• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, कार्तिक २०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

करिब १२ सय जनाको पारिवारिक पुनर्मिलन

गोरखाको चुमनुब्रीमा नुनको मूल्य प्रतिकिलो दुई सय

शान्तिसुरक्षा कायम गर्न चाडपर्वलक्षित विशेष सुरक्षा योजना लागु

कर्णालीमा युवा जलवायु सम्मेलन

आज हिमाली क्षेत्रमा वर्षा हुन सक्ने

महिला सङ्घ ढोरपाटनको तेस्रो भेला, अध्यक्षमा पौडेल

काठमाडौँमा प्रगतिशील देउसीभैलो कात्तिक २२ गतेदेखि

दाङको राप्तीमा महिला सङ्घको वडाभेला मङ्सिरमा, प्रशिक्षण पुसमा

पोखरामा सयपत्री पुष्प मेला सुरु

लोकप्रिय समाचार

  • १. ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

  • २. अमेरिकी मध्यावधि चुनावमा डेमोक्रेटको अग्रता

  • ३. सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

  • ४. बैनी, तेरो मृत्युमा (शोककविता)

  • ५. चन्डिगढमा मूल प्रवाहको प्रगतिशील देउसीभैलोको तयारी भेला (फोटासहित)

  • ६. प्रकाश केसीको निधनप्रति मसालको श्रद्धाञ्जली

  • ७. पर्यटन विकासको सम्भावना र सरकारको दायित्व

  • ८. शिक्षक सङ्घ दाङको नवौँ परिषद् सम्पन्न

  • ९. सामन्ती बर्बराहट : टुप्पाबाट पलाएकाहरू

  • १०. १० बुँदे सहमतिसहित नेकपा र उमा भुजेल नेतृत्वको पार्टीबीच एकता

गोरखाको चुमनुब्रीमा नुनको मूल्य प्रतिकिलो दुई सय


  •   शुक्रबार, कार्तिक २०, २०८३ मा प्रकाशित
  • प्रतीक्षा आले, गोरखाबजार ।

    Advertisement

    अन्य स्थानमा प्रतिकिलो रु ३० देखि ३५ सम्ममा पाइने खानेनुन गोरखाको उत्तरी भेगका विकट गाउँमा भने रु दुई सय रुपियाँसम्म पर्छ । सडक सञ्जालको पहुँच नहुँदा ढुवानीमा लाग्ने चर्को खर्चका कारण चुमनुब्री गाउँपालिकाका बासिन्दाले दैनिक उपभोग्य वस्तुका साथै नुनसमेत महँगो मूल्यमा किन्नुपर्ने बाध्यता छ ।

    नेपालमा खानेनुनको आपूर्ति गर्दै आएको साल्ट ट्रेडिङ कर्पोरेसनले आयोनुनको मूल्य प्रतिकिलो रु २६, न्यूशक्ति नुनको रु २० र भानु नुनको रु नौ तोकेको छ तर हिमालपारिको चुमनुब्री गाउँपालिकाका विभिन्न बस्तीमा आयो नुनको मूल्य प्रतिप्याकेट रु ६० देखि दुई सय रुपियाँसम्म पर्ने गरेको छ । गाउँ जति विकट छ, नुनको मूल्य पनि त्यति नै बढी छ ।

    मनास्लु क्षेत्रअन्तर्गत तिब्बती सीमावर्ती सामागाउँ र साम्दोमा प्रतिप्याकेट आयो नुनको मूल्य रु दुई सय पर्छ । तल्लो क्षेत्रमा रु ३० मा पाइने एक प्याकेट नुन साम्दोसम्म पुर्‍याउन ढुवानीमै रु सय खर्च हुने स्थानीय निमा दोर्जेले बताए ।

    ‘पाङसिङबाट साम्दोसम्म एक पोका नुन ल्याउँदा ढुवानी भाडा मात्रै रु सय पर्छ । आरुघाट र आर्खेटबाट पाङसिङसम्मको ढुवानी खर्च छुट्टै छ । त्यसपछि पसलेले पाँचदेखि १० रुपैयाँ नाफा राख्दा एकपोका नुनको मूल्य रु दुई सय पुग्छ’ उनले भने ।

