• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • १०. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

महरालाई बाबुरामको पत्रः माओवादी आन्दोलन यो रसातलमा कसरी पुग्यो ?

"अपराध भएको हो भने प्रायश्चित गर्नुस्, अनुसन्धानमा सघाउनुस् "

  •   शनिबार, असोज १८, २०७६ मा प्रकाशित
  • काठमाडौं । पूर्व प्रधामन्त्री एवं समाजवादी दलका अध्यक्ष बाबुराम भट्टराईले बलात्कारको आरोप लागेका पूर्व सहकर्मी कृष्णबहादुर महरालाई पत्र लेखेर घटनाको प्रायश्चित गर्न र अनुसन्धानमा सघाउ गर्न सुझाव दिएका छन् ।

    Advertisement

    तत्कालिन माओवादी आन्दोलनका शीर्ष नेता डा. भट्टराईले पत्रमा माओवादी आन्दोलन यो रसातलसम्म कसरी पुग्यो भनेर प्रश्न पनि गरेका छन् ।

    उनले लेखेका छन्, ‘तपाईंको यो पछिल्लो प्रकरण तपाईंको एउटा निजी मामिला मात्र नभएर नेपालको क्रान्तिकारी आन्दोलनको वैचारिक, राजनीतिक र नैतिक संकटको एउटा अत्यन्त नकारात्मक बिम्ब बन्न पुगेको छ।’

    यस्तो छ पत्र
    प्रिय महराजी,
    हालैको तपाईं सम्बन्धित घटनाले सम्पूर्ण देश र केही हदसम्म अन्तर्राष्ट्रिय जगत् पनि तरंगित त छँदै छ, म व्यक्तिगत रूपमा समेत अत्यन्त मर्माहत भएको छु ।

    यो तपाईंको मात्र प्रश्न नभएर ऐतिहासिक माओवादी आन्दोलन, हामीले लडेर ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्र र हामीले परिकल्पना गरेको महिला मुक्ति तथा उन्नत संस्कृतिको प्रश्नसँग जोडिएको विषय पनि हुनाले यहाँ केही बोल्ने धृष्टता गरेको छु ।

    १) माओवादी नेतृत्व तहमा हामी (विशेषतः प्रचण्ड र म) सुरेश वाग्ले र तपाईंलाई उच्च नैतिकवान् र इमान्दार पात्र मान्थ्यौं । हामीबीच विवाद पर्दा तपाईं दुई जनाको कुरालाई हामीले विशेष महत्व दिन्थ्यौं । प्रचण्ड र मेरो बीचमा २०५५/५६ मा पहिलो ठूलो वैचारिकरसांगठनिक बहस हुँदा २०५६ साउनरभदौमा पन्जाबको रोपडमा भएको पोलिटब्युरो बैठकमा तपाईं दुई जनाको सुझाव मानेर हामीले विवाद हल गरेका थियौं (दुर्भाग्यवश !त्यो बैठक सकेर फर्कनेबित्तिकै भदौ २३ गते गोरखामा सुरेश वाग्लेले गौरवपूर्ण सहादत प्राप्त गर्नुभएको थियो)।

    पछि पोष्टबहादुर बोगटी र तपाईँ पार्टीका आदर्श पात्र मानिन थाल्नुभयो। २०७१ सालमा बोगटीजीको दुस्खद निधन र पार्टीको क्रमश ओरालोलाग्दो नैतिक धरातलले आम जनतालाई समेत माओवादी आन्दोलनप्रति वितृष्णा बनाउँदै लग्यो। कांग्रेस–एमाले पहिले नै भ्रष्टाचार र सुरा–सुन्दरी काण्डले बदनाम भैसकेका थिए। तपाईंको यो पछिल्लो प्रकरण त्यसैले तपाईंको एउटा निजी मामिला मात्र नभएर नेपालको क्रान्तिकारी आन्दोलनको वैचारिक, राजनीतिक र नैतिक संकटको एउटा अत्यन्त नकारात्मक बिम्ब बन्न पुगेको छ। यसलाई तपाईं हामी सबैले स्वीकार्नैपर्छ।

