• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

राष्ट्रियता, जनतन्त्र र जनजीविकाबारे राजधानीमा २२ दलको विरोधसभा (फोटो र भिडियो)


  •   शुक्रबार, पुष ०३, २०७७ मा प्रकाशित
  • प्रकाश थापामगर/गोविन्दकुमार शर्मा ।।
    काठमाडौँ । नेकपा (मसाल), राष्ट्रिय जनमोर्चालगायतका २२ राजनीतिक दल तथा सङ्घसंस्थाले राष्ट्रियता, जनतन्त्र र जनजीविकाबारे २०७७ पुस ३ गतेका दिन राजधानीमा जुलुस प्रदर्शन तथा विरोधसभा सम्पन्न गरेका छन् ।

    Advertisement

    विरोधसभालाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चाकी केन्द्रीय उपाध्यक्ष, प्रवक्ता तथा प्रतिनिधि सभाकी सांसद दुर्गा पौडेलले राष्ट्रिय स्वाधीनता विरोधी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) जबर्जस्ती पारित गर्न खोज्नु खतरनाक प्रवृत्ति भएको दावी गर्नुभयो । एमसिसीको विरुद्ध सडकमा आन्दोलन चलिरहेको र स्वयम् सत्तारूढ दलभित्र एमसिसीबारे असहमति हुनुका बाबजुद त्यसलाई जबर्जस्ती पारित गर्न खोज्नु आपत्तिजनक भएको उहाँको तर्क थियो ।

    सार्वभौम संसद अस्तित्वमा हुँदाहुँदै पनि केपी ओली सरकार अध्यादेशबाट चल्न खोज्नु अप्रजातान्त्रिक भएको उहाँको भनाइ थियो । ‘हिउँदे अधिवेशन बोलाउन विलम्ब भइरहेको अवस्थामा उल्टै संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याउनु गलत छ’ उहाँले भन्नुभयो– ‘यो अध्यादेश तुरुन्तै खारेज गरिनुपर्दछ ।’

    उखुकिसानले उखुको मूल्य आफूले होइन, सरकारले तोकेअनुसार पनि होइन, चिनी मिल मालिकले तोकेअनुसार विक्री गर्दा पनि भुक्तानी नपाउनु दुःखको कुरो भएको उहाँको धारणा थियो । राजमो नेतृ पौडेलले यसबारे सम्बोधनको क्रममा भन्नुभयो– ‘सरकारले तत्कालै उखुकिसानको बक्यौता भुक्तान गर्नुपर्दछ, बरु चिनी मिल मालिकसित सरकारले पछि असुलउपर गरे हुन्छ ।’

    देशमा भ्रष्टाचार गम्भीर समस्या बन्दै गएको बताउँदै राजमोकी सांसद पौडेलले सरकार यसबारे गम्भीर नभएको आरोप लगाउनुभयो । ‘स्वास्थ्य सामग्रीमा समेत भ्रष्टाचारका घटना सार्वजनिक भएका छन्’ उहाँले अगाडि भन्नुभयो– ‘तर सरकार यसरी प्रस्तुत भइरहेको छ, जस्तो कि भ्रष्टाचार भएकै छैन ।’ उहाँले भ्रष्टाचारको घटनाबारे तत्कालै छानबिन गर्न माग गर्नुभयो ।

    सम्बोधनको क्रममा राजमो नतृ पौडेलले देशमा महिला, बालबालिका, वृद्धवृद्धामाथि ज्यादती, बलात्कार, हत्याजस्ता घटना बढ्दै गएकोमा चिन्ता व्यक्त गर्नुभयो । दुईतिहाइ बहुमतयुक्त सरकारको यस्तो कारबाहीमाथि टेकेर प्रतिगामी शक्तिहरू खेल्न खोजिरहेकोमा उहाँले नेपाली जनताले त्यस्तो हुन नदिने विश्वास व्यक्त गर्नुभयो ।

    सभामा सम्बोधन गर्दै देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सिपी गजुरेलले देशमा प्रतिगमनको खतरा बढ्दै गएको बताउनुभयो । ‘देशमा प्रतिगमनको खतरा बढेर गएको छ’ उहाँले भन्नुभयो– ‘हामी सबै सतर्क हुनुपर्दछ, देशलाई पश्चगमनतर्फ जान दिनुहुँदैन ।’ उहाँले केपी ओली सरकारको देश र जनता विरोधी शासनशैलीले नै प्रतिगामीको मनोबल बढ्दै गएको बताउनुभयो । देशलाई अब कुनै पनि हालतमा पश्चगमनतिर जान नदिइने दावी व्यक्त गर्दै उहाँले गणतन्त्र पक्षधर शक्तिहरू एकजुट हुनुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

