• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, कार्तिक १७, २०८३
☰
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

अस्ट्रेलियामा ब्याजदर १८ वर्षयताकै उच्च

युक्रेनमा रुसी आक्रमणमा २९ जनाको मृत्यु, ४८ बेपत्ता

एल निनोले विश्वभर खाद्य सङ्कटको जोखिम बढायो

ट्रम्प र रिपब्लिकनलाई धक्का लाग्ने सङ्केत, डेमोक्रेट्सको ‘ब्लू वेभ’ सम्भावना

रुसी आक्रमणमा युक्रेनमा २६ जनाको मृत्यु

नवनियुक्त भारतीय राजदूत सुधाकर दलेला काठमाडौं आइपुगे

१० बुँदे सहमतिसहित नेकपा र उमा भुजेल नेतृत्वको पार्टीबीच एकता

चोरी भएको महँगो घडी माफीपत्रसहित फिर्ता

व्यापक सरकार गठन गर्न नेतान्याहु तयार, अरब दलसँग गठबन्धन अस्वीकार

लोकप्रिय समाचार

  • १. चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

  • २. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • ३. ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

  • ४. सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

  • ५. अमेरिकी मध्यावधि चुनावमा डेमोक्रेटको अग्रता

  • ६. सामन्ती बर्बराहट : टुप्पाबाट पलाएकाहरू

  • ७. चन्डिगढमा मूल प्रवाहको प्रगतिशील देउसीभैलोको तयारी भेला (फोटासहित)

  • ८. कवि

  • ९. हैदरावादमा मृत्यु भएकी जानकीको शव मूल प्रवाहले प्युठान पठायो

  • १०. पत्रकारको गिरफ्तारीसँगै सञ्चारजगत्लाई तर्साउने कदमको प्रगतिशीलद्वारा विरोध

युक्रेनमा रुसी आक्रमणमा २९ जनाको मृत्यु, ४८ बेपत्ता


  •   मङ्गलबार, कार्तिक १७, २०८३ मा प्रकाशित
  • किएभ, १७ कात्तिक । दक्षिणी युक्रेनमा मानवीय सहायता लिन भेला भएका मानिसहरूलाई लक्षित गरी रुसले गरेको आक्रमणमा मृत्यु हुनेको सङ्ख्या मङ्गलबार २९ पुगेको छ भने ४८ जना अझै बेपत्ता छन् । यसैबीच, रुसले रातभर युक्रेनका विभिन्न क्षेत्रमा विद्युत् केन्द्रलाई लक्षित गरी आक्रमण गर्दा अस्पतालहरूमा क्षति पुगेको छ भने दर्जनौँ मानिस घाइते भएका छन् ।

    Advertisement

    युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका अनुसार, रुसले नौ क्षेत्रमा २८९ वटा आक्रमणकारी ड्रोन, १७ वटा ब्यालेस्टिक क्षेप्यास्त्र र ५९ वटा क्रुज क्षेप्यास्त्र प्रहार गरेको थियो । आक्रमणपछि देशका विभिन्न क्षेत्रमा आपत्कालीन विद्युत् कटौती गर्नुपरेको उहाँले सामाजिक सञ्जालमार्फत बताउनुभएको छ । उहाँले रुसी आक्रमण अमेरिकी निर्वाचनकै दिन भएको उल्लेख गर्नुभयो ।

    “रुसीहरूले अमेरिकाले उनीहरूको यो सन्देशलाई ध्यान दिनेछैन भन्ने ठानेका छन्,” उहाँले भन्नुभयो, “तर हामीले यस्तो आतङ्कलाई गम्भीरतापूर्वक लिनुपर्छ र रोक्नुपर्छ । युक्रेनलाई आफ्नो आकाशको रक्षा गर्न सहयोग गर्न आवश्यक छ । अन्यथा रुसले क्षेप्यास्त्र आक्रमण गर्न कहिल्यै छाड्ने छैन ।”

    दक्षिणी जापोरिजिया क्षेत्रमा पर्ने कोम्युशुभाखा गाउँमा मानवीय सहायता वितरणका लागि प्रयोग भइरहेको विद्यालय भवनलाई लक्षित गरी रुसले निर्देशित बम आक्रमण गरेको थियो । त्यसपछि नजिकै रहेको आश्रयस्थललाई पनि निशाना बनाइएको थियो ।

    क्षेत्रीय सैन्य प्रशासनका कार्यवाहक प्रमुख मिखाइलो सेमिकिनले मङ्गलबार दिएको जानकारीअनुसार, मृत्यु हुनेमा चार प्रहरी अधिकारी र दुई उद्धारकर्मी पनि छन् । आक्रमणमा कम्तीमा पाँच जना घाइते भएका छन् ।

    युक्रेनको उत्तरपूर्वी खार्किभ क्षेत्रमा रुसी क्षेप्यास्त्र र ड्रोनको संयुक्त आक्रमणमा कम्तीमा ६२ जना घाइते भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।

    नेमिस्ल्यान्स्की जिल्लास्थित एउटा स्वास्थ्य संस्थामा आक्रमणबाट क्षति पुगेको छ । साथै, चारवटा आवासीय भवनका झ्याल फुटेका छन् भने केही सवारीसाधनमा पनि क्षति पुगेको छ । क्षेत्रीय सैन्य प्रशासनका प्रमुख ओलेह सिनेहुबोभका अनुसार, दुई सयभन्दा बