• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ७. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ८. वृद्धाश्रममा आगलागी हुँदा १६ जनाको मृत्यु

  • ९. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • १०. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

मुक्त कमैयाको न्यायका लागि ‘कञ्चनपुर–दाङ’ मार्च गर्ने जनजाति सम्मेलनको तयारी


  •   मङ्गलबार, असोज ०७, २०७६ मा प्रकाशित
  • रामदेव पाण्डे, काठमाडौँ ।

    Advertisement

    अखिल नेपाल जनजाति सम्मेलनले मुक्त कमैयाको न्याय एवं पुनस्र्थापनाको लागि दबाब दिन कञ्चनपुर– दाङ अभियान सञ्चालन गर्ने भएको छ ।

    आगामी माघ ५ गते देखि १२ गतेसम्म ‘मुक्त कमैयाहरुको उचित व्यवस्थापन गर’ भन्ने नारा सहित कञ्चनपुर देखि दाङसम्म ‘कञ्चनपुर दाङ अभियान’ संचालन गर्न लागिएको हो ।

    अभियानमा मुक्त कमैयाहरुको समस्या समाधानको माग राख्दै जिल्लाहरुमा सीडीओलाई ज्ञापन पत्र बुझाउने र जिल्ला सदरमुकाममा राजनीतिक दल र संघ संस्थाका प्रतिनिधिहरुलाई राखेर अन्तरक्रिया कार्यक्रम गरिने सम्मेलनका अध्यक्ष निमबहादुर बुढाथोकीद्वारा मंगलबार जारी वक्तव्यमा जनाइएको छ ।

    यस्तो छ, वक्तव्यः

    अखिल नेपाल जनजाति सम्मेलन चौथो केन्द्रीय समितिको तेस्रो पूर्ण बैठक समितिका अध्यक्ष निमबहादुर बुढाथोकीको अध्यक्षतामा ०७६ आश्विन ५ र ६ गते बुटवलमा बस्यो । त्यस अवसरमा संगठन विभाग, प्रकाशन विभाग र खेलकुद विभागको बैठक सम्वन्धित विभाग प्रमुखहरु क्रमशः के.वि थापा, लालबहादुर राना र नरेश आलेको अध्यक्षतामा बस्यो । बैठकले गरेका निर्णयहरु सार्वजनिक गर्न यो प्रेश वक्तव्य क्जारी गरिएको छ ।

    स्वस्थ जीवन, मित्रता र सांगठनिक सम्बन्धलाई सुदृढ गर्ने उद्येश्यले अखिल नेपाल जनजाति सम्मेलनले खेलकुद कार्यक्रमलाई अगाडि बढाउने योजना बनाएको छ । आगामी फागुन २३ र २४ गते दाङमा खेलाडीहरुको राष्ट्रिय भेला र व्याडमिन्टन प्रतियोगिताको आयोजना गरिने छ । उक्त प्रतियोगितामा एउटा प्रदेशले बढीमा ३ वटा सम्म टिम लिएर आउन सक्ने छ । महिला टिम भएमा तीन भन्दा बढी पनि टिम लिएर आउन सक्ने छ । प्रथम हुने टिमलाई १५ हजार, दोस्रो हुने टिमलाई १० हजार र तेस्रो हुने टिमलाई ५ हजार पुरस्कार, पदक र प्रमाण पत्रको व्यवस्था गरिने छ ।

    अखिल नेपाल जनजाति सम्मेलनको सामयिक बुलेटिन जनजाति दृष्टिकोण अंक २ प्रकाशन गर्ने निर्णय भएको छ ।

    हाम्रो संगठनको वेभसाइट निम्न ठेगनामा खोलिएको छ – www.ancep.org। २०४५ साल देखि अहिलेसम्मको अंक १ देखि १९ सम्मका जनजाति आवाज, भारत शाखाको जनजाति लहर, नेपालबाट प्रकाशित जनजाति संदेश, सांगठनिक गतिविधि, बिधान, घोषणा पत्र, प्रतिवेदन, फोटो, भिडियो लगायतका प्रकाशनलाई यस वेभसाइटमा राखिने छ । बयो बृद्ध वामपन्थी नेता खगुलाल गुरुड्ड सम्बन्धी पुस्तक प्रकाशन गर्ने पूर्व निर्णयलाई कार्यान्वयन गर्न वहा“ सम्वन्धी लेख रचनाहरु संकलन गर्ने निर्णय भएको छ ।

    ०७६ आश्विन देखि चैत्र मसान्तसम्म ७ महिनाको लागि बैठकले अनुमानित वजेट तय गरेको छ । आर्थिक निमावली सम्बन्धी प्रस्ताव माथि छलफल गरी पारित गरियो । आर्थिक निमावलीलाई पुस्तिकाको रुपमा छपाउने निर्णय गरिएको छ । के.स. रामबहादुर पुन र सल्लाकार ओविराम जि.एम.लाई केन्द्रको हिसाव अडिट गर्ने जिम्मा दिने निर्णय भयो ।