    नेकपा (माले) का पिबिएम कृष्ण रानाले जनताले दुईतिहाइ बहुमतयुक्त सरकार निर्वाचित गरे पनि अपेक्षानुसार काम नभएको बताउनुभयो । उखुकिसानको आन्दोलनको उदाहरण दिँदै उहाँले हरेक वर्ष आफ्नो उखुको मूल्य लिन जाडोमा काठमाडौँ धाउनुपर्ने अवस्था हुनु भनेको सरकारको गलत शासनको नै भएको ठोकुवा गर्नुभयो ।

    नेकपाका नेता लोकनारायण सुवेदीले केपी ओली सरकार नक्कली राष्ट्रवादी भएको दावी गर्नुभयो । ‘देश र जनताको पक्षमा काम नगर्ने सरकार कसरी राष्ट्रवादी हुन्छ ?’ उहाँले प्रश्न गर्नुभयो । अहिले देश, जनता र स्वयम् सत्तारूढ नेकपाभित्र नै सङ्कटमा देखा परेको उल्लेख गर्दै उहाँले समाजको आमूल परिवर्तनले नै सबै सङ्कटको समाधान दिन सक्ने बताउनुभयो ।

    जनसमाजवादी पार्टीका सुभाषराज काफ्लेले आफ्ना अतिक्रमित भूमि फिर्ता लिन डराउन नहुने बताउनुभयो । ‘लिम्पियाधुरा–लिपुलेक अतिक्रमित भूमि फिर्ता लिन भारतसित डराउनु हुँदैन’ उहाँले अगाडि भन्नुभयो– ‘आफ्नो राष्ट्रियता, सार्वभौमिकता र भौगोलिक अखण्डताको पक्षमा लड्ने प्रचूर आँट नेपाली जनतामा विद्यमान छ ।’

    कार्यक्रममा (नेकपा) का आलोक रायमाझी, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीकी धनकुमारी सुनार, नेकपा (माक्र्सवादी) का गणेशबहादुर कटुवाल र नेकपा (माओवादी–केन्द्र) का कर्णजीत बुढाथोकीले पनि सम्बोधन गर्नुभएको थियो ।

    विरोधसभाको सञ्चालन नेकपा (क्रान्तिकारी–माओवादी) का पवनमान शाक्यले गर्नुभएको थियो ।

    सभापूर्व २२ राजनीतिक दल तथा सङ्घसंस्थासम्बद्ध प्रदर्शनकारीहरूले माइतीघर मण्डलादेखि नयाँबानेश्वरसम्म जुलुस गरेका थिए । सो जुलुस नयाँबानेश्वरमा पुगी विरोधसभामा परिणत भएको थियो । जुलुसमा संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता गर्नुपर्ने, उखुकिसानमा माग तत्कालै पूरा गर्नुपर्ने, महिला हिंसा बन्द हुनुपर्ने, एमसिसी खारेज हुनुपर्ने, लिम्पियाधुरा–लिपुलेक अतिक्रमित भूमि फिर्ता गर्नुपर्ने, कोरोनाको परीक्षण र उपचार निःशुल्क गरिनुपर्नेलगायतका नारा लगाइएका थिए ।

    २२ राजनीतिक दल तथा सङ्घसंस्थामा नेकपा (मसाल), नेकपा (क्रान्तिकारी–माओवादी), नेकपा (माले), राष्ट्रिय जनमोर्चा, देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल कम्युनिस्ट पार्टी, नेकपा (माओवादी–केन्द्र), राष्ट्रिय जागरण मञ्च, जनसमाजवादी पार्टी, नेकपा (संयुक्त), राष्ट्रिय जागरण परिषद्, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेकपा (बोल्सेभिक), राष्ट्रवादी केन्द्र नेपाल, एमसिसी खारेज अभियान, पुष्पलाल अध्ययन समाज, सर्वहारा कम्युनिस्ट पार्टी (माओवादी), मार्क्सवादी एकता अभियान, नेकपा (मार्क्सवादी), नेकपा मार्क्सवादी (पुष्पलाल), नेकपा (माओवादी) र समाजवादी राष्ट्रिय मञ्च नेपाल रहेका छन्

    https://www.youtube.com/watch?v=5VvcArhSVXY&feature=emb_logo
    शुक्रबार, पुष ०३, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • २.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ३.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ४.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ५.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ६.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ७.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ८.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.