    सामागाउँभन्दा केही तल वडा नं २ को ल्होगाउँमा खाद्यान्न ढुवानी भाडा प्रतिकिलो रु ८० पर्ने भएकाले एक प्याकेट आयोनुनको मूल्य रु एक सय ५० पर्ने गरेको छ । गाउँपालिका–५ बिहीमा भने प्रतिप्याकेट रु सय रुपियाँमा नुन पाइने स्थानीय काल्देन छेबाङले बताए ।

    ‘पाङसिङदेखि बिहीसम्म खच्चडबाट सामान ढुवानी गर्दा हिउँदमा प्रतिकिलो रु २५ भाडा लाग्छ । त्यति बेला नुनको मूल्य रु सय रुपियाँ पर्छ’ उनले भन्नुभयो– ‘वर्षायाममा ढुवानी भाडा प्रतिकिलो रु ७० सम्म पुग्छ । त्यसअनुसार सामानको मूल्य पनि बढ्छ ।’

    वडा नं ४ प्रोकमा पनि ढुवानी खर्चका आधारमा प्रतिकिलो नुनको मूल्य रु सयदेखि एक सय ७० रुपियाँसम्म पर्ने स्थानीयवासीले बताएका छन् ।
    त्यस्तै, चुम उपत्यकाका अन्तिम बस्ती छुले र निलेका बासिन्दाले एक प्याकेट आयोनुनको रु एक सय ८० देखि दुई सय रुपियाँसम्म तिर्ने गरेका छन् ।

    पाङसिङबाट डेढदेखि दुई दिनको पैदल दुरीमा रहेका ती बस्तीमा खच्चडबाट सामान ढुवानी गर्दा प्रतिकिलो रु ६० भाडा लाग्ने गरेको छ । त्यहाँबाट केही वर रहेको लामागाउँसम्म रु ५५ र छेकम्पारको छेकम गाउँसम्म प्रतिकिलो रु ५० ढुवानी भाडा पर्ने लामागाउँका पासाङ फुन्जो लामाले जानकारी दिए । छेकम्पारका गाउँबस्तीमा एक प्याकेट आयो नुनको मूल्य रु एक सय ५० रुपियाँ पर्छ ।

    गाउँपालिका–६ चुम्लिङमा भने एक प्याकेट आयो नुनको रु सय रुपियाँ पर्ने स्थानीय गोपाल लामाले बताए । उनका अनुसार पाङसिङबाट चुम्लिङसम्म खाद्यान्न ढुवानी गर्दा प्रतिकिलो रु ३० भाडा लाग्छ ।

    सरकारले विकट हिमाली क्षेत्रका बासिन्दालाई सहुलियत दरमा नुन उपलब्ध गराउन ढुवानी अनुदान कार्यक्रम सञ्चालन गर्दै आएको छ । उक्त कार्यक्रमको व्यवस्थापनको जिम्मेवारी साल्ट ट्रेडिङ कर्पोरेसनले पाएको छ । कर्पोरेसनले चालु आर्थिक वर्षमा उत्तरी गोरखाको सिर्दिबासका लागि तीन सय ५० क्विन्टल आयो नुन पठाएको कर्पोरेसनका गण्डकी प्रदेश प्रमुख सागर सेरचनले जानकारी दिए ।

    ‘उत्तरी गोरखाको मागअनुसार कर्पोरेसनले आयो नुन पठाउँछ । हामीले यहाँबाट प्रतिकिलो रु २८ का दरले नुन पठाएका हुन्छौँ’ उनले भने– ‘पोखराबाट सिर्दिबाससम्म नुन ढुवानी गर्ने ठेकेदारलाई सरकारले ढुवानी खर्च उपलब्ध गराउँछ ।’

    सरकारले ढुवानी अनुदान दिएर पठाएको नुन उत्तरी गोरखाका सबै विकट बस्तीमा पुग्न सकेको छैन । अनुदानको नुन सिर्दिबास क्षेत्रमै खपत हुने गरेको चुमनुब्री गाउँपालिका–७ छेकम्पारका पासाङ फुन्जो लामाले बताए ।

    ‘सरकारले जगतसम्म नुन पुर्‍याउन ढुवानी अनुदान दिन्छ । त्यहाँबाट सामागाउँ र साम्दो पुग्न चार दिन तथा छेकम्पार पुग्न तीन दिन लाग्छ । त्यसैले हामीले चर्को खच्चड ढुवानी भाडा तिर्नैपर्छ’ उनले भने ।

