सुर्खेत । एम्बुलेन्स चालकलाई कुटपिट गरेको आरोपमा हुम्लाको चंखेली गाउँपालिकाका अध्यक्ष प्यारीलाल शाही पक्राउ परेका छन्।
Advertisement
गाउँपालिकाको एम्बुलेन्स चालक पृथ्वीबहादुर सिंहले लामो समयदेखि पारिश्रमिक नपाएको भन्दै माग गर्न जाँदा अध्यक्ष शाहीले कुटपिट गरेको आरोप छ। कुटपिटबाट घाइते भएका सिंहलाई थप उपचारका लागि नेपालगन्ज पठाइएको छ।
जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।
