• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, कार्तिक ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

युरोपमा गर्मीले ५० हजारभन्दा बढीको मृत्यु

नेकपाले कात्तिक ७ गतेदेखि जागरण अभियान सुरु गर्दै

यमनमा संयम अपनाउन राष्ट्रसङ्घको आग्रह

नेपाली ‘यु–१९’ क्रिकेट टोलीले दुई अन्तरराष्ट्रिय प्रतियोगिता खेल्ने

आणविक सम्झौताबारे म्याक्रोनको भनाइमा अराघचीको आपत्ति

इक्वेडरको जेलमा झडप, आठ कैदीको मृत्यु

इजिप्टको प्राचीन मन्दिरमा वर्षमा दुई पटक सूर्यको किरण

म्याराडोनाको मृत्यु मुद्दाको फैसला डिसेम्बर २२ मा

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. राजनीतिक अन्तरक्रियासँगै प्युठानमा तीन वामपन्थी दलको शुभकामना आदानप्रदान

  • ३. सरकारको रवैयाबाट सहकारी ठग उत्साहित, जिबी भन्छन्– सार्वजनिक हुने हिम्मत आएको छ

  • ४. ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

  • ५. चार माग पूरा गर्न डा. गोविन्द केसीको सरकारलाई एक हप्ते अल्टिमेटम

  • ६. दुर्गापूजा मण्डपमा भागदौड हुँदा १९ जनाको मृत्यु

  • ७. कङ्ग्रेस संस्थापनको पदाधिकारीमा को को छन् ?

  • ८. किशोर श्रेष्ठबारे पत्रकार महासङ्घ : श्रेष्ठलाई रिहा गर, प्रेस काउन्सिल सक्रिय बन

  • ९. शिक्षक सङ्घद्वारा दाङमा शुभकामना आदानप्रदान कार्यक्रम

  • १०. प्राकृतिक र राजनीतिक प्रतिकूलतामाझ मनाइँदै चाडपर्व

देश बचाउने राजाले होइन, जनताले हो : जनकराज शर्मा (सांसद दुर्गा पौडेलको भिडियोसहित)


  •   बिहिबार, मङि्सर २५, २०७७ मा प्रकाशित
  • काठमाडौँ । राष्ट्रिय जनमोर्चाका महासचिव जनकराज शर्माले देश राजाले नभएर जनताले बचाउने बताउनुभएको छ । राजावादीहरूले देशैभरि “राजा आऊ, देश बचाऊ” भन्दै नाराबाजी गरिरहेको सन्दर्भमा उहाँले यस्तो अभिव्यक्ति दिनुभएको हो ।

    Advertisement

    राष्ट्रिय जनमोर्चा काठमाडौँको आयोजनामा २०७७ मङ्सिर २५ गते माइतीघर मण्डलामा आयोजित विरोधसभामा मन्तव्य राख्दै राजमो महासचिव शर्मा राजतन्त्रको पुनस्र्थापना समाज विकासको वैज्ञानिक नियम विपरीत भएको बताउनुभयो । ‘संसार दासयुग, सामन्ती युग हुँदै पुँजीवादमा विचरण गरिरहेको छ’ शर्माले अगाडि भन्नुभयो– ‘अहिले राजावादीहरूले पुनः राजतन्त्र फर्काउन खोज्नु देशलाई पश्चगमनतिर लैजानु हो ।’

    अहिले राजावादीहरूले देशैभरि जुलुस गरिरहेको सन्दर्भमा महासचिव शर्माले उनीहरूलाई सो सुविधा यही लोकतान्त्रिक गणतन्त्रले दिएको बताउनुभयो । ‘तपाईंहरूको शासनकालमा बोल्न पाइन्थ्यो र ? कोही कसैले जनताको पक्षमा दुई शब्द बोल्यो भने त सामाजिक सुरक्षा ऐन लगाएर जेलमा कोचिन्थ्यो, फाँसीमा झुण्ड्याइन्थ्यो।’ उहाँले अहिलेका केही किशोरकिशोरीले राजतन्त्रको निरङ्कुशता नबेहोरे पनि आम जनताले अझै नबिर्सेको बताउनुभयो ।

    राजावादीहरूले भ्रष्टाचारको प्रसङ्ग उठाएकोेमा नेता शर्माले राजाको प्रत्यक्ष शासनमा पनि चरम भ्रष्टाचार भएको स्मरण गर्न आग्रह गर्नुभयो । ‘राजावादीहरूले भ्रष्टाचारको कुरा उठाएका छन्’ शर्माले भन्नुभयो– ‘यस्तो महामारीका बेला पनि स्वास्थ्य सामग्रीमा भ्रष्टाचार हुनु दुःखद् छ, यसको छानबिन गरिनुपर्दछ ।’ उहाँले अगाडि भन्नुभयो– ‘तर अहिले भएको भ्रष्टाचारको नाममा राजावादीहरूले आफ्नो प्रत्यक्ष शासनकालमा भएको चरम भ्रष्टाचारलाई बिर्सिनु हुँदैन ।’

    राष्ट्रिय जनमोर्चा धर्म निरपेक्षताको पक्षमा रहेको बताउँदै उहाँले भन्नुभयो– ‘धर्म निरपेक्षता कुनै धर्मको विरोध होइन, त्यो सबै धर्म मान्न पाउने स्वतन्त्रता हो ।’ उहाँले राजावादीहरूले धर्म निरपेक्षतालाई हिन्दु धर्म विरोधी अवधारणाको रूपमा प्रस्तुत गरिएकोमा आपत्तिसमेत प्रकट गर्नुभयो ।