    नेपाली सेनाले गाउँपालिकाको केन्द्र फिलिमदेखि केही माथि पेवासम्म सडकको ट्र्याक खोलेको छ तर मोटर भने पाङसिङसम्म मात्रै पुगेको छ । बेनिघाट–आरुघाट–लार्के सडकअन्तर्गत हावाडाँडादेखि चीनको सीमास्थित लार्के भञ्ज्याङसम्म सडकको ट्र्याक खोल्ने जिम्मा सेनाले पाएको छ । बजेट अभाव र स्रोत सुनिश्चितताको समस्याका कारण सडक निर्माणले गति लिन सकेको छैन । फलस्वरूप चुमनुब्री गाउँपालिका–३ सिर्दिबासबाहेक अन्य छ वटा वडा अझै सडक सञ्जालको पहुँचबाट टाढा छन् ।

    सडक पुगेको गाउँपालिकाको केन्द्र फिलिम र आसपासका क्षेत्रमा पनि प्रतिप्याकेट रु ३० पर्ने आयोनुनको मूल्य रु ६० पर्ने स्थानीय कुमारी गुरुङले बताइन् । आर्खेटबाट फिलिमसम्म खाद्यान्न आइपुग्दा ढुवानी खर्चका कारण मूल्य बढ्ने गरेको उनको भनाइ छ ।

    मोटर पुगेको वडा नं ३ पाङसिङभन्दा माथिका बस्तीमा खाद्यान्न ढुवानीको मुख्य साधन खच्चड हो । खच्चडबाट मनास्लु क्षेत्रको अन्तिम बस्ती सामागाउँ र साम्दोसम्म खाद्यान्न पुर्‍याउँदा प्रतिकिलो रु सय रुपियाँ ढुवानी भाडा लाग्ने सामागाउँका व्यवसायी वीरबहादुर लामाले जानकारी दिए । उनका अनुसार तीन दिनको पैदलयात्रापछि गाउँमा पुग्ने खाद्यान्नको ढुवानी खर्च प्रतिकिलो रु सय रुपियाँ पर्छ । (रासस)

    शुक्रबार, कार्तिक २०, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    करिब १२ सय जनाको पारिवारिक पुनर्मिलन
    शान्तिसुरक्षा कायम गर्न चाडपर्वलक्षित विशेष सुरक्षा योजना लागु
    कर्णालीमा युवा जलवायु सम्मेलन
    आज हिमाली क्षेत्रमा वर्षा हुन सक्ने
    महिला सङ्घ ढोरपाटनको तेस्रो भेला, अध्यक्षमा पौडेल
    काठमाडौँमा प्रगतिशील देउसीभैलो कात्तिक २२ गतेदेखि

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

    • २.
      अमेरिकी मध्यावधि चुनावमा डेमोक्रेटको अग्रता

    • ३.
      सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

    • ४.
      बैनी, तेरो मृत्युमा (शोककविता)

    • ५.
      चन्डिगढमा मूल प्रवाहको प्रगतिशील देउसीभैलोको तयारी भेला (फोटासहित)

    • ६.
      प्रकाश केसीको निधनप्रति मसालको श्रद्धाञ्जली

    भर्खरै

    • १.
      करिब १२ सय जनाको पारिवारिक पुनर्मिलन

    • २.
      गोरखाको चुमनुब्रीमा नुनको मूल्य प्रतिकिलो दुई सय

    • ३.
      शान्तिसुरक्षा कायम गर्न चाडपर्वलक्षित विशेष सुरक्षा योजना लागु

    • ४.
      कर्णालीमा युवा जलवायु सम्मेलन

    • ५.
      आज हिमाली क्षेत्रमा वर्षा हुन सक्ने

    • ६.
      महिला सङ्घ ढोरपाटनको तेस्रो भेला, अध्यक्षमा पौडेल

    • ७.
      काठमाडौँमा प्रगतिशील देउसीभैलो कात्तिक २२ गतेदेखि

    • ८.
      दाङको राप्तीमा महिला सङ्घको वडाभेला मङ्सिरमा, प्रशिक्षण पुसमा

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.