• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, मङि्सर ०८, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

गोरखाका बुढीगण्डकी बाढीपीडितलाई राजमो र मूल प्रवाहले बाँड्यो सिलिन्डर

जुवातास खेल्ने १६ जना पक्राउ

काभ्रेमा डेङ्गी सङ्क्रमितको सङ्ख्या ५४ पुग्यो

कामरेड शक्तिलम्सालप्रति सादर श्रद्धाञ्जली

कुमार बेनलाई पक्राउ गरी अनुसन्धान गर्न माग गर्दै प्रहरीमा जाहेरी

प्रधानमन्त्री बालेनको भारत भ्रमण : दूतावास र प्रवासी नेपालीसँग भेटघाट गरेनन्‌

हसिनाको डिसेम्बर १६ मा स्वदेश फर्कने घोषणा

चिनियाँ अन्तरिक्ष मिसनमा पहिलो पाकिस्तानी यात्री

‘कक्रोच’ आन्दोलनका नेतालाई लन्डन जान रोक

लोकप्रिय समाचार

  • १. राष्ट्रिय जनमोर्चा जैमिनीको सामूहिक खेती अभियान : ४० रोपनीमा धान खेती, ८० मुरी उत्पादन (फोटाहरू सहित)

  • २. हैदराबादबाट करिब ३० लाख भारतीय रुपैयाँ लिएर नेपाली दम्पती सम्पर्कविहीन

  • ३. ‘निर्धारित समयमै चुनाव हुनुपर्दछ’ मसाल भन्छ– ‘रास्वपा र राप्रपासित तालमेल हुँदैन’

  • ४. राष्ट्रिय जनमोर्चा दाङले सञ्चालन गर्ने भयो ‘सापुरापु’ अभियान

  • ५. न्यायाधीशका पीएसओको गोली लागेर निधन

  • ६. भारतस्थित चार नेपाली संगठनद्वारा नेपाल सरकारसमक्ष सातबुँदे मागपत्र प्रस्तुत

  • ७. अधुरा कृति : कथा विभिन्न

  • ८. टोपबहादुर एमाले भेलामा

  • ९. हुम्लाका गाउँपालिका अध्यक्ष पक्राउ

  • १०. रसुवाका ६७ बाढीपीडित परिवारलाई राजमो र मूल प्रवाहद्वारा तेस्रो चरणको नगद राहत वितरण

कामरेड शक्तिलम्सालप्रति सादर श्रद्धाञ्जली


  •   मङ्गलबार, मङि्सर ०८, २०८३ मा प्रकाशित
  • सर्वप्रथम हामीले यो स्पष्ट गर्न चाहन्छौँ कि कामरेड शक्ति लम्साल देशको एउटा प्रमुख वामपन्थी साहित्यकार हुनुका साथै उहाँ एउटा कर्मठ कम्युनिस्ट नेता पनि हुनुहुन्थ्यो । आज उहाँ हाम्रा बिचमा हुनुहुन्न । त्यो हामी सबैका लागि धेरै नै दुःखको कुरा हो । तर उहाँले आफ्‌ना पछाडि साहित्यको एउटा ठुलो सम्पत्ति छाडेर जानुका साथै कम्युनिस्ट आन्दोलनप्रतिको निरन्तर निष्ठाको एउटा लामो इतिहास पनि छाडेर जानुभएको छ । ती सबैबाट नेपालको कम्युनिस्ट आन्दोनलाई अगाडि बढाउन धेरै नै मद्दत पुग्ने छ भन्ने हामीले विश्वास गर्दछौँ । त्यसरी समग्र रूपमा कामरेड लम्साल नेपालको कम्युनिस्ट आन्दोलनको एउटा ठुलो सम्पत्ति हुनुहुन्थ्यो भन्ने कुरालाई हामीले सगर्भ घोषणा गर्न सक्दछौँ ।

