काठमाडौँ । कोभिड–१९ का कारण १० लाखभन्दा बढी सङ्क्रमित भएका देशहरू १० वटा पुगेका छन् । इटलीमा कुल सङ्क्रमितको सङ्ख्या १० लाख ६६ हजार ४०१ पुगेसँगै १० लाख कुल सङ्क्रमित हुने देशको सङ्ख्या १० पुगेको हो ।
वल्र्डोमिटर्सका अनुसार इटलीमा पछिल्लो चौबिस घण्टामा ३७ हजार ९७८ जना नयाँ सङ्क्रमित थपिएसँगै कुल सङ्क्रमितको सङ्ख्या १० लाख नाघेको हो । त्यहाँ पछिल्लो चौबिस घण्टामा ६३६ जनाको मृत्यु भएसँगै कुल मृतकको सङ्ख्या ४३ हजार ५८९ पुगेको छ । इटलीमा हालसम्म ३ लाख ८७ हजार ७५८ जना बिरामी निको भएर घर फर्किसकेका छन् भने सक्रिय सङ्क्रमितको सङ्ख्या ६ लाख ३५ हजार ५४ रहेको छ ।
कुल सङ्क्रमित र मृतकको तथ्याङ्कमा पहिलो क्रममा अमेरिका नै छ । त्यहाँ पछिल्लो चौबिस घण्टामा १ लाख ५९ हजार ९७३ जना थपिएसँगै त्यहाँको कुल सङ्क्रमितको सङ्ख्या १ करोड ८ लाख ७० हजार १४९ पुगेको छ । त्यहाँ हिँजो बिहानसम्मको चौबिस घण्टामा १ लाख ४४ हजार ३५४ र अस्ति बिहानसम्मको चौबिस घण्टामा १ लाख ४२ हजार २१२ जना नयाँ सङ्क्रमित थपिएका थिए । पछिल्लो चौबिस घण्टामा १ हजार १४९ जना मृतक थपिएसँगै मृतकको कुल सङ्ख्या २ लाख ४८ हजार ५४७ पुगेको । छ । अमेरिकामा हालसम्म ६७ लाख ११ हजार ९४६ जना निको भएर घर फर्किसकेका छन् । त्यहाँ सक्रिय सङ्क्रमितको सङ्ख्या ३० लाख ९ हजार ६५६ रहेको छ भने गम्भीर बिरामीको सङ्ख्या १८ हजार ८२१ रहेको छ ।
दोसो क्रममा भारत छ । त्यहाँ पछिल्लो चौबिस घण्टामा ४३ हजार ३६१ जना नयाँ सङ्क्रमित थपिएसँगै कुल सङ्क्रमितको सङ्ख्या ८७ हजार २७ हजार ९०० पुगेको छ भने ५२१ जना मृतक थपिएसँगै कुल मृतकको सङ्ख्या १ लाख २८ हजार ६८६ पुगेको छ । भारतमा संसारमै सबैभन्दा बढी ८१ लाख १३ हजार ३४५ जना निको भइसकेका छन् । सक्रिय सङ्क्रमितको सङ्ख्या ४ लाख ८५ हजार ८६९ रहेको छ ।
तेस्रो क्रममा ब्राजिल छ । त्यहाँ ३४ हजार ६४० जना नयाँ सङ्क्रमित थपिएसँगै कुल सङ्क्रमितको सङ्ख्या ५७ लाख ८३ हजार ६४३ पुगेको छ । पछिल्लो चौबिस घण्टामा ९२६ जना मृतक थपिएसँगै त्यहाँ कुल मृतकको सङ्ख्या १ लाख ६४ हजार ३३२ पुगेको छ । त्यहाँ ५२ लाख ५६ हजार ७६७ जना सङ्क्रमित निको भइसकेका छन् भने ३ लाख ६२ हजार ५४८ जना सक्रिय सङ्क्रमित रहेका छन् ।
चौथो क्रमको फ्रान्समा पछिल्लो चौबिस घण्टामा ३३ हजार १७२ जना नयाँ सङ्क्रमित थपिएसँगै कुल सङ्क्रमितको तथ्याङ्क १८ लाख ९८ हजार ७१० पुगेको छ भने ४२५ जना नयाँ मृतक थपिएसँगै कुल मृतकको सङु्ख्या ४२ हजार ९६० पुगेको छ । त्यहाँ १ लाख ३४ हजार ९५४ जना बिरामी निको भएर घर फर्किसकेका छन् भने सक्रिय सङ्क्रमितको सङ्ख्या १७ लाख २० हजार ७९६ रहेको छ ।
पाँचौँ क्रममा रुस छ । त्यहाँ २१ हजार ६०८ जना नयाँ सङ्क्रमित थपिएसँगै कुल सङ्क्रमितको तथ्याङ्क १८ लाख ५८ हजार ५६८ पुगेको छ भने ४३९ जना मृतक थपिएसँगै कुल मृतकको सङ्ख्या ३२ हजार ३२ पुगेको छ । त्यहाँ १३ लाख ८८ हजार १६८ जना बिरामी निको भएर घर फर्किसकेका छन् भने ४ लाख ३८ हजार ३६८ जना सक्रिय सङ्क्रमित रहेका छन् ।
छैटौँ क्रमको स्पेनमा कुल सङ्क्रमितको सङ्ख्या १४ लाख ८४ हजार ८६८ पुगेको छ । पछिल्लो चौबिस घण्टामा त्यहाँ १९ हजार ५१० नयाँ सङ्क्रमित थपिएका थिए । ३५६ जना नयाँ मृतक थपिएसँगै त्यहाँ कुल मृतकको सङ्ख्या ४० हजार ४६१ पुगेको छ । त्यस्तै, सातौँ क्रमका बेलायतमा पछिल्लो चौबिस घण्टामा ३३ हजार ४७० जना नयाँ सङ्क्रमित थपिएसँगै कुल सङ्क्रमितको सङ्ख्या १२ लाख ९० हजार १९५ पुगेको छ । ५६३ जनाको थप मृत्यु भएसँगै त्यहाँ कुल मृतकको सङ्ख्या ५० हजार ९२८ पुगेको छ । स्पेन र बेलायतमा निको हुने र सक्रिय सङ्ख्या खुलाइएको छैन ।
आठौँ क्रमको अर्जेन्टिनामा कुल सङ्क्रमितको सङ्ख्या १२ लाख ८४ हजार ५१८ पुगेको छ । त्यहाँ पछिल्लो चौबिस घण्टामा ११ हजार १६३ सङ्क्रमित थपिएका थिए । २५१ जना नयाँ मृतक थपिएसँगै त्यहाँ कुल मृतकको सङ्ख्या ३४ हजार ७८२ पुगेको छ । बेलायतमा ११ लाख १८० जना बिरामी निको भएर घर फर्किसकेका छन् भने सक्रिय सङ्क्रमितको तथ्याङ्क १ लाख ४९ हजार ५५७ रहेको छ ।
नवौँ क्रममा कोलम्बियामा पछिल्लो चौबिस घण्टामा ८ हजार ६८६ जना नयाँ सङ्क्रमित थपिएसँगै कुल सङ्क्रमितको सङ्ख्या ११ लाख ७४ हजार १२ रहेको छ । १७९ जनाको थप मृत्यु भएसँगै त्यहाँ कुल मृतकको सङ्ख्या ३३ हजार ४९१ पुगेको छ । १० लाख ८१ हजार ६९१ जना बिरामी निको भएर घर फर्किसकेको कोलम्बियामा ५८ हजार ८३० सक्रिय सङ्क्रमित रहेका छन् ।





