• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, कार्तिक २०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

करिब १२ सय जनाको पारिवारिक पुनर्मिलन

गोरखाको चुमनुब्रीमा नुनको मूल्य प्रतिकिलो दुई सय

शान्तिसुरक्षा कायम गर्न चाडपर्वलक्षित विशेष सुरक्षा योजना लागु

कर्णालीमा युवा जलवायु सम्मेलन

आज हिमाली क्षेत्रमा वर्षा हुन सक्ने

महिला सङ्घ ढोरपाटनको तेस्रो भेला, अध्यक्षमा पौडेल

काठमाडौँमा प्रगतिशील देउसीभैलो कात्तिक २२ गतेदेखि

दाङको राप्तीमा महिला सङ्घको वडाभेला मङ्सिरमा, प्रशिक्षण पुसमा

पोखरामा सयपत्री पुष्प मेला सुरु

लोकप्रिय समाचार

  • १. ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

  • २. अमेरिकी मध्यावधि चुनावमा डेमोक्रेटको अग्रता

  • ३. सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

  • ४. बैनी, तेरो मृत्युमा (शोककविता)

  • ५. प्रकाश केसीको निधनप्रति मसालको श्रद्धाञ्जली

  • ६. चन्डिगढमा मूल प्रवाहको प्रगतिशील देउसीभैलोको तयारी भेला (फोटासहित)

  • ७. पर्यटन विकासको सम्भावना र सरकारको दायित्व

  • ८. शिक्षक सङ्घ दाङको नवौँ परिषद् सम्पन्न

  • ९. सामन्ती बर्बराहट : टुप्पाबाट पलाएकाहरू

  • १०. १० बुँदे सहमतिसहित नेकपा र उमा भुजेल नेतृत्वको पार्टीबीच एकता

कर्णालीमा युवा जलवायु सम्मेलन


  •   शुक्रबार, कार्तिक २०, २०८३ मा प्रकाशित
  • वीरेन्द्रनगर । ‘जलवायु न्याय सबैको अधिकार, सुरक्षित भविष्य हाम्रो आधार’ भन्ने नाराका साथ कर्णाली प्रदेशस्तरीय ‘युवा जलवायु सम्मेलन–२०८३’ सम्पन्न भएको छ ।

    Advertisement

    २०८३ कात्तिक १९ गते बिहीबार छ बुँदे घोषणापत्र जारी गर्दै सो सम्मेलन सम्पन्न भएको हो ।

    कर्णाली प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको समन्वयमा आयोजित सम्मेलनले जलवायु परिवर्तनको असर भोग्ने पक्षका रूपमा मात्र नभई यसको समाधानमा पनि युवाको भूमिका महत्त्वपूर्ण हुने निष्कर्ष निकालेको छ ।

    घोषणापत्रमा जलवायुसम्बन्धी नीति तथा निर्णय प्रक्रियामा युवाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नुपर्ने उल्लेख गरिएको छ । प्रदेश तथा स्थानीय तहले जलवायु, वातावरण, बिपद् र विकास योजना बनाउँदा युवाको सुझाव लिनुपर्नेमा पनि जोड दिइएको छ ।

    त्यस्तै, जलवायु अनुकूलन तथा बिपद् जोखिम न्यूनीकरणका लागि जोखिम नक्साङ्कनमा युवाको सहभागिता गराउनुपर्ने र स्थानीय अनुकूलन कार्ययोजना बनाएर वार्षिक योजना तथा बजेटसँग जोड्नुपर्ने घोषणापत्रमा उल्लेख छ । यस्ता योजनाको कार्यान्वयन र प्रगति सार्वजनिक गर्नुपर्ने पनि जनाइएको छ ।

