• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ७. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ८. वृद्धाश्रममा आगलागी हुँदा १६ जनाको मृत्यु

  • ९. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • १०. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

संविधानप्रतिको हाम्रो समर्थन गम्भीर मतभेदसहितको होः मसाल


  •   मङ्गलबार, असोज ०७, २०७६ मा प्रकाशित
  • आनन्दराज शर्मा, काठमाडौँ ।

    Advertisement

    नेपाल कम्युनिष्ट पार्टी (मसाल) ले संविधान प्रतिको समर्थन गम्भीर प्रकारको विरोध, मतभेद र आलोचना सहितको समर्थन रहेको स्पष्ट पारेको छ ।

    संविधान दिवसका अवसरमा असोज ३ गते महामन्त्री मोहनविक्रम सिंहले जारी गर्नुभएको वक्तव्यमा वर्तमान पुँजीवादी संविधानले जनताका आधारभुत समस्या समाधान गर्न नसक्ने बताउनुभएको छ ।

    अर्धसामन्ती र अर्धऔपनिवेशिक व्यवस्थाअन्तर्गतको संविधान वास्तविक अर्थमा पुँजीवादी प्रजातान्त्रिक संविधान पनि होइन भन्दै महामन्त्री सिंहले वास्तविक प्रकारको पुँजीवादी प्रजातान्त्रिक संविधान नयाँ जनवादी क्रान्तिपछि नै बन्न सक्दछ र त्यो नयाँ जनवादी संविधान हुने बताउनुभएको छ ।

    यस्तो छ वक्तव्य

    आज संविधान दिवसको उपलक्ष्यमा नेपालको संविधान–२०७२ प्रति नेकपा (मसाल) को दृष्टिकोण स्पष्ट गर्नका लागि यो वक्तव्य जारी गरिएको छ ।

    यो संविधानलाई नेकपा (मसाल) ले समर्थन गर्दछ र त्यसको रक्षा तथा कार्यान्वयन गर्नुपर्ने आवश्यकतामा जोड दिन्छ । तर, त्यसका साथै त्यस प्रति हाम्रो गम्भीर मतभेद भएको कुरालाई पनि हामीले स्पष्ट गर्न चाहन्छौँ । त्यसरी हाम्रो त्यो संविधान प्रतिको समर्थन गम्भीर प्रकारको विरोध, मतभेद र आलोचना सहितको समर्थन हो । संविधान प्रतिको हाम्रो विरोध खास गरेर दुई प्रकारको छ । प्रथम, वर्तमान संविधान पुँजीवादी संविधान हो र यसले जनताका आधारभूत समस्याहरू समाधान गर्न सक्दैन । यो अर्धसामन्ती र अर्धऔपनिवेशिक व्यवस्थाअन्तर्गतको संविधान हो । त्यसकारण यो वास्तविक अर्थमा पुँजीवादी प्रजातान्त्रिक संविधान पनि होइन । वास्तविक प्रकारको पुँजीवादी प्रजातान्त्रिक संविधान नयाँ जनवादी क्रान्तिपछि नै बन्न सक्दछ र त्यो नयाँ जनवादी संविधान हुन्छ । त्यसकारण हाम्रो पार्टीका उद्देश्यहरू विद्यमान अर्धसामन्ती र अर्धऔपनिवेशिक व्यवस्थाका साथै वर्तमान संविधान र अहिलेको बुर्जुवा गणतन्त्र समेतको अन्त्य गरेर नयाँ जनवादी क्रान्ति सम्पन्न गर्नु तथा जनवादी संविधान र जनवादी गणतन्त्रको स्थापना गर्नु नै हुन्छन् । त्यस अर्थमा वर्तमान संविधानसित हाम्रो आधारभूत प्रकारको विरोध छ ।

    द्वितीय, वर्तमान संविधानले सङ्घीयतालाई स्वीकार गरेको छ । त्यससित हाम्रो मौलिक प्रकारको मतभेद छ । संविधानको निर्माणको बेलादेखि नै हामीले त्यसको विरोध गर्दै आएका छौँ र त्यो विरोध अहिले पनि कायम छ । हामीले देशमा सङ्घीयतालाई खारेज गरेर प्रजातान्त्रिक विकेन्द्रियता र स्थानीय स्वायत्त शासनमाथि आधारित एकात्मक प्रणाली कायम गर्न चाहन्छौँ । अहिलेको सङ्घीयताअन्तर्गतको प्रादेशिक संरचनालाई खारेज गरेर स्थानीय तहलाई अरू अधिकार सम्पन्न गराउनुपर्ने आवश्यकतामा हाम्रो पार्टीले जोड दिंदै आएको छ । हाम्रो पार्टीले संविधानको सङ्घीयतासम्बन्धी सम्पूर्ण व्यवस्थालाई खारेज गर्नका लागि संशोधन प्रस्ताव राख्ने निर्णय गरेका छौँ र हाम्रो बैधानिक मोर्चाले छिट्टै संसदमा त्यसप्रकारको संशोधन प्रस्ताव राख्ने छ । त्यसका साथै हामीले देशव्यापी रूपमा सङ्घीयताका विरुद्ध पनि आन्दोलन सञ्चालित गर्ने छौँ ।

