श्रीगंगानगर (राजस्थान) । मूलप्रवाह अखिल भारत नेपाली एकता समाज सुदूरपश्चिमोत्तर क्षेत्रको श्रीगंगानगर नगर समितीद्वारा सञ्चालित रायसिंह एरिया समितिको प्रथम एरिया भेला सम्पन्न भएको छ ।
युवानेता जागेश्वर न्यौपानेको सञ्चालन तथा रेशम खड्काको अध्यक्षतामा सम्पन्न सो भेलामा प्रेमा केसीले स्वागत गर्नुभएको थियो । एरिया भेलाको उद्घाटन मूलप्रवाहका वैकल्पिक केन्द्रीय सदस्य तथा सुदूरपश्चिमोत्तर क्षेत्रीय सचिव त्रिभुवन भट्टराइले गर्नुभएको थियो ।
भेलाले रेशम खड्काको अध्यक्षतामा २१ पुर्ण, ४ वैकल्पिक र ४ सल्लाहकार गरी २९ सदस्यीय रायसिंह एरिया समिति चयन गरेको छ । समितिको उपाध्यक्ष मान सिंह खत्री, सचिव प्रतिमा एमसी, सहसचिव टेक प्रसाद र कोषाध्यक्षमा प्रेमा केसी चयन हुनुभएको छ ।
यस्तै, सदस्यहरुमा ललीत पुनमगर, जीत वहादुर थापा, ललीत केसी, नारायण वस्नेत, प्रकाश केसी, राम वहादुर थापा, मदन घर्ती, दिनेश गिरी, माया नेपाल, तारा देवी, अर्जुन वस्नेत, वसन्त खड्का, बाबुराम भटृटराई, कमला एमसी, सचिन एमसी , सुसील केसी रहनुभएको छ।
यसैगरी समितिको वैकल्पिक सदस्यमा अर्जुन पुनमगर, मधु पुनमगर, विजय केसी, आर्यन शर्मा चयन हुनुभएको छ भने सल्लाहकारहरुमा गुड्डु यादव, कमल मगर, शुभाष केसी रहनुभएको छ । सल्लाहकारको एक पद हाललाइ रिक्त राखिएको छ ।सो नवनिर्वाचित समितिलाइ मूलप्रवाह महिला विभागकी क्षेत्रीय कोषाध्यक्ष सुनिता भट्टराइले वधाइ तथा शुभकामना दिनुभएको थियो।