    Advertisement

    कामरेड लम्साल र मैले कम्युनिस्ट आनदोलनमा सँगसँगै लामो समय बिताएका थियौँ । देशमा निरङ्कुश पञ्चायती तानाशाही व्यवस्था कायम भएपछि त्यसका विरुद्धको सङ्घर्षमा हामीले सँगसँगै काम गरेका थियौँ । दरभङ्गा प्लेनमपछि हाम्रो पार्टीको नेतृत्वमा राजावादीहरूले कब्जा गरेपछि त्यसका विरुद्ध विद्रोहका लागि हामी सँगै अगाडि बढेका थियौँ । त्यस सिलसिलामा पार्टीमाथिको राजावादी नेतृत्वका विरुद्ध विद्रोह गर्नका लागि तेस्रो महाधिवेशन सम्पन्न गर्नका लागि हामी सँगै प्युठान र अर्घाखाँची गएका थियौँ र त्यहाँबाट फर्केर बनारस आउने क्रममा कामरेड खिमानसिंह गुरुङ सहित हामी तीनजना सुरक्षा कानुनअन्तर्गत तौलिहवामा गिरफ्‌तार भएर त्यहाँको जेलमा परेका थियौँ ।

    तौलिहवाको जेलमा हामी नौ महिनासम्मसँग बसेका थियौँ । त्यो बेला विभिन्न सैद्धान्तिक र साहित्यिक कृतिहरू तयार पार्ने सिलसिलामा हाम्रा बिचमा धेरै नै घनिष्ठ सम्बन्ध कायम भएको थियो । उहाँले जेलमा रातदिन अध्ययन र साहित्यिक कृतिहरूको सिर्जनामा समय बिताउनुहुन्थ्यो । त्यो जेलमा नै हामी दुवैजना एकअर्कोको धेरै नजिक आयौँ र हाम्रा बिचमा घनिष्ठ सम्बन्ध पनि कायम भएको थियो । तर जेलमा उहाँको स्वास्थ्य धेरै नै कमजोर भएर गएको थियो र त्यही कारणले ९ महिनापछि उहाँ जेलबाट मुक्त हुनुभएको थियो । कामरेड खिमानसिंह गुरुङ १८ महिनापछि जेलबाट छुट्नु भएको थियो र म भैरहवा र काठमाडौँका विभिन्न जेलहरूमा हुँदै ९ वर्षपछि जेलबाट मुक्त भएको थिएँ ।

    म काठमाडौँका जेलहरूमा भएको बेलामा पनि उहाँले मलाई बाहिरबाट धेरै नै मद्दत गर्नुभएको थियो । उहाँले मेरा लागि कैयौँ पुस्तक र पत्रपत्रिकाहरू लगातार ल्याइदिने गर्नुहुन्थ्यो र त्यसबाट मलाई अध्ययन र सैद्धान्तिक वा साहित्यिक रचनाहरूको निर्माणमा धेरै नै मद्दत पुगेको थियो । पछि जेलबाट छुटेपछि पनिहाम्राबिचमा घनिष्ट सम्बन्ध रहिऱयो । अब उहाँ साहित्य र पत्रकारिताको क्षेत्रमा नै बढी सक्रिय हुनुभएको थियो । त्यो कालमा साहित्य र पत्रकारको क्षेत्रमा उहाँको धेरै नै महत्वपूर्ण देनहरू रहेका छन् । पछि चौथो महाधिवेशनमा बनेको केन्द्रीय कमिटीमा फुट हुँदै गयो र त्यही पृष्ठभूमिमा अयोध्यामा हाम्रो पार्टीको पाँचौ महाधिवेशन सम्पन्नभयो । त्यो महाधिवेशनपछि पार्टीमा पुनः विभाजन भयो र कामरेड लम्साल, कामरेड बैद्य र कामरेड प्रचण्डको पक्षमा जानु भयो । त्यसरी सङ्गठनात्मक प्रकारले हाम्रा बिचमा विभाजन भएको भएपनि शक्ति लम्साल र मेरा बिचमा लगातार घनिष्ठ र मैत्रीपूर्ण सम्बन्ध रहिरहेको थियो । त्यसरी कामरेड शक्ति लम्सालसितको मेरो सम्बन्धका कैयौँ महत्वपूर्ण कालहरू रहेका छन् । उहाँसितको मेरो सम्बन्धको सबैभन्दा महत्वपूर्ण काल तौलिहवा जेलको काल नै हो । त्यसपछि उहाँको साहित्यिक र पत्रकारिताको जीवनको कालमा पनि मेरो उहाँसित धेरे घनिष्ठ सम्बन्ध रहेको थियो । सङ्गठनात्मक रूपले हामी बेग्लाबेग्लै भएको कालमा पनि हाम्रा बिचमा सधैँ घनिष्ठ सम्बन्ध रहिनै रहेको थियो ।

