• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

एङ्गेल्सबारे प्रगतिशील लेखक सङ्घको छत्तिसौँ परिसंवाद सम्पन्न


  •   शुक्रबार, असोज ०२, २०७७ मा प्रकाशित
  • प्रकाश थापा मगर

    Advertisement

    काठमाडौँ । महान् दार्शनिक फ्रेडरिक एङ्गेल्सको द्विशतवार्षिकको सन्दर्भ पारेर प्रगतिशील लेखक सङ्घले छत्तिसौँ परिसंवाद कार्यक्रम सम्पन्न गरेको छ । केन्द्रीय अध्यक्ष प्रा.डा. जीवेन्द्र देव गिरीको प्रमुख आतिथ्यता तथा प्रलेसका केन्द्रीय सल्लाहकार तथा पूर्व केन्द्रीय उपाध्यक्ष रामप्रकाश पुरीले विषयवस्तु प्रस्तुत गर्दै उक्त कार्यक्रम सम्पन्न भएको हो ।

    केन्द्रीय उपाध्यक्ष गोपीरमण उपाध्यायको अध्यक्षता तथा महासचिव समीर सिंहको सञ्चालनमा भर्चुअल माध्यमबाट २०७७ असोज २ गते सो कार्यक्रम सम्पन्न भएको थियो । परिसंवादको विषयवस्तु थियो– “दर्शन, कला र साहित्यको क्षेत्रमा एङ्गेल्स” ।

    कार्यक्रममा विषयवस्तु प्रस्तुत गर्दै अतिथि रामप्रकाश पुरीले एङ्गेल्सले आजभन्दा २०० वर्षपहिले पनि विषयवस्तुलाई पूर्वाग्रहरहित ढङ्गले हेर्ने गरेको बताउनुभयो । ‘अहिलेका विद्वानहरूले जस्तो गरी विषयवस्तुलाई हेरेको भए माक्र्सवाद नै जन्मिने थिएन’ उहाँले भन्नुभयो– ‘वस्तुगत र तथ्यपरक ढङ्गले नै माक्र्सले जस्तै एङ्गेल्स पनि विषयवस्तुको अध्ययन गर्नुभयो ।’

    श्रम र उत्पादन सम्बन्धको बारेमा एङ्गेल्सको गहिरो दृष्टिकोण रहेको बताउँदै उहाँले त्यसको सिधै सम्बन्ध क्रान्ति र परिवर्तनसित रहेको बताउनुभयो । ‘उत्पादन पद्धतिमा गम्भीर समस्या छ भने मान्नुस् क्रान्ति आवश्यक छ, अन्यथा छैन’ अतिथि पुरीले एङ्गेल्सको उत्पादन सम्बन्धसम्बन्धी अध्ययन गम्भीर महत्त्वको रहेको बताउनुभयो । समाज विकासको महत्त्वपूर्ण तत्त्व श्रम भएको बताउँदै उहाँले श्रमकै कारण मानिस बाँदरबाट मनुष्यमा रूपान्तरण भएको एङ्गेल्सको धारणा उल्लेख गर्नुभयो । ‘श्रम र उत्पादन सम्बन्धको गहन अध्ययनबाट माक्र्स र एङ्गेल्सले पुष्टि गर्नुभयो, सर्वहारा वर्ग नै सामाजिक रूपमा क्रान्तिकारी वर्ग हो’ पुरीले यस प्रकार माक्र्सवाद सर्वहारा वर्गको मुक्तिको सिद्धान्त भएको पुष्टि हुने बताउनुभयो ।

    साहित्य र कलाको विषयमा एङ्गेल्सको ठोस र सही दृष्टिकोण रहेको उहाँले बताउनुभयो । “कला, कलाका लागि” होइन, कला जीवनका लागि भन्ने धारणा एङ्गेल्सको रहेको बताउनुभयो । ‘माक्र्स, एङ्गेल्सले छुट्टै साहित्यिक कृति नलेखेको भए पनि उहाँहरूका कृतिमा माक्र्सवादी साहित्य सिद्धान्तको ठोस मार्गनिर्देशक विचार अन्तरनिहित छन्’ उहाँले भन्नुभयो । माक्र्सवाद यथार्थवादी साहित्य र कलाको पक्षमा रहेको बताउँदै उहाँले माक्र्स र एङ्गेल्सको दर्शन र विचारले साहित्य र कलालाई ठोस रूपमा मार्गदर्शन गर्न सक्षम रहेको बताउनुभयो ।

    कार्यक्रममा प्रमुख अतिथि प्रलेसका अध्यक्ष प्रा.डा. जीवेन्द्र देव गिरीले महत्त्वपूर्ण मन्तव्य राख्नुभएको थियो । त्यसैगरी कार्यक्रममा स्वनाम साथी, प्रा.डा. पशुपतिनाथ तिमल्सेना, डा. शम्भु कट्टेलले पूरक टिप्पणी राख्नुभएको थियो ।

    उपर्युक्त भर्चुअल कार्यक्रममा देशैभरि तथा भारत, खाडी मुलुक, अमेरिकालगायत विश्वभरिबाट ७० जनाभन्दा बढीको सहभागिता रहेको थियो ।

    शुक्रबार, असोज ०२, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
    रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी
    ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान
    इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.