• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, कार्तिक १८, २०८३
☰
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

शिक्षक सङ्घ दाङको नवौँ परिषद् सम्पन्न

सरोकारवाला पक्षसितको सहमतिमा प्रेस काउन्सिल ऐन संशोधन गर्न महासङ्घको आग्रह

अफगानी नागरिकको निर्वासन रोक्न अमेरिकी अदालतको आदेश

इरानका सर्त पूरा नभएसम्म हर्मुज जलघाँटी नखुल्ने

ग्रिनल्याण्डमा अमेरिकी सैन्य उपस्थिति विस्तार गर्ने सम्झौता अनुमोदन

डा केसीसँग वार्ता गर्न सरकारले बनायो वार्ताटोली

दक्षिण चीन सागरमा सतर्क रहन फिलिपिन्सलाई चीनको चेतावनी

समुद्री बारुदी धरापमा चार तेल ट्याङ्कर ध्वस्त भएको इरानको दाबी

हटाइए कार्की, नयाँ आइजिपीमा मनोज केसी

लोकप्रिय समाचार

  • १. चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

  • २. ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

  • ३. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • ४. अमेरिकी मध्यावधि चुनावमा डेमोक्रेटको अग्रता

  • ५. सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

  • ६. चन्डिगढमा मूल प्रवाहको प्रगतिशील देउसीभैलोको तयारी भेला (फोटासहित)

  • ७. सामन्ती बर्बराहट : टुप्पाबाट पलाएकाहरू

  • ८. बैनी, तेरो मृत्युमा (शोककविता)

  • ९. १० बुँदे सहमतिसहित नेकपा र उमा भुजेल नेतृत्वको पार्टीबीच एकता

  • १०. पर्यटन विकासको सम्भावना र सरकारको दायित्व

सरोकारवाला पक्षसितको सहमतिमा प्रेस काउन्सिल ऐन संशोधन गर्न महासङ्घको आग्रह


  •   बुधबार, कार्तिक १८, २०८३ मा प्रकाशित
  • काठमाडौँ । नेपाल पत्रकार महासङ्घले सरोकारवाला पक्षसितको सहभागिता छलफल र सहमतिको आधारमा प्रेस काउन्सिल ऐनको संशोधन प्रक्रिया अगाडि बढाउन आग्रह गरेको छ ।

    Advertisement

    महासचिव रामप्रसाद दाहालको हस्ताक्षरमा २०८३ कात्तिक १८ गते प्रेसविज्ञप्ति जारी गर्दै महासङ्घले चोरबाटोबाट सरकारले प्रेस काउन्सिलसम्बन्धी अध्यादेश अगाडि बढाएकोमा विरोध गरेको हो ।

    अध्यादेशमार्फत सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि अङ्कुश लगाउन खोजेको ठहर महासङ्घको छ ।

    स्वनियनमा चल्ने पत्रकारिताको सट्टा उजुरी नै नपरे पनि आचारसंहिता उल्लङ्घनबापत काउन्सिलले कारबाही गर्न सक्ने, पत्रकारलाई आर्थिक सजाय दिने, प्रेसपास निलम्बन गर्ने प्रस्तावप्रति महासङ्घले विमति जनाएको छ ।

    महासङ्घसहित सरोकारवाला सङ्गठनसित छलफल गरी प्रेस काउन्सिलसम्बन्धी अर्को विधेयक ल्याउन सरकारसित विज्ञप्तिमा माग गरिएको छ ।

    यस्तो छ, प्रेसविज्ञप्तिको पूर्ण पाठ :

    “सरोकारवाला पक्षसँग सामान्य परामर्शसमेत नगरी सरकारले प्रेस काउन्सिल नेपाल ऐन–२०४८ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्न गरेको सिफारिसमा प्रस्तावित कानुनी व्यवस्थाप्रति नेपाल पत्रकार महासङ्घको गम्भीर ध्यानाकर्षण भएको छ ।

    सरकारले संसदीय प्रक्रियामार्फत मिडिया काउन्सिल विधेयक अगाडि बढाउन खोजेको अवस्थामा अकस्मात चोरबाटोबाट अध्यादेश जारी गरेर प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा अङ्कुश लगाउन खोजेको महासङ्घको ठहर छ । यसबाट कानुनी शासन र संसदीय सर्वोच्चतामाथि गम्भीर प्रहार भएको छ ।

