पुष्कर भट्ट, महेन्द्रनगर ।
कञ्चपुरमा क्रियाशील अनेरास्ववियु (छैठौं) सहित ६ विद्यार्थी संगठनहरुले विभिन्न माग राखि सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा ज्ञापनपत्र बुझाएका छन् ।
शुक्रबार विद्यार्थी संगठनहरुले उपकुलपति अम्मरराज जोशीलाई एक महिने अल्टिमेटसहित २७ वुँदे ज्ञापन पत्र बुझाएका हुन् । ज्ञापन पत्रमा विभिन्न शैक्षिक सुधार तथा सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका समस्याहरु समाधानका लागि अल्टिमेटम दिइएको छ ।
ज्ञापन पत्र बुझ्दै उपकुलपति जोशीले विद्यार्थीका मागलाई सकारात्मक रुपमा लिएर समस्या समाधानको प्रयास गर्ने बताउनुभयो ।
ज्ञापन पत्रमा अखिल (छैठौं) का प्रदेश सदस्य पुष्कर भट्ट, नेविसंघका केन्द्रीय सह महामन्त्री अचुत कलौनी, अखिल (क्रान्तिकारी) सेतीमहाकाली संयोजक विरेन्द्र साह, राष्ट्रिय प्रजातन्त्रिक विद्यार्थी संघ सुप इन्चार्ज उमेश विष्ट, अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य पुष्कर जोशी र समाजवादी विद्यार्थी युनियनका महेन्द्र तिरुवाको संयुक्त हस्ताक्षर रहेको छ।
यस्तो छ ज्ञापनपत्र