    कार्यक्रममा अर्का अतिथि राजमो केन्द्रीय उपाध्यक्ष, प्रवक्ता तथा प्रतिनिधि सभाकी सांसद दुर्गा पौडेलले अहिलेको गणतन्त्र राजावादीहरूले भनेजस्तो दुईचार जना नेताहरू कोठामा बसेर ल्याएको नभएको बताउनुभयो । ‘यो लोकतान्त्रिक गणतन्त्र जनताको दशकौँ लामो रक्तरञ्जित बलिदानबाट प्राप्त भएको हो’ उहाँले राजावादीहरूलाई चेतावनी दिनुभयो– ‘जनताको रगतसित साटेर ल्याएको गणतन्त्र कसैले मास्न पाउने छैन ।’ उहाँले गणतन्त्रको रक्षाका लागि सिङ्गो मुलुक पुनः एकजुट हुने विश्वास व्यक्त गर्नुभयो ।

    राजाले राष्ट्रियताको रक्षा गर्छन् भन्ने विश्वास झुट बताउँदै राजमो नेतृ पौडेलले कालापानी प्रकरण नै यसबारे काफी भएको बताउनुभयो । ‘कालापानीमा भारतीय सेना राजतन्त्रकै बेलामा बसेको हो’ उहाँले भन्नुभयो– ‘कालापानीमा भारतीय अतिक्रमणलाई राजावादीहरूले दिएको स्वीकृतिलाई बिर्सेर आफूहरूलाई कथित राष्ट्रवादी भएको दावी गर्नुको कुनै औचित्यता छैन ।

    सङ्घीयताले जनतामाझ विद्वैष फैलाउँदै गएको बताउँदै राजमो उपाध्यक्ष तथा प्रवक्ता पौडेलले यसलाई तत्कालै खारेज गर्नुपर्ने बताउनुभयो । ‘सङ्घीयताले देश खारेज गर्दै छ’ उहाँले भन्नुभयो– ‘देशै खारेज भए हामी नेपाली रहने छैनौँ ।

    उहाँले राजावादीहरूले सङ्घीयताको विकल्प राजतन्त्र बताएकोमा उहाँले प्रतिवाद गर्नुभयो । उहाँले भन्नुभयो– ‘सङ्घीयताको विकल्प राजतन्त्र होइन, प्रजातान्त्रिक विकेन्द्रीयता र स्थानीय स्वायत्त शासनमाथि आधारित एकात्मक लोकतान्त्रिक गणतन्त्र हो ।’

    कार्यक्रममा अखिल नेपाल महिला सङ्घकी अध्यक्ष मीना पुन, नेकपा (मसाल) बागमती प्रदेशका प्रवक्ता समीर सिंह र अखिल (छैठौँ) का केन्द्रीय सचिव सुवास जिसीले पनि मन्तव्य राख्नुभएको थियो ।

    राजमो काठमाडौँका अध्यक्ष झविन्द्र बेलबासेको अध्यक्षतामा अगाडि बढेको सो कार्यक्रमको सञ्चालन राजमो काठमाडौँका सल्लाहकार लक्ष्मणदेव पाण्डेले गर्नुभएको थियो ।

    https://www.youtube.com/watch?v=nB99y-5Z2dA&feature=emb_title
    बिहिबार, मङि्सर २५, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति
    युरोपमा गर्मीले ५० हजारभन्दा बढीको मृत्यु
    नेकपाले कात्तिक ७ गतेदेखि जागरण अभियान सुरु गर्दै
    यमनमा संयम अपनाउन राष्ट्रसङ्घको आग्रह
    नेपाली ‘यु–१९’ क्रिकेट टोलीले दुई अन्तरराष्ट्रिय प्रतियोगिता खेल्ने
    आणविक सम्झौताबारे म्याक्रोनको भनाइमा अराघचीको आपत्ति

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      राजनीतिक अन्तरक्रियासँगै प्युठानमा तीन वामपन्थी दलको शुभकामना आदानप्रदान

    • ३.
      सरकारको रवैयाबाट सहकारी ठग उत्साहित, जिबी भन्छन्– सार्वजनिक हुने हिम्मत आएको छ

    • ४.
      ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

    • ५.
      चार माग पूरा गर्न डा. गोविन्द केसीको सरकारलाई एक हप्ते अल्टिमेटम

    • ६.
      दुर्गापूजा मण्डपमा भागदौड हुँदा १९ जनाको मृत्यु

    भर्खरै

    • १.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • २.
      युरोपमा गर्मीले ५० हजारभन्दा बढीको मृत्यु

    • ३.
      नेकपाले कात्तिक ७ गतेदेखि जागरण अभियान सुरु गर्दै

    • ४.
      यमनमा संयम अपनाउन राष्ट्रसङ्घको आग्रह

    • ५.
      नेपाली ‘यु–१९’ क्रिकेट टोलीले दुई अन्तरराष्ट्रिय प्रतियोगिता खेल्ने

    • ६.
      आणविक सम्झौताबारे म्याक्रोनको भनाइमा अराघचीको आपत्ति

    • ७.
      इक्वेडरको जेलमा झडप, आठ कैदीको मृत्यु

    • ८.
      इजिप्टको प्राचीन मन्दिरमा वर्षमा दुई पटक सूर्यको किरण

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.