काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा तालिका सार्वजनिक गरेको छ । कोरोनाका कारण रोकिएको परीक्षा आगामी मंसिर ९ गतेबाट सञ्चालन गर्नेगरी तालिका सार्बजनिक गरिएको हो ।
बोर्डले दशैँ, तिहार र छठ लगायतका पर्व सकिएलगत्तै परीक्षा सञ्चालन गर्न लागेको हो । शनिबार पनि सञ्चालन हुने परीक्षा मंसिर १६ गते सकिनेछ ।
गत वैशाख ८ गतेका लागि तय भएको परीक्षा कोरोनाको महामारीका कारण रोकिएको थियो । कक्षा १२ मा देशभरबाट ४ लाख ३२ हजार परीक्षार्थी सहभागी हुँदैछन् ।
बोर्डले कोरोना संक्रमित विद्यार्थीहरुलाई छुट्टै परीक्षाको व्यवस्था गर्ने जनाउँदै यो परीक्षामा सहभागी नहुन अनुरोध समेत गरेको छ ।
‘कोरोना संक्रमित भई उपचाररत परीक्षार्थीहरूलाई परीक्षामा सहभागी नहुन अनुरोध गरिन्छ’ बोर्डद्वारा जारी सूचनामा भनिएको छ, ‘त्यस्ता परीक्षार्थीहरूका लागि नेपाल सरकारद्वारा मान्यता प्राप्त प्रयोगशालामा परीक्षण गरिएको ल्याब रिर्पोटको आधारमा पछि छुट्टै परीक्षाको व्यवस्था गरिनेछ ।’
यस्तो छ तालिका


