• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

नगरपालिकामा लाखौँ रकम हिनामिना गर्ने दुई अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा


  •   बुधबार, असोज ०८, २०७६ मा प्रकाशित
  • किरण पाण्डे, काठमाडौँ ।

    Advertisement

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भुठा विवरण पेस गरी लाखौँ रकम ठगी गरेको आरोपमा पक्राउ परेका दुई अधिकृत विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

    बुधबार भोजपुर जिल्लाको षडानन्द नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत चन्द्र बहादुर कार्की र तत्कालीन लेखा अधिकृत राजेश काफ्ले उपर आरोप–पत्र दायर गरिएको हो।

    अधिकृतद्वय कार्की र काफ्लेले कार्यालयको लेटरप्याड, छाप र चेकसमेत साथमा लगेर विभिन्न योजनाहरूको भुक्तानी गरेको साथै आफू अनुकूलका व्यापारीहरूसँग साँठगाँठ गरी निजहरूको मिलेमतोमा विभिन्न सामानहरू खरिद गरी भुक्तानी गरेको अख्तियारको ठहर छ ।

    निमित्त प्रमुख प्रशासकीय अधिकृत कार्कीले झुठ्ठा बिवरण पेश गरी भ्रमण प्रतिवेदन समेत पेश नगरी एक लाख ३३ हजार पाँच सय ६८ रुपैयाँ र कार्यालयमा प्राप्त नभएको मालसामानहरूलाई कार्यालयको जिन्सी आम्दानी खाताहरूमा प्रविष्ट नगराई आफूले नै झुठ्ठा खरिद आदेश र झुठ्ठा दाखिला रिपोर्ट तयार गरी १५ लाख २३ हजार तीन सय १८ रुपैयाँ भुक्तानी गरी जम्मा रू १६लाख ५६ हजार नौ सय चार रूपैयाँ सत्र पैसा हानी नोक्सानी गरेको अख्तियारले जनाएको छ ।

    यस्तै, तत्कालीन लेखा अधिकृत राजेश काफ्लेले झुठ्ठा विवरण पेश गरी भ्रमण प्रतिवेदन समेत पेश नगरी बढी रकम भुक्तानी लिएको तथा आवश्यक कानूनी प्रकृया पूरा नगरी भौचर खडा गरी भुक्तानी लिएको रकम रू।२लाख ८१ हजार सात सय ५० र कार्यालयमा प्राप्त नभएको मालसामानहरूलाई कार्यालयको जिन्सी आम्दानी खाताहरूमा प्रविष्ट नगराई अफूले नै झुठ्ठा खरिद आदेश र झुठ्ठा दाखिला रिपोर्ट तयार गरी १५ लाख २३ हजार तीन सय १८ रुपैयाँ १७ पैसा भुक्तानी गरी जम्मा रू १८ लाख ५ हजार ६८ रूपैयाँ सत्र पैसा नगरपालिकालाई हानिनोक्सानी गरेको अख्तियारले जनाएको छ ।

    अधिकृतद्वयलाई हानिनोक्सानी गरेको विगो असुलउपर हुन मागदावी लिई बुधबार विशेष अदालत काठमाडौंमा आरोप–पत्र दायर गरिएको छ ।

    बुधबार, असोज ०८, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.