काठमाडौं । मेलम्ची आयोजनाको अलपत्र काम पुरा गर्ने जिम्मा चिनियाँ कम्पनी सिनो हाइड्रोले पाएको छ । सम्झौता कार्यान्वयन सही ढंगले भएमा एक वर्षभित्र मेलम्चीको पानी काठमाडौंमा झर्नेछ ।
आइतबार एक समारोहका बीच मेलम्ची खानेपानी आयोजना र सिनो हाइड्रो कर्पोरसनबीच बाँकी काम गर्ने सम्झौता भएको हो । सम्झौतापत्रमा आयोजनाका तर्फबाट मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक तिरेश खत्री र कम्पनीका तर्फबाट वाङ हुवाले हस्ताक्षर गरेका छन् ।
सम्झौता भएको एक महिनाभित्र कम्पनीले काम शुरु गरी सक्नुपर्ने खानेपानी तथा सरसफाई मन्त्रालयले जनाएको छ । चिनियाँ कमपनीसँग खानेपानी विकास समितिले सुरुङ मार्ग फिनिसिङका लागि दुई वटा ठेक्का सम्झौता भएको हो ।
सुरुङमार्ग फिनिसिङको ठेक्कामा १२ सय मिटर फिनिसिङ, सुरुङमार्गको पहिचान गरिएका ठाउँमा रेट्रोफिटिङ,सुरुङमार्गबाट ट्रिटमेन्ट प्लान्टसम्म पाइप राख्नेलगायतका कामहरु रहेका छन्।

