• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

विदेशीको सर्त र ऋणको भारी बोकेर संघीयता पाल्न सकिन्नः केसी


  •   बिहिबार, असोज १६, २०७६ मा प्रकाशित
  • बागलुङ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपाललाई संघीयतामा लगेर विदेशीको प्रयोगशाला बनाउन खोजिएको बताउनुभएको छ ।बिहीबार बाग्लुङको कुश्मीसेरामा आयोजित जनसभालाई सम्बोधन गर्दै अध्यक्ष केसीले विदेशीको सर्त र ऋण बोकेर संघीयता पाल्न नेपाली बाध्य नभएको बताउनुभयो । केसीले कुनै प्रणाली चलाउने नाममा जनतालाई चर्को करको मारमा पार्न नपाइने बताउनुभयो ।

    Advertisement

    ‘विदेशबाट ऋण लिएर ७ वटा प्रदेश चलाउन खोजेका छन् । जुन सरकारले प्रदेशको राजधानी काहाँ हो भन्न पनि सकेको छैन, त्यसले कहाँबाट नेपाली जनताको सम्वृद्वि गर्नसक्छ ?’ केसीको प्रश्न थियो, ‘अहिले दशैँ नजिक आएको छ । नेपाली जनतालाई मंहगी बढाईएको छ । तर आफूहरु भने भ्रष्टाचार गरेर थुपारेको रकम कहाँ खर्च गर्ने भन्ने भाको छ।’

    अध्यक्ष केसीले नेपाल कम्युनिष्ट पार्टी भनेर नाम राखनेहरु विदेशीहरुको गुलामी गर्ने, आफ्ना नातागोतालाई व्यवस्थित पार्ने र सत्तामा बसेर भ्रष्टाचारीहरुको संरक्षण गर्ने काममा लागेको आरोप पनि लगाउनुभयो । ‘जनता जहाँ सुकै जाउन् उनीहरुलाई सेवा सुविधाको नाममा कर थुपारदिने मात्रै काम भइरहेको उहाँको भनाई थियो ।

    केसीले नेपाली जनताले २००७ साल देखि लोकतन्त्रका लागि लडाईं गरिरहेको उल्लेख गर्दै वास्तविक लोकतन्त्र अझै नआएको बताउनुभयो । ‘जनताले राणा फाले, राजतन्त्र फाले । तर अहिले पनि नेपाली जनताले गास, वास कपासको व्यवस्था पाएका छैनन् । विश्वका कैयौँ देशहरु विज्ञान र प्रविधिको विकास गरेर साधन स्रोतमा आत्मनिर्भ भएका छन् ।

    तर, हमम्रो देशमा भएका कलकारखाना समेत बन्द गराई दिएका छन् ।’ केसीले भन्नुभयो, ‘नेपालमा कलकारखाना भयो भने विदेशीहरुले आफ्ना सामन हाम्रो देशमा बेच्न पउदैनन् । हाम्रो देश आत्मनिर्भर भएर जान्छ । त्यसकारण विदेशीको चाहना अनुसार नेपाललाई आत्मनिर्भर हुन दिइएको छैन ।’

    कृषि प्रधान देश नेपालमा यो वर्षमा मात्र ३२ अर्ब १४ करोडको खाद्यान्न आयत भएको प्रशंग उल्लेख गर्दै उहाँले तराईका खेती योग्य जमिनलाई डुबानमा पारिरहँदा समेत सरकार चुप लागेर बसेको बताउनुभयो । केसील भन्नुभयो, ‘नेपालमा चिनी उद्योग छ । तर उखु खेती गर्ने किसानले मुल्य पाउदैनन् । सरकारले भारतबाट चिनी ल्याउँछ । नेपालमै प्रसस्त मात्रामा रोजगारीको सम्भावना हुँदाहुँदै युवाहरु विदेशीन वाध्य भएका छन् । यो सबै सरकारको दुर्दसाको कारण हो ।’

    सम्बोधनकै क्रममा अध्यक्ष केसीले २०२१ सालमा बाग्लुङमा कम्युनिष्ट पार्टी स्थापना गरेको प्रशंग पनि स्मरण गर्नुभयो । पार्टी स्थापना र कठिन राजनीतिक संघर्ष उल्लेख गर्दै उहाँले देश र जनताको लागि निस्वार्थ ढंगले लागेको पार्टीका नेता कार्यकर्ताहरु उत्साहका साथ एकजुट भएर पार्टी निर्माणमा लाग्न आह्वान पनि गर्नुभयो ।

    कार्यक्रममा बोल्दै राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष एवं प्रवक्ता सांसद दुर्गा पौडेलले नेपालमा खुकुलो रुपमा वितरण भइरहेको नागरितालाई रोक्नुपर्ने बताउनुभयो । जनसंख्याको आधारमा निर्वाचन क्षेत्र तोकिनु र नागरिकतालाई खुकुलो पार्नु भारतको ग्राइन डिजाईन अनुसार भएको उल्लेख गर्दै उहाँले प्रदेश न. २ लाई हिमाल र पहाडबाट अगल गर्नु आपतिजनक रहेको बताउनुभयो ।

    राष्ट्रिय जनमोर्चा बाग्लुङले सञ्चालन गरिहेको ‘राष्ट्रिय स्वाधिनताका लागि गाउँ जागरण अभियान’ अन्तर्गत बिहीबार बृहत आमसभा सम्पन्न गरेको हो । कार्यक्रममा रक्तिम सांस्कृतिक अभियानका कलाकारहरुले विविध जनवादी सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

    यसअघि बिभिन्न टोलीहरुले जिल्लाका सबै नगरपालिका र गाउँपालिकाका वडाहरुमा जनभेटघाट तथा प्रशिक्षण कार्यक्रम गरिएको राष्ट्रिय जनमोर्चा बाग्लुङले जनाएको छ ।

    बिहिबार, असोज १६, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.