काठमाडौं । डा. भगवान कोइराला त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा सिफारिस भएका छन् । लामो समयदेखि उपकुलपतिविहीन रहेको त्रिविमा डा. कोइरालासहित तीन जनाको नाम सिफारिस गरिएको हो ।
Advertisement
सिफरिस समितिले पहिलो नम्बरमा डा. भगवान कोइरालासहित धर्मकान्त बास्कोटा र चन्द्रमणि पौडेलको नाम सिफारिस गरेको स्रोतले जनाएको छ ।
तत्कालीन उपकुलपति प्राडा तीर्थ खनियाँको कार्यकाल सकिएपछि त्रिवि उपकुलपतिविहीन छ। हाल त्रिविमा निमित्त उपकुलपतिको जिममेवारी प्रा.डा. सुधा त्रिपाठीले सम्हालेकी छन् ।
सरकारले नयाँ उपकुलपतिका लागि नाम सिफारिस गर्न सहकुलपति एवं शिक्षामन्त्री गिरिराजमणि पोख्रेलको नेतृत्वमा समिति गठन गरिएको थियो।

