काठमाडौं । हास्य कलाकार मनोज गजुरेलले दोस्रो बिहे गर्ने घोषणा गरेका छन् । पत्नी मिना ढकालसँगको सम्बन्धविच्छेदको दुई वर्षपछि आफूले बिहे गर्न लागेको जानकारी दिएका छन् ।
यद्दपि उनले दोस्रो बिहे गर्न लागेको महिलाबारे भने खुलाएका छैनन् । एक टेलिभिजन कार्यक्रममा गजुरेलले भनेका छन्, ‘म फेरि बैवाहिक जीवनमा प्रवेश गर्दैछु । अहिलेलाई यत्ति भनौँ ।’
उनको पृष्ठभूभिबारे खुलाउन समय लाग्ने बताएका छन् । उनका अनुसार छिट्टै बिहे गर्ने तयारी भएको छ ।
नायिक स्वेता खड्का पुनः बैवाहिक जीवनमा
यता, चर्चित नायिका स्वेता खड्काले ६ वर्षपछि दोस्रो बिहे गर्दैछिन् । उनले धनगढीका विजयेन्द्र सिंह राउतको हातबाट सोमबार सिन्दुर लगाउने तयारी गरेकी हुन् ।
स्वेता र विजयेन्द्र विगत डेढ वर्षदेखि गहिरो प्रेम सम्बन्धमा रहेको बताइन्छ । तर, यस बिषयमा स्वेताले कुनै कुरा खुलाएकी छैनन् ।
६ वर्षअघि अभिनेता श्रीकृष्ण श्रेष्ठसँग वैवाहिक जीवनमा बाँधिए पनि बिहे भएको एक महिनामै श्रीकृष्ण श्रेष्ठको असामयिक निधन भएको थियो ।

