभेदलाई आफूहरूले विशुद्ध पार्टीगत विषय नमानेको बताउनुभयो ।

    ‘हामीले पहिलेदेखि नै भनिरहेका थियौँ, यो विशुद्ध सत्तारूढ नेकपाभित्रको मतभेद होइन’ उहाँले भन्नुभयो– ‘नेकपाभित्रको मतभेदले सही प्रकारले अवतरण नगरे त्यसले देशको गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षतामाथि असर गर्ने छ ।’

    उहाँले विस्तारमा भन्नुभयो– ‘हेर्नुस्, अहिले ओली सरकारको कदमले चौतर्फी नकारात्मक प्रभाव पार्ने प्रष्ट भइसकेको छ । अब प्रदेश सरकार के हुन्छ ? लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्ने विषय के हुन्छ ? यस्तो अस्थिरताका साथै प्रतिगामी खतरा बढेर गएको छ ।’

    त्यस क्रममा वरिष्ठ कम्युनिस्ट नेता सिंहले आफूहरूले नेकपाभित्रको विवादमा ओली, प्रचण्ड वा माधव नेपाल कसैको पनि पक्ष नलिएको प्रष्ट पार्नुभयो ।

    उहाँले भन्नुभयो– ‘हाम्रो सुझाव थियो– नेकपाभित्र फुट नहोस्; किनकि, त्यो फुट विशुद्ध नेकपाका लागि मात्र नभएर समग्र देश र जनताको विरुद्धमा हुने छ ।’

    उहाँले ठोकुवा गर्नुभयो– ‘अन्ततः हाम्रो भनाइ सही सावित भएको छ ।’

    ‘हामीलाई थाहा छ, प्रधानमन्त्रीय प्रणालीमा सरकारले पारित गरेको सिफारिस राष्ट्रपतिले अनुमोदन गर्नुपर्दछ’ उहाँले भन्नुभयो– ‘तर विषयको अर्को पाटो पनि छ । राष्ट्रपतिमा संविधानको रक्षा गर्ने जिम्मेवारी पनि हुन्छ ।’

    महामन्त्री सिंहले मन्त्रिपरिषदले प्रतिनिधि सभा विघटन गर्ने सिफारिस गरे पनि राष्ट्रपतिले त्यसबारे आवश्यक सरसल्लाह गर्नुपर्ने बताउनुभयो ।

    ‘प्रतिनिधि सभा विघटनको सिफारिस आइसकेपछि पनि राजनीतिक संवाद गर्न सकिन्थ्यो; त्यस प्रस्तावमाथि पुनर्विचारका लागि पुनः संसदमा पठाउन सकिन्थ्यो’ उहाँले विषयवस्तुलाई प्रष्ट्याउनुभयो ।

    आफ्नो पार्टीले गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षताका लागि लगातार सङ्घर्ष गरिरहेको उहाँले जानकारी दिनुभयो ।

    ‘हामीले अहिले पनि आन्दोलन चलाइरहेका छौँ’ उहाँले अगाडि भन्नुभयो– ‘गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षताको रक्षा तथा सङ्घीयता र भ्रष्टाचारको विरुद्ध हामी पुस १० गतेसम्म स्थानीयस्तरकै आन्दोलनमा छौँ ।’

    उहाँले अहिले देखा परेको गणतन्त्र विरोधी कदमको विरुद्ध पनि नेकपा (मसाल) सम्बद्ध सङ्गठनले देशव्यापी रूपमा विरोधका कार्यक्रम सञ्चालन गरिरहेको बताउनुभयो ।

    ‘हामीले जस्तोसुकै प्रतिकूल परिस्थितिमा पनि गणतन्त्र, राष्ट्रियता र जनजीविकाको पक्षमा सङ्घर्ष गरिरहेका छौँ’ उहाँले थप्नुभयो– ‘हामीलाई विश्वास छ, इतिहासमा विजय राजामहाराजा, सेना वा कुनै व्यक्तिको होइन, जनताको हुने छ ।’

    मङ्गलबार, पुष ०७, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.