• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, मङि्सर ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

बिनू ‘खुसी’ को स्मृतिदिवसमा स्मृतिग्रन्थ लोकार्पण

गुगलविरुद्ध मलेसियाको १४ करोड ६० लाख डलरको मुद्दा

प्रेस स्वतन्त्रता संकुचन र पत्रकार पक्राउको विरोधमा देशव्यापी आन्दोलन

भारत तस्करी हुँदै गरेका १५ वटा राँगारभैँसी नियन्त्रणमा

घोप्टेभिरको पहिरो रोकथामको काम थप तीन दिन लाग्ने

एमाले–नेकपा चुनावी तालमेलको मुडमा

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

३८४ किलो नक्कली महसहित एक पक्राउ

कात्तिक मसान्तसम्म सार्वजनिक ऋण २९ खर्ब ७५ अर्ब, कुल गार्हस्थ्य उत्पादनको ४५.०८ प्रतिशत

लोकप्रिय समाचार

  • १. हैदराबादबाट करिब ३० लाख भारतीय रुपैयाँ लिएर नेपाली दम्पती सम्पर्कविहीन

  • २. ‘निर्धारित समयमै चुनाव हुनुपर्दछ’ मसाल भन्छ– ‘रास्वपा र राप्रपासित तालमेल हुँदैन’

  • ३. राष्ट्रिय जनमोर्चा दाङले सञ्चालन गर्ने भयो ‘सापुरापु’ अभियान

  • ४. न्यायाधीशका पीएसओको गोली लागेर निधन

  • ५. भारतस्थित चार नेपाली संगठनद्वारा नेपाल सरकारसमक्ष सातबुँदे मागपत्र प्रस्तुत

  • ६. अधुरा कृति : कथा विभिन्न

  • ७. हुम्लाका गाउँपालिका अध्यक्ष पक्राउ

  • ८. रसुवाका ६७ बाढीपीडित परिवारलाई राजमो र मूल प्रवाहद्वारा तेस्रो चरणको नगद राहत वितरण

  • ९. नेपाल–भारतबीच भएका आठ समझदारी

  • १०. भारत भ्रमणमा प्रधानमन्त्री शाहले राष्ट्रिय हितका विषय उठाउन नसकेको मसालको ठहर

प्रेस स्वतन्त्रता संकुचन र पत्रकार पक्राउको विरोधमा देशव्यापी आन्दोलन


  •   बुधबार, मङि्सर ०९, २०८३ मा प्रकाशित
  • काठमाडौँ, मंसिर ९ । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि राज्यले हस्तक्षेप गरेको र पत्रकारहरूलाई समाचार लेखेकै आधारमा पक्राउ गरिएको विरोधमा नेपाल पत्रकार महासंघले देशव्यापी आन्दोलनलाई तीव्र पारेको छ। महासंघका केन्द्रीय अध्यक्ष निर्मला शर्माले मंसिर ९ गते एक भिडियो सन्देश जारी गर्दै सरकारको रवैयाविरुद्ध महासंघ केन्द्र, प्रदेश र जिल्ला शाखाहरूमार्फत निरन्तर आन्दोलित भइरहेको जानकारी दिनुभएको हो ।

    Advertisement

    काठमाडौँ शाखाको संयोजकत्वमा आयोजित आन्दोलनका कार्यक्रममा सहभागी हुने क्रममा अध्यक्ष शर्माले पछिल्लो समय समाचार लेखेकै भरमा पत्रकारहरूमाथि प्रहरी हस्तक्षेप बढेको भन्दै गम्भीर आपत्ति जनाउनुभयो । समाचारको स्रोत खुलाउन दबाब दिँदै साइबर ब्युरोमा दैनिकजसो पत्रकारहरूलाई पक्राउ गर्ने, न्युज रुमभित्रै छिरेर धरपकड गर्ने र मिडिया हाउस अगाडि गाडी तेर्साएर प्रेसको मुख थुन्ने काम राज्यबाट भइरहेको उहाँको आरोप छ।