    स्वनियमनमा बाँध्नुपर्ने पत्रकारितासँग सम्बन्धित विषयमा गम्भीर प्रकृतिका प्रावधानहरू; जस्तै : उजुरी नपरे पनि आचारसंहिता उल्लङ्घन भएको देखिए प्रेस काउन्सिलले नै छानबिन र कारबाही गर्न सक्ने, पत्रकार तथा सञ्चारमाध्यमलाई आर्थिक जरिवाना गर्ने, क्षतिपूर्ति भराउने, प्रेसपास निलम्बन गर्न सिफारिस गर्ने तथा सरकारी सुविधा र लोककल्याणकारी विज्ञापन रोक्नेसम्मका प्रस्तावित प्रावधानप्रति महासङ्घ गम्भीर असहमति जनाउँछ । आर्थिक दण्ड र प्रशासनिक नियन्त्रणको बाटोले स्वतन्त्र पत्रकारितामाथि नियन्त्रण गर्ने सरकारी मनसाय प्रकट गरेको छ ।

    सञ्चारकर्मी, कन्टेन्ट क्रिएटर, प्रस्तोता वा इन्फ्लुएन्सर जो कोहीलाई आचारसंहिता लागु गर्ने मनसायले पत्रकारिताका नयाँ माध्यमलाई सरकारी नियन्त्रणमा राख्ने खतरा बढाएको छ । सरकारी कदमले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतासम्बन्धी अन्तर्राष्ट्रिय कानुन र नेपालको संविधानका प्रावधानमा गम्भीर आघात पुग्ने महासङ्घ ठान्दछ ।

    अत: सरकारबाट प्रस्तावित अध्यादेश प्रमाणित नगर्न सम्माननीय राष्ट्रपतिसमक्ष महासङ्घ जोडदार माग गर्दछ र नेपाल पत्रकार महासङ्घलगायत सबै सरोकारवाला पक्षको सहभागिता र सहमतिमा मात्र प्रेस काउन्सिल ऐन संशोधन वा नयाँ विधेयक ल्याउन नेपाल सरकारसँग पुन: माग गर्दछ ।”

    बुधबार, कार्तिक १८, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    शिक्षक सङ्घ दाङको नवौँ परिषद् सम्पन्न
    अफगानी नागरिकको निर्वासन रोक्न अमेरिकी अदालतको आदेश
    इरानका सर्त पूरा नभएसम्म हर्मुज जलघाँटी नखुल्ने
    ग्रिनल्याण्डमा अमेरिकी सैन्य उपस्थिति विस्तार गर्ने सम्झौता अनुमोदन
    डा केसीसँग वार्ता गर्न सरकारले बनायो वार्ताटोली
    दक्षिण चीन सागरमा सतर्क रहन फिलिपिन्सलाई चीनको चेतावनी

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

    • २.
      ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

    • ३.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    • ४.
      अमेरिकी मध्यावधि चुनावमा डेमोक्रेटको अग्रता

    • ५.
      सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

    • ६.
      चन्डिगढमा मूल प्रवाहको प्रगतिशील देउसीभैलोको तयारी भेला (फोटासहित)

    भर्खरै

    • १.
      शिक्षक सङ्घ दाङको नवौँ परिषद् सम्पन्न

    • २.
      सरोकारवाला पक्षसितको सहमतिमा प्रेस काउन्सिल ऐन संशोधन गर्न महासङ्घको आग्रह

    • ३.
      अफगानी नागरिकको निर्वासन रोक्न अमेरिकी अदालतको आदेश

    • ४.
      इरानका सर्त पूरा नभएसम्म हर्मुज जलघाँटी नखुल्ने

    • ५.
      ग्रिनल्याण्डमा अमेरिकी सैन्य उपस्थिति विस्तार गर्ने सम्झौता अनुमोदन

    • ६.
      डा केसीसँग वार्ता गर्न सरकारले बनायो वार्ताटोली

    • ७.
      दक्षिण चीन सागरमा सतर्क रहन फिलिपिन्सलाई चीनको चेतावनी

    • ८.
      समुद्री बारुदी धरापमा चार तेल ट्याङ्कर ध्वस्त भएको इरानको दाबी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.