• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, कार्तिक २०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

करिब १२ सय जनाको पारिवारिक पुनर्मिलन

गोरखाको चुमनुब्रीमा नुनको मूल्य प्रतिकिलो दुई सय

शान्तिसुरक्षा कायम गर्न चाडपर्वलक्षित विशेष सुरक्षा योजना लागु

कर्णालीमा युवा जलवायु सम्मेलन

आज हिमाली क्षेत्रमा वर्षा हुन सक्ने

महिला सङ्घ ढोरपाटनको तेस्रो भेला, अध्यक्षमा पौडेल

काठमाडौँमा प्रगतिशील देउसीभैलो कात्तिक २२ गतेदेखि

दाङको राप्तीमा महिला सङ्घको वडाभेला मङ्सिरमा, प्रशिक्षण पुसमा

पोखरामा सयपत्री पुष्प मेला सुरु

लोकप्रिय समाचार

  • १. ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

  • २. अमेरिकी मध्यावधि चुनावमा डेमोक्रेटको अग्रता

  • ३. सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

  • ४. बैनी, तेरो मृत्युमा (शोककविता)

  • ५. प्रकाश केसीको निधनप्रति मसालको श्रद्धाञ्जली

  • ६. चन्डिगढमा मूल प्रवाहको प्रगतिशील देउसीभैलोको तयारी भेला (फोटासहित)

  • ७. पर्यटन विकासको सम्भावना र सरकारको दायित्व

  • ८. शिक्षक सङ्घ दाङको नवौँ परिषद् सम्पन्न

  • ९. सामन्ती बर्बराहट : टुप्पाबाट पलाएकाहरू

  • १०. १० बुँदे सहमतिसहित नेकपा र उमा भुजेल नेतृत्वको पार्टीबीच एकता

करिब १२ सय जनाको पारिवारिक पुनर्मिलन


  •   शुक्रबार, कार्तिक २०, २०८३ मा प्रकाशित
  • भरतपुर । संरक्षणको आवश्यकता भएका महिला, किशोरी तथा बालबालिकालाई आश्रय दिँदै आएको आदर्श गृह नेपालले हालसम्म एक हजार एक सय ८१ जनाको पारिवारिक पुनर्मिलन गराएको छ ।

    Advertisement

    मानवीय सेवा, संरक्षण, पुन:स्थापना तथा सामाजिक रूपान्तरणका क्षेत्रमा क्रियाशील उक्त संस्थाले २०६६ वैशाख १ गतेदेखि भरतपुरमा रहेर हिंसा प्रभावित, मानव बेचबिखन तथा ओसारपसारमा परेका र संरक्षणको आवश्यकता भएका महिला तथा बालबालिकालाई सुरक्षित आश्रय प्रदान गर्दै आएको छ ।

    संस्थाकी अध्यक्ष मीनाकुमारी खरेलका अनुसार गृहमा हुर्किएका दुई छात्राले स्नातकोत्तर, तीन जनाले स्नातक र १२ जनाले उच्च शिक्षा हासिल गरेका छन् । त्यस्तै, नौ जनाले प्राविधिक शिक्षा तथा ४६ जनाले प्राविधिक र औपचारिक सिपमूलक तालिम लिएर रोजगारी पाएका छन् ।

    हाल गृहमा आश्रित १७ जनालाई भरतपुर महानगरपालिकाले छात्रवृत्ति उपलब्ध गराएर अध्ययन गराइरहेको छ भने २४ जना निजी तथा सामुदायिक विद्यालयमा अध्ययनरत छन् । गृहमा हुर्किएका १३ जना अन्य संस्थामा गएका, छ जना वैदेशिक रोजगारीमा गएका र दुई जनाको संस्थाकै अगुवाइमा विवाह गराइएको अध्यक्ष खरेलले जानकारी दिइन् ।

