काठमाडौं । ट्राफिक प्रहरीले बिहीबार एकै दिन एक सय ६ वटा ट्याक्सीलाई कारबाही गरेको छ।
Advertisement
यात्रुसँग बढी भाडा लिने, मिटरमा जान नमान्ने, ट्याक्सीको मिटर बिगार्ने र बिग्रेको मिटर समेत समयमा नबनाउने १०६ जना ट्याक्सी चालकहरु कारबाहीमा परेका महानगरीय ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
ट्राफिकले काठमाडौं उपत्यकामा ट्याक्सी चालकमाथि नियमित चेकजाँच गर्दै आएको छ । यस्तै, अन्य सवारीहरुमाथि पनि ट्राफिकको निगरानी बढेको छ । दशैँका बेला हुनसक्ने सम्भावित दुर्घटनाबाट बचाउन ट्राफिकले अघिपछि भन्दा माफसे जाँचमा पनि कडाई गरेको छ ।