    हाम्रो पार्टीको संविधानसितको पहिलो प्रकारको विरोध रणनीति प्रकारको हो । त्यसका लागि आफ्नो प्रचारात्मक आन्दोलन कायम राख्दै तथा कार्यनीतिक रूपमा सङ्घीयताको विरोधलाई अगाडि बढाउँदै वर्तमान संविधानको रक्षाका लागि जोड दिने हाम्रो पार्टीको नीति रहेको छ । बताइरहनुपर्ने आवश्यकता छैन कि संविधानप्रतिको हाम्रो एकै साथ विरोध र समर्थनको नीतिको प्रकृति द्वन्द्वात्मक प्रकारको रहेको छ, जो माक्र्सवादी–लेनिनवादी दर्शनको एउटा सार तत्व हो ।
    अहिलेको स्थितिमा संविधानमा जोड दिने नीतिले विशेष महत्व राख्दछ । वर्तमान संविधानले गणतन्त्र र धर्मनिरपेक्षता समेतलाई स्वीकार गरेको छ । तर, अहिले देशमा ती दुवैमाथि चौतर्फी प्रकारले हमला भइरहेको छ । त्यो अवस्थामा संविधानको रक्षामा जोड दिने कार्य अत्यन्त महत्वपूर्ण र निर्णयात्मक बन्न गएको छ ।

    राप्रपाले पहिलेदेखि नै वर्तमान संविधान, गणतन्त्र र धर्मनिपेक्षताको विरोध गर्दै आएको छ । त्यसरी प्रतिगामी कोणबाट संविधानमाथि आक्रमण गर्दै आएको छ । जुन विषयमा राप्रपाले संविधानमाथि आक्रमण गरिरहेको छ, त्यही विषयमा हामीले दृढतापूर्वक संविधानलाई समर्थन गरिरहेका छौँ ।
    मधेशवादीहरूले वर्तमान संविधानलाई कालो संविधान भनेर आजको संविधान दिवसलाई कालो दिवसको रूपमा मनाउँदै छन् । संविधान प्रतिको उनीहरूको त्यसप्रकारको विरोध पृथकतावादी नीतिद्वारा निर्देशित छ । उनीहरूको त्यसप्रकारको विरोध राष्ट्रघाती प्रकारको छ र त्यही कोणबाट उनीहरूले संविधानमा संशोधन गराउन चाहन्छन् । हामीले संविधानमा संशोधन गराउन चाहन्छौँ, तर राप्रपाको प्रतिगामी र मधेशवादीहरूको राष्ट्रघाती प्रकारका संशोधनहरूको प्रकृतिभन्दा हाम्रो संशोधनको प्रकृति मौलिक रूपले नै बेग्लै छ । राप्रपाले गणतन्त्र र धर्मनिरपेक्षता समाप्त गरेर राजतन्त्रको पुनस्र्थापना गर्न र नेपाललाई हिन्दूराष्ट्र बनाउनका लागि तथा मधेशवादीहरूले नेपालको राष्ट्रियता, सार्वभौमिकता र अखण्डतामा कुठाराघात गर्नका लागि संविधान संशोधन गर्न चाहन्छन् । तर, हामीले ती सबैको रक्षा गर्दै सङ्घीयतालाई समाप्त गर्नका लागि संविधानमा संशोधन गर्न चाहन्छौँ ।

    नेपाली काङ्ग्रेसले उनीहरूको नेतृत्वमा नै संविधान जारी भएको भनेर दावी गरिरहेको छ । तर, अहिले नेकाको ठूलो पंक्ति संविधानको विरोधमा, खास गरेर त्यसमा स्वीकृत गणतन्त्र र धर्म निरपेक्षताका विरुद्धमा देखापर्न थालिरहेको छ । त्यसरी ने।का।भित्र त्यसप्रकारको जनमत बढ्दै गइरहेको छ र त्यसरी त्यसले संविधानका विरुद्ध राप्रपाको प्रतिगामी नीतिको अनुशरण गर्दैछ ।