    संस्थाको पहलमा जिल्ला, पुनरावेदन तथा सर्वोच्च अदालत र मेलमिलाप केन्द्रमार्फत न्याय प्राप्त गरेका तथा न्यायिक प्रक्रियामा रहेका तीन सय ३४ जना छन् । संस्थासँग सम्बन्धित चारोटा मुद्दा विचाराधीन छन् । त्यस्तै, गृहले २० जनालाई बिउपुँजी उपलब्ध गराएर व्यवसाय सञ्चालनमा सहयोग गरेको छ ।

    भरतपुर महानगरपालिका–४ वैदिकनगरस्थित गृहमा हाल ३२ जनाले आश्रय लिइरहेका छन् । उनीहरू हिंसा प्रभावित, मानव बेचबिखन तथा ओसारपसारमा परेका र अनाथ बालबालिका हुन् । आश्रितको दीर्घकालीन व्यवस्थापनका लागि गृहले भरतपुर महानगरपालिका–१५ विश्वप्रकाश टोलमा आफ्नै जग्गामा सुविधासम्पन्न आश्रम निर्माण गरिरहेको छ ।

    संस्थाकी संस्थापक अध्यक्ष खरेलले एक कठ्ठा जग्गा दान गरेकी छिन भने दुई कठ्ठा १३ धुर जग्गा उपयोगका लागि उपलब्ध गराएकी छिन् । त्यस्तै, ४९ जना दाताले थप तीन कठ्ठा जग्गा खरिद गर्न सहयोग गरेका छन् ।

    उक्त जग्गामा रु सात करोड ५० लाखको लागतमा चारतले सुविधासम्पन्न आश्रम निर्माण भइरहेको छ । आश्रममा ७० बालबालिका र ३० महिलालाई राख्न सकिनेछ । गृहमा हुर्किएर विवाह गरी गएका छोरीज्वाइँ तथा अन्य पाहुनाका लागि पाहुना कक्ष र प्रशासनिक भवनसमेत निर्माण गरिने संस्थाले जनाएको छ । (रासस)

    शुक्रबार, कार्तिक २०, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गोरखाको चुमनुब्रीमा नुनको मूल्य प्रतिकिलो दुई सय
    शान्तिसुरक्षा कायम गर्न चाडपर्वलक्षित विशेष सुरक्षा योजना लागु
    कर्णालीमा युवा जलवायु सम्मेलन
    आज हिमाली क्षेत्रमा वर्षा हुन सक्ने
    महिला सङ्घ ढोरपाटनको तेस्रो भेला, अध्यक्षमा पौडेल
    काठमाडौँमा प्रगतिशील देउसीभैलो कात्तिक २२ गतेदेखि

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

    • २.
      अमेरिकी मध्यावधि चुनावमा डेमोक्रेटको अग्रता

    • ३.
      सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

    • ४.
      बैनी, तेरो मृत्युमा (शोककविता)

    • ५.
      प्रकाश केसीको निधनप्रति मसालको श्रद्धाञ्जली

    • ६.
      चन्डिगढमा मूल प्रवाहको प्रगतिशील देउसीभैलोको तयारी भेला (फोटासहित)

    भर्खरै

    • १.
      करिब १२ सय जनाको पारिवारिक पुनर्मिलन

    • २.
      गोरखाको चुमनुब्रीमा नुनको मूल्य प्रतिकिलो दुई सय

    • ३.
      शान्तिसुरक्षा कायम गर्न चाडपर्वलक्षित विशेष सुरक्षा योजना लागु

    • ४.
      कर्णालीमा युवा जलवायु सम्मेलन

    • ५.
      आज हिमाली क्षेत्रमा वर्षा हुन सक्ने

    • ६.
      महिला सङ्घ ढोरपाटनको तेस्रो भेला, अध्यक्षमा पौडेल

    • ७.
      काठमाडौँमा प्रगतिशील देउसीभैलो कात्तिक २२ गतेदेखि

    • ८.
      दाङको राप्तीमा महिला सङ्घको वडाभेला मङ्सिरमा, प्रशिक्षण पुसमा

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.