    सरकारले मिडियालाई आर्थिक रूपमा कमजोर बनाएर नियन्त्रण गर्न खोजेको अध्यक्ष शर्माले बताउनुभयो। वर्षौँदेखि मिडियाले पाउँदै आएको लोककल्याणकारी विज्ञापन कटौती गरिएको र निजी सञ्चार माध्यमले पाउने विज्ञापन सरकारी सञ्चार माध्यमलाई मात्र दिने गरी प्रधानमन्त्री कार्यालयबाट जारी भएको आदेश सर्वोच्च अदालतले खारेज गरिसक्दा पनि कार्यान्वयनमा नआएकोप्रति उहाँले आक्रोश व्यक्त गर्नुभयो ।

    पत्रकारितालाई जिम्मेवार बनाउनुपर्छ भन्नेमा महासंघ सहमत रहे पनि सरोकारवालासँग छलफल नै नगरी संसद छलेर अध्यादेश ल्याउने सरकारको कदम गलत भएको शर्माले बताउनुभयो । संविधानप्रदत्त प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता संकुचन हुने गरी प्रेस काउन्सिल ऐन संशोधन गर्न ल्याइएको अध्यादेश हाल राष्ट्रपति कार्यालयमा पुगेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “अध्यादेशबाट मुलुक चल्ने अवस्था छैन। प्रेस स्वतन्त्रता संकुचन गर्ने गरी ल्याइएको उक्त अध्यादेश जारी नगर्न हामीले राष्ट्रपतिज्यूलाई भेटेरै आग्रह गरेका छौँ ।”

    साप्ताहव्यापी आन्दोलनका क्रममा प्रधानमन्त्रीलाई समेत ध्यानाकर्षण पत्र बुझाइसकिएको जानकारी दिँदै अध्यक्ष शर्माले आमसञ्चार सम्बन्धी कुनै पनि विधेयक ल्याउँदा संसदको प्रक्रियाबाट सरोकारवालासँगको पर्याप्त छलफलपछि मात्र ल्याउन सरकारलाई सुझाव दिनुभएको छ । संविधानले दिएको प्रेस स्वतन्त्रताको दायराभित्र रहेर कानुन निर्माण गरिए महासंघ सरकारलाई सहयोग गर्न तयार रहेको समेत उहाँले स्पष्ट पार्नुभयो ।

    बुधबार, मङि्सर ०९, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बिनू ‘खुसी’ को स्मृतिदिवसमा स्मृतिग्रन्थ लोकार्पण
    गुगलविरुद्ध मलेसियाको १४ करोड ६० लाख डलरको मुद्दा
    भारत तस्करी हुँदै गरेका १५ वटा राँगारभैँसी नियन्त्रणमा
    घोप्टेभिरको पहिरो रोकथामको काम थप तीन दिन लाग्ने
    एमाले–नेकपा चुनावी तालमेलको मुडमा
    नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      हैदराबादबाट करिब ३० लाख भारतीय रुपैयाँ लिएर नेपाली दम्पती सम्पर्कविहीन

    • २.
      ‘निर्धारित समयमै चुनाव हुनुपर्दछ’ मसाल भन्छ– ‘रास्वपा र राप्रपासित तालमेल हुँदैन’

    • ३.
      राष्ट्रिय जनमोर्चा दाङले सञ्चालन गर्ने भयो ‘सापुरापु’ अभियान

    • ४.
      न्यायाधीशका पीएसओको गोली लागेर निधन

    • ५.
      भारतस्थित चार नेपाली संगठनद्वारा नेपाल सरकारसमक्ष सातबुँदे मागपत्र प्रस्तुत

    • ६.
      अधुरा कृति : कथा विभिन्न

    भर्खरै

    • १.
      बिनू ‘खुसी’ को स्मृतिदिवसमा स्मृतिग्रन्थ लोकार्पण

    • २.
      गुगलविरुद्ध मलेसियाको १४ करोड ६० लाख डलरको मुद्दा

    • ३.
      प्रेस स्वतन्त्रता संकुचन र पत्रकार पक्राउको विरोधमा देशव्यापी आन्दोलन

    • ४.
      भारत तस्करी हुँदै गरेका १५ वटा राँगारभैँसी नियन्त्रणमा

    • ५.
      घोप्टेभिरको पहिरो रोकथामको काम थप तीन दिन लाग्ने

    • ६.
      एमाले–नेकपा चुनावी तालमेलको मुडमा

    • ७.
      नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

    • ८.
      ३८४ किलो नक्कली महसहित एक पक्राउ

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.