गोविन्दकुमार शर्मा, आरुघाट (गोरखा) ।
गत असोज २५ गते बुढीगण्डकी नदीमा आएको बाढीबाट पीडितलाई राष्ट्रिय जनमोर्चा र मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको संयुक्त टोलीले सिलिन्डर वितरण गरेको छ ।
राजमो महासचिव मनोज भट्ट र मूल प्रवाहका केन्द्रीय सचिव वेदबहादुर कार्कीको प्रत्यक्ष उपस्थितिमा २०८३ मङ्सिर ८ गते सिलिन्डर बाँडिएका हुन् ।
राजमो तथा मूल प्रवाहको टोलीले बाढीपीडित दलकुमारी थापालगायत होल्डिङ सेन्टरमा बसिरहेका ६५ जनालाई सिलिन्डर वितरण गरेको थियो ।
राहत वितरण गर्न जाने टोलीमा अखिल नेपाल किसान महासङ्घ (अप्फा) का अध्यक्ष भैरवराज रेग्मी, युगदर्शन मिडियाका व्यवस्थापक हरिकान्त पौडेल, अखिल नेपाल बुद्धिजीवी सङ्घका कोषाध्यक्ष भोला ढकाल, मूल प्रवाहका पूर्व केन्द्रीय कोषाध्यक्ष मदन शर्मा र राजमो काठमाडौँका उपाध्यक्ष दिवाकर सुवेदी पनि सहभागी हुनुहुन्थ्यो ।
आरुघाट–५ का वडाअध्यक्ष टेकबहादुर खड्काको सहजीकरणमा अगाडि बढेको राहत वितरण कार्यक्रममा समाजसेवी तथा वामपन्थी नेता भक्तिप्रसाद लामिछाने, पदमलाल छोडारीलगायतले सहयोग गर्नुभएको थियो ।