    २) माओवादी आन्दोलन यो रसातलको बिन्दुसम्म कसरी पुग्योरु त्यसको सांगोपांगो विश्लेषण र संश्लेषण छुट्टै गरौंला। हामीले नेपाली क्रान्तिलाई संघीय लोकतान्त्रिक गणतन्त्रको शिखरसम्म पु-याएकै हो। यसमा हामीले सामूहिक गर्व गर्नुपर्छ, तर रोजा लक्जेम्बर्गले भनेझैं क्रान्ति स्थिर भएर बस्दैन, कि त त्यो अघि बढाइनुरबढ्नुपर्छ, नत्र त्यो पछाडि हट्छ। त्यस्तै अर्को भनाइ छ- शिखर चढ्न सजिलो हुन्छ तर त्यहाँ टिक्न गाह्रो हुन्छ। अझै अर्को भनाइ छ- क्रान्ति सम्पन्न भएको भोलिपल्ट हिजोका क्रान्तिकारीहरू प्रन्तिक्रान्तिकारीमा बदलिन्छन्।

    यहींनेर हामी चुक्यौं ! मैले यो एउटा शिखर चढेपछि अर्को शिखर चढ्न नयाँ बाटो खोजौं भनेको थिएँ। तर मैले साथीहरूलाई मनाउन सकिनँ। साथीहरू पुरानै शिखरमा बसिराख्न खोज्नुभयो तर वैज्ञानिक रूपमा त्यो सम्भव थिएन। त्यसैले अब क्रमश साथीहरू पुरानो शिखरबाट खुर्मुरिइरहनुभएको छ ! तपाईं (महराजी) को पछिल्लो प्रकरण त्यसैको एउटा नमुना हो।

    ३) यो प्रकरणमा तपाईं दोषी हुनुहुन्छ वा हुनुहुन्न म किटेर भन्न सक्दिनँ ! सत्य कि तपाईंलाई थाहा छ कि सम्बन्धित महिलालाई थाहा छ ! तर अहिलेसम्म बाहिर आएका कुराबाट शंकाको सुई तपाईंतिर सोझिन्छ ! हामीले एसएलसीमा पुष्कर शमशेरको “परिबन्द” कथा पढ्थ्यौं। त्यहाँ परिबन्दले निर्दोष व्यक्ति दोषी ठहरिन्छ।

    यौन मामिलामा महान् व्यक्तित्वहरू पनि कसरी चुक्छन् भन्नेबारे स्कुलमा पढ्दा गुरूले सुनाएको यो संस्कृत श्लोक सम्झिन्छुस्

    ‘विश्वामित्र परासर प्रभृत्तयो वाताम्बु पर्णाशना।
    तेपिस्त्री मुखपंकजं सुललितम् दृष्ट्वैव मोहम् गता।।
    साल्यान्नम् सघृतम् पयोदधियुतम् भुन्जन्ति ये मानबास्।
    तस्याम् इन्द्रीय निग्रहो यदि भवेत् विन्ध्यस्तरेत् सागरम्।।’

    तर प्राकृतिक कारण र ऐतिहासिक उदाहरण दिएर सामाजिक दायित्व बहन गर्ने मान्छेले यौन उच्छृंखलता गर्न मिल्दैन। अझै गम्भीर कुरा त महिलालाई उपभोग्या वस्तुका रूपमा प्रयोग गर्नु र सत्ता शक्ति र धनको बलमा महिलाको अस्मिता हरण र यौनशोषण गर्नु कानुनी दृष्टिले समेत दण्डनीय हुन्छ।

    हाम्रोजस्तो पितृसत्तात्मक समाजमा अधिकांश रूपमा महिला नै पीड़ित हुने भए पनि कहिलेकाहीं पुरूष पनि उत्पीडन वा प्रतिशोधरषडयन्त्रको जालमा पर्न सक्छ। तपाईंको हकमा पनि अन्यथा भएको हुन सक्छ। त्यसनिम्ति पनि तपाईंले सत्यतथ्य बाहिर ल्याएर काुननबमोजिम न्यायको निरूपण गर्न र आफूलाई निर्दोष साबित गर्न स्वतन्त्र र निष्पक्ष अनुसन्धानको माग गर्नुपर्छ र त्यसलाई सघाउनुपर्छ। त्यसले तपाईंको प्रतिष्ठा घटाउने हैन बढाउनेछ।

    यदि जानेर वा नजानेर गल्ती वा अपराध भएको हो भने त्यसलाई खुला रूपले स्वीकार्नु र प्रायश्चित्त गर्नु नै तपाईं स्वयम्, क्रान्तिकारी आन्दोलन र देशको हितमा हुनेछ। भनिन्छ- गल्ती गर्नु अपराध हैन, गल्ती नसच्याउनु अपराध हो।
    तपाईंको शुभेच्छुक
    बाबुराम

    शनिबार, असोज १८, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान
    संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी
    इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन
    ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा
    उत्तरी सागरमा कार्बन भण्डारण सुरु
    मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.