    यसका लागि हामीले नेकपा र त्यसको सरकारलाई प्रशंसा गर्दछौँ कि वर्तमान संविधान, गणतन्त्र र धर्मनिपेक्षताप्रति उनीहरूले दृढ अडान लिइरहेका छन् र तिनीहरूका विरुद्ध सम्भावित प्रतिगामी खतराका विरुद्ध जनतालाई शतर्क पार्ने काम गरिरहेका छन् । तर, उनीहरूसित जोडिएको अर्को महत्वपूर्ण पक्ष यो हो कि उनीहरूले अपनाएका नीति, कार्यशैली वा क्रियाकलापीहरूका कारणले प्रतिगामी शक्तिहरूलाई वर्तमान संविधान, गणतन्त्र र धर्मनिपेक्षता समेतमाथि हमला गर्नका लागि वातावरण वा आधार तयार हुँदै गइरहेको छ । त्यो अवस्थामा वर्तमान संविधान, गणतन्त्र र धर्मनिपेक्षता समेतको रक्षाका लागि नेकपा वा त्यसको सरकारका सबै गलत नीति, कार्यशैली वा क्रियाकलापहरूका विरुद्ध पनि व्यापक जनचेतना र सङ्घर्ष उठाउनुपर्ने आवश्यकतामा हाम्रो पार्टीले जोड दिन्छ र छिटै त्यसप्रकारका आन्दोलनलाई देशव्यापी रूपमा सङ्गठित गर्ने पनि हाम्रो पार्टीले निर्णय गरेको छ ।

    यस प्रसङ्गमा यो कुराको पनि चर्चा नगरिकन हामी रहन सक्दैनौँ कि वर्तमान संविधान र गणतन्त्रमाथि वामपन्थी कोणबाट पनि हमला भइरहेको छ । खास गरेर नेकपा ९क्रान्तिकारी माओवादी० र नेकपा विप्लवले वर्तमान संविधान र गणतन्त्रलाई प्रतिक्रियावादी बताएर त्यसमाथि हमला गर्ने कार्य गरिरहेका छन् । यो कुरालाई हामीले स्वीकार गर्दछौँ कि उनीहरूको विरोध नीति राप्रपाको जस्तो प्रतिगामी वा मधेशवादीहरूको जस्तो राष्ट्रघाती छैन र उनीहरूको विरोध ‘क्रान्तिकारी’ कोणबाट नै आएको छ । उनीहरूको त्यसप्रकारको क्रान्तिकारी नियतमाथि हाम्रो शङ्का छैन । तर, लेनिनले भनेका छन् राजनीतिमा नियत होइन, परिणाम मुख्य हुन्छ । त्यसैले क्रान्तिकारी माओवादी वा विप्लव पक्षहरूको नियत क्रान्तिकारी भएपनि उनीहरूले अपनाएका नीतिहरूबाट प्रतिगमनलाई नै सेवा पुग्ने कुरा निश्चित छ ।

    भारतीय साम्राज्यवादले वर्तमान संविधान, गणतन्त्र र धर्मनिपेक्षताका विरुद्धका देशभित्रका सबै प्रतिगामी शक्तिहरूलाई समर्थन गर्ने काम गरिरहेको छ । वर्तमान सरकारले पनि भारतीय साम्राज्यवाद प्रति सम्झौतापरस्त नीति अपनाउँदै गइरहेको छ । त्यसले गर्दा आज संविधान, गणतन्त्र वा धर्मनिपेक्षताका विरुद्धको खतरा झन् गम्भीर बन्दै गएको छ । त्यसप्रकारको पृष्ठभूमिमा वर्तमान संविधान समेतको रक्षाका लागि जोड दिनु राष्ट्रिय आवश्यकता भएको छ । त्यसका लागि हामीले संविधान, गणतन्त्र र धर्मनिरपेक्षता पक्षधर सम्पूर्ण राजनीतिक पार्टी, सङ्घसंस्था र जनता समेतका बीचमा व्यापक एकताको आवश्यकतामा जोड दिन्छौँ र त्यसका लागि सम्पूर्ण जनतासित अपील गर्दछौँ ।

    मङ्गलबार, असोज ०७, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी
    इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन
    ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा
    उत्तरी सागरमा कार्बन भण्डारण सुरु
    मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति
    बोलिभियामा नयाँ जङ्गली बिरालो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

    भर्खरै

    • १.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • २.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ३.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ४.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ५.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ६.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ७.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    • ८.
      सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.