    मध्यपश्चिम विश्वविद्यालयका रजिस्ट्रार डा सुदीप ठकुरीका अनुसार घोषणापत्रमा जलवायु उत्थानशीलता र खाद्य सुरक्षाका लागि प्रत्येक जिल्लामा कम्तीमा एउटा सामुदायिक बिउ बैङ्क स्थापना गर्नुपर्ने प्रस्ताव गरिएको छ ।

    स्थानीय बाली र बिउ संरक्षण, बालबालिका, गर्भवती तथा सुत्केरी महिलाको पोषणलाई प्राथमिकता दिनुपर्ने र जलवायुमैत्री कृषि प्रविधि विस्तार गर्नुपर्ने विषय पनि समेटिएका छन् । कर्णालीमा हरित रोजगारी र उद्यमशीलता प्रवद्र्धन गर्न रोजगारी तथा उद्योग नीतिमा प्राथमिकता दिनुपर्ने घोषणापत्रमा उल्लेख छ ।

    नवीकरणीय ऊर्जा, फोहर व्यवस्थापन, दिगो पर्यटन र जडीबुटी प्रशोधनमा युवाको उद्यमलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिइएको कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र (किर्डाक) नेपालका निर्देशक गौतमराज अधिकारीले जानकारी दिए ।

    घोषणापत्रमा जलवायु अनुकूलन, बिपद् न्यूनीकरण र हरित रोजगारीका लागि छुट्टाछुट्टै बजेट शीर्षक र पर्याप्त बजेट विनियोजन गर्नुपर्नेमा जोड दिइएको छ ।

    जलवायु बजेट, स्रोत परिचालन र जवाफदेहितालाई प्राथमिकता दिनुपर्ने उल्लेख छ । त्यस्तै, वातावरण संरक्षण तथा प्रकृतिमा आधारित समाधानका लागि प्रदेश सरकार, स्थानीय तह र सबै सरोकारवालाबीच सहकार्य गर्न प्रतिबद्धता जनाइएको छ । (रासस)

    शुक्रबार, कार्तिक २०, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    करिब १२ सय जनाको पारिवारिक पुनर्मिलन
    गोरखाको चुमनुब्रीमा नुनको मूल्य प्रतिकिलो दुई सय
    शान्तिसुरक्षा कायम गर्न चाडपर्वलक्षित विशेष सुरक्षा योजना लागु
    आज हिमाली क्षेत्रमा वर्षा हुन सक्ने
    महिला सङ्घ ढोरपाटनको तेस्रो भेला, अध्यक्षमा पौडेल
    काठमाडौँमा प्रगतिशील देउसीभैलो कात्तिक २२ गतेदेखि

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

    • २.
      अमेरिकी मध्यावधि चुनावमा डेमोक्रेटको अग्रता

    • ३.
      सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

    • ४.
      बैनी, तेरो मृत्युमा (शोककविता)

    • ५.
      प्रकाश केसीको निधनप्रति मसालको श्रद्धाञ्जली

    • ६.
      चन्डिगढमा मूल प्रवाहको प्रगतिशील देउसीभैलोको तयारी भेला (फोटासहित)

    भर्खरै

    • १.
      करिब १२ सय जनाको पारिवारिक पुनर्मिलन

    • २.
      गोरखाको चुमनुब्रीमा नुनको मूल्य प्रतिकिलो दुई सय

    • ३.
      शान्तिसुरक्षा कायम गर्न चाडपर्वलक्षित विशेष सुरक्षा योजना लागु

    • ४.
      कर्णालीमा युवा जलवायु सम्मेलन

    • ५.
      आज हिमाली क्षेत्रमा वर्षा हुन सक्ने

    • ६.
      महिला सङ्घ ढोरपाटनको तेस्रो भेला, अध्यक्षमा पौडेल

    • ७.
      काठमाडौँमा प्रगतिशील देउसीभैलो कात्तिक २२ गतेदेखि

    • ८.
      दाङको राप्तीमा महिला सङ्घको वडाभेला मङ्सिरमा, प्रशिक्षण पुसमा

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.