    त्यो सम्बन्ध व्यक्तिगतभन्दा पनि बढी सिद्धान्त र विचार वा कम्युनिस्ट आदर्शहरूप्रतिको हाम्रो आस्थामाथि नै आधारित थियो र त्यो सम्बन्ध उहाँको मृत्युपछि पनि लगातार कायम रहिरहेको छ । आजपनि एउटा सरल, मृदुभाषी तथा पार्टी र क्रान्तिका सिद्धान्त र उद्देश्यप्रति पूर्ण रूपले समर्पित व्यक्तिको रूपमा मैले उहाँलाई सम्झिरहन्छु र मलाई आज पनि लागिरहन्छ उहाँ हाम्रा बिचमा नै हुनुहुन्छ ।

    अन्तमा, मैले उहाँप्रति असिम आदर र सम्मानका साथ उहाँप्रति श्रद्धाञ्जली प्रकट गर्दछु ।

    मोहनविक्रम सिंह

    मङ्गलबार, मङि्सर ०८, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गोरखाका बुढीगण्डकी बाढीपीडितलाई राजमो र मूल प्रवाहले बाँड्यो सिलिन्डर
    जुवातास खेल्ने १६ जना पक्राउ
    काभ्रेमा डेङ्गी सङ्क्रमितको सङ्ख्या ५४ पुग्यो
    कुमार बेनलाई पक्राउ गरी अनुसन्धान गर्न माग गर्दै प्रहरीमा जाहेरी
    प्रधानमन्त्री बालेनको भारत भ्रमण : दूतावास र प्रवासी नेपालीसँग भेटघाट गरेनन्‌
    हसिनाको डिसेम्बर १६ मा स्वदेश फर्कने घोषणा

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      राष्ट्रिय जनमोर्चा जैमिनीको सामूहिक खेती अभियान : ४० रोपनीमा धान खेती, ८० मुरी उत्पादन (फोटाहरू सहित)

    • २.
      हैदराबादबाट करिब ३० लाख भारतीय रुपैयाँ लिएर नेपाली दम्पती सम्पर्कविहीन

    • ३.
      ‘निर्धारित समयमै चुनाव हुनुपर्दछ’ मसाल भन्छ– ‘रास्वपा र राप्रपासित तालमेल हुँदैन’

    • ४.
      राष्ट्रिय जनमोर्चा दाङले सञ्चालन गर्ने भयो ‘सापुरापु’ अभियान

    • ५.
      न्यायाधीशका पीएसओको गोली लागेर निधन

    • ६.
      भारतस्थित चार नेपाली संगठनद्वारा नेपाल सरकारसमक्ष सातबुँदे मागपत्र प्रस्तुत

    भर्खरै

    • १.
      गोरखाका बुढीगण्डकी बाढीपीडितलाई राजमो र मूल प्रवाहले बाँड्यो सिलिन्डर

    • २.
      जुवातास खेल्ने १६ जना पक्राउ

    • ३.
      काभ्रेमा डेङ्गी सङ्क्रमितको सङ्ख्या ५४ पुग्यो

    • ४.
      कामरेड शक्तिलम्सालप्रति सादर श्रद्धाञ्जली

    • ५.
      कुमार बेनलाई पक्राउ गरी अनुसन्धान गर्न माग गर्दै प्रहरीमा जाहेरी

    • ६.
      प्रधानमन्त्री बालेनको भारत भ्रमण : दूतावास र प्रवासी नेपालीसँग भेटघाट गरेनन्‌

    • ७.
      हसिनाको डिसेम्बर १६ मा स्वदेश फर्कने घोषणा

    • ८.
      चिनियाँ अन्तरिक्ष मिसनमा पहिलो पाकिस्तानी यात्री

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.