    भिन्न जिल्लामा चैत्र मसान्तसम्म भेला ÷अधिवेशन गर्ने निर्णय गरिएको छ । मंसिर १५ गते देखि मंसिर मसान्तसम्म बिशेष संगठनिक अभियान संचालन गर्ने निर्णय गरिएको छ । उक्त अभियान संचालन गर्न बिषेश जिम्मा पनि छुट्टाइएको छ । बागलुङ,उपाध्यक्ष के.वि. थापा र सदस्य रामबहादुर पुन, सिन्धुली अध्यक्ष निमबहादुर बुढाथोकी, सल्यान महासचिव रामबहादुर बुढा, रोल्पा सचिव उषा पुन, प्युठान सल्लाहकार ओबिराम घर्ति,दाङ सदस्य रामबहादुर जि.एम.,कपिलवस्तु सास्य नरबहादुर घर्ति, रुपन्देही संगठन विभाग सदस्य बिमल श्रीस, दैलेख सदस्य कमल बरईलाई जिम्मा दिइएको छ । सांगठनिक अभियानमा सदस्यता वितरण, संगठन निर्माण र प्रशिक्षण कार्यक्रमहरु गरिने छ ।

    बैठकमा वर्तमान राजनैतिक परिस्थितिका बारेमा पनि छलफल भयो । देशमा लोकतान्त्रिक गणतन्त्र निर्माण भए पनि देश र जनताको समस्यामा तात्विक परिवर्तन हुन नसकेको बैठकले समीक्षा ग¥यो । राष्ट्रियता र जनतन्त्रको पक्षमा तथा राष्ट्रघात, जनघात, भ्रष्टचारका बिरुद्ध संचालन गरिएका संघर्षहरुमा केन्द्र देखि स्थानीय तहसम्म संगठनका कार्यकर्ताहरुले सक्रियाता पूर्वक भाग लिने निर्णय गरिएको छ ।

    नेपालमा ०५७ मा कमैया मुक्तिको घोषणा गर्दै ०५८ मा कमैया मुक्ति सम्बन्धी ऐन बनाइएको थियो । जमिनदारहरुको दासत्वपूर्ण पंजाबाट उम्किए पनि कमैयाहरुको उचित व्यवस्थापन हुन सकिरहेको छैन । उनीहरुको जीवनमा सुधार ल्याउन मुक्त कमैयाहरुको पक्षमा संघर्षको आवश्यकता छ । अखिल नेपाल जनजाति सम्म्ेलनले आगामी माघ ५ गते देखि १२ गतेसम्म कञ्चनपुर देखि दाङसम्म “कञ्चनपुर दाङ अभियान” संचालन गरिने छ । “मुक्त कमैयाहरुको उचित व्यवस्थापन गर”भन्ने नारा सहित उक्त अभियान संचालन गरिने छ । मुक्त कमैयाहरुको समस्या समाधानको माग राख्दै जिल्लाहरुमा सि.डि.ओ. लाई ज्ञापन पत्र बुझाउने र जिल्ला सदरमुकाममा राजनीतिक दल र संघ संस्थाका प्रतिनिधिहरुलाई राखेर अन्तरक्रिया कार्यक्रम गरिने छ । त्यही अभियानका सिलसिलामा मुक्त कमैयाका वस्तीहरुमा सदस्यता वितरण, प्रशिक्षण र संगठन निर्माणका कार्य पनि गरिने छ । माघ ५ गते कञ्चनपुर, ६ गते कैलाली, ८ गते बर्दिया, ९ गते बा“के र १२ गते दाङमा ज्ञापनपत्र बुझाउने र अन्तरक्रिया कार्यक्रमसम्पन्न गर्ने निर्णय भएको छ ।

    विभिन्न जनजातिहरुको बारेमा उनीहरुको आर्थिक, सामाजिक, सांस्कृतिक, राजनीतिक स्थिति बारे अध्ययन गर्न जिम्मेवारी छुट्टाइएको छ । आगामी बैठकमा जिम्मा पाएका साथीहरुले आफ्नो अध्ययन प्र्रतिवेदन बुझाउनु हुने छ । के.वि. थापा र रामबहादुर पुनलाई चेपाड्ड, कमल बरईलाई राजी, निमबहादुर बुढाथोकीलाई हयाल्मो, जिरेल र पहरी, रामबहादुर बुढा र नरेश आलेलाई दार्चुलाको सौका मगर, रामबहादुर जि. एम. लाई कुसुण्डा, तिलक गाहालाई पाल्पाको कुमाल जातिबारेमा अध्ययन गर्ने जिम्मा दिइएको छ । जनजाति समस्या र जनजातिसँग जोडिएका भाषा र संस्कृतिक बारे अध्ययन गर्ने बारे विगतका बैठकमा दिइएको जिम्मा अनुसार कतिपय साथीहरुले अध्ययनलाई अगाडि बढाइरहनु भएको छ । आगामी बैठक पछि ती विषयहरुमा बृहत गोष्ठीको आयोजना गरिने छ ।

    मङ्गलबार, असोज ०७, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान
    संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी
    इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन
    ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा
    उत्तरी सागरमा कार्बन भण्डारण सुरु
    मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.