• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, कार्तिक २०, २०८३
☰
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

करिब १२ सय जनाको पारिवारिक पुनर्मिलन

गोरखाको चुमनुब्रीमा नुनको मूल्य प्रतिकिलो दुई सय

शान्तिसुरक्षा कायम गर्न चाडपर्वलक्षित विशेष सुरक्षा योजना लागु

कर्णालीमा युवा जलवायु सम्मेलन

आज हिमाली क्षेत्रमा वर्षा हुन सक्ने

महिला सङ्घ ढोरपाटनको तेस्रो भेला, अध्यक्षमा पौडेल

काठमाडौँमा प्रगतिशील देउसीभैलो कात्तिक २२ गतेदेखि

दाङको राप्तीमा महिला सङ्घको वडाभेला मङ्सिरमा, प्रशिक्षण पुसमा

पोखरामा सयपत्री पुष्प मेला सुरु

लोकप्रिय समाचार

  • १. ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

  • २. अमेरिकी मध्यावधि चुनावमा डेमोक्रेटको अग्रता

  • ३. सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

  • ४. बैनी, तेरो मृत्युमा (शोककविता)

  • ५. चन्डिगढमा मूल प्रवाहको प्रगतिशील देउसीभैलोको तयारी भेला (फोटासहित)

  • ६. प्रकाश केसीको निधनप्रति मसालको श्रद्धाञ्जली

  • ७. पर्यटन विकासको सम्भावना र सरकारको दायित्व

  • ८. शिक्षक सङ्घ दाङको नवौँ परिषद् सम्पन्न

  • ९. सामन्ती बर्बराहट : टुप्पाबाट पलाएकाहरू

  • १०. १० बुँदे सहमतिसहित नेकपा र उमा भुजेल नेतृत्वको पार्टीबीच एकता

महिला सङ्घ ढोरपाटनको तेस्रो भेला, अध्यक्षमा पौडेल


  •   शुक्रबार, कार्तिक २०, २०८३ मा प्रकाशित
  • कुलबहादुर छन्त्याल, ढोरपाटन (बागलुङ) ।

    Advertisement

    स्नेहा पौडेललाई अध्यक्षमा चयन गर्दै अखिल नेपाल महिला सङ्घ ढोरपाटन नगर समितिको तेस्रो भेला सम्पन्न भएको छ ।

    प्रमुख अतिथि राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य गौरीश्वर पाण्डेको उद्घाटनसँगै २०८३ कात्तिक १९ गते बिहीबार सो कार्यक्रम सम्पन्न भएको हो ।

    भेलाको उद्घाटनपछि मन्तव्य राख्दै पाण्डेले सत्तारूढ राजनीतिक पार्टीहरू भ्रष्टाचारको चङ्गुलमा फसेको आरोप लगाउनुभयो ।

    ‘सत्ता र शक्तिको आडमा शासन टिकिरहेको छ’ उहाँले भन्नुभयो– ‘यसले गर्दा सहकारी ठगी मौलाएको छ । गरिबदुखी जनता महँगीको चपेटामा परिरहेका छन् ।’

    साम्राज्यवादी मुलुक अमेरिकाले एमसिसी पास गर्न लगाई कार्यान्वयनमा रहेकोे अहिलेको अवस्था नेपाल राष्ट्रका लागि घातक साबित भइरहेको उहाँको भनाइ थियो ।

    ‘हाम्रो पार्टी जनमोर्चाले स्पष्ट रूपमा भनेको कुरा कसैले पत्याएनन् । अहिले अमेरिकी साम्राज्यवादले चीनको विरुद्ध लड्न शासनसत्ता र शक्ति सरकार सम्हालिरहेका राजनीतिक पार्टीहरूलाई नै उपयोग गरिरहेका छन्’ उहाँ भन्नुभयो ।

    विगतमा विभिन्न राजनीतिक पार्टीले सरकार सञ्चालन गरे पनि कैयौँ काम गलत भएका कारण विषम परिस्थिति सिर्जना भएको उहाँको भनाइ थियो ।

    शासनसत्ताका गलत कामकै कारण राष्ट्रका महत्त्वपूर्ण संरचना र सम्पत्ति तहसनहस भएको पनि उहाँले औल्याउनुभयो ।

    महिला आन्दोेलनको सन्दर्भ अगाडि सार्दै उहाँले हिजो नेपाल राष्ट्र बचाउन महिलाले आफ्ना बच्चालाई काखीमा च्यापेर अङ्ग्रेजका विरुद्ध जीवन बलिदान गरेको इतिहास स्मरण गर्नुभयो ।

    राजमो नेता पाण्डेले भन्नुभयो– ‘महिलाले आफ्नो हकअधिकार र देशका लागि एकताबद्ध भई सशक्त ढङ्गले अगाडि बढ्न सक्नुपर्छ ।’

    भेलालाई शुभकामना दिँदै उहाँले महिला सङ्घले आफ्ना हकअधिकारका साथै देश र नेपाली जनताको पक्षमा पनि महत्त्वपूर्ण भूमिका खेल्ने गरेकोमा यो यात्रालाई अझ सशक्त ढङ्गले अगाडि बढाउनुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

    अध्यक्षमा पौडेल

    भेलाले स्नेहा पौडेल अध्यक्ष रहनुभएको १५ पूर्ण र पाँच सल्लाहकार रहेको २० सदस्यीय महिला सङ्घको ढोरपाटन नगर समिति गठन गरेको छ ।

    समितिको उपाध्यक्षमा निमकुमारी भण्डारी, कोषाध्यक्षमा गौमती भण्डारी, सचिवमा ददिकला पाण्डे र सहसचिवमा पवित्राकुमारी छन्त्याल रहनुभएको छ ।

    त्यस्तै सदस्यमा सुनमाया क्षेत्री, मीना बुढा, सन्जिला कुँवर, मीना पुन, गुमकुमारी पौडेल, हिमा कायत, गङ्गा अदै, जमुना खनाल, मनकुमारी विक र कमला पाण्डे चयन हुनुभएको छ ।

    भेलाले धनकुमारी कुँवर, खिमकुमारी खरेल, देवीकुमारी श्रेष्ठ, तालकुमारी महत र गोमला भण्डारीलाई सल्लाहकारमा चयन गरेको छ ।

    भेलालाई राजमो बागलुङका कोषाध्यक्ष दीपक थापा, अखिल नेपाल शिक्षक सङ्घ बागलुङका उपाध्यक्ष दुर्गाबहादुर भण्डारीलगायतले शुभकामना मन्तव्य दिनुुभएको थियो ।

    भेलाको अध्यक्षता धनकुमारी कुँवरले, स्वागत निमकुमारी भण्डारीले र सञ्चालन ददिकला पाण्डेले गर्नुभएको थियो ।

    शुक्रबार, कार्तिक २०, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    करिब १२ सय जनाको पारिवारिक पुनर्मिलन
    गोरखाको चुमनुब्रीमा नुनको मूल्य प्रतिकिलो दुई सय
    शान्तिसुरक्षा कायम गर्न चाडपर्वलक्षित विशेष सुरक्षा योजना लागु
    कर्णालीमा युवा जलवायु सम्मेलन
    आज हिमाली क्षेत्रमा वर्षा हुन सक्ने
    काठमाडौँमा प्रगतिशील देउसीभैलो कात्तिक २२ गतेदेखि

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

    • २.
      अमेरिकी मध्यावधि चुनावमा डेमोक्रेटको अग्रता

    • ३.
      सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

    • ४.
      बैनी, तेरो मृत्युमा (शोककविता)

    • ५.
      चन्डिगढमा मूल प्रवाहको प्रगतिशील देउसीभैलोको तयारी भेला (फोटासहित)

    • ६.
      प्रकाश केसीको निधनप्रति मसालको श्रद्धाञ्जली

    भर्खरै

    • १.
      करिब १२ सय जनाको पारिवारिक पुनर्मिलन

    • २.
      गोरखाको चुमनुब्रीमा नुनको मूल्य प्रतिकिलो दुई सय

    • ३.
      शान्तिसुरक्षा कायम गर्न चाडपर्वलक्षित विशेष सुरक्षा योजना लागु

    • ४.
      कर्णालीमा युवा जलवायु सम्मेलन

    • ५.
      आज हिमाली क्षेत्रमा वर्षा हुन सक्ने

    • ६.
      महिला सङ्घ ढोरपाटनको तेस्रो भेला, अध्यक्षमा पौडेल

    • ७.
      काठमाडौँमा प्रगतिशील देउसीभैलो कात्तिक २२ गतेदेखि

    • ८.
      दाङको राप्तीमा महिला सङ्घको वडाभेला मङ्सिरमा, प्रशिक्षण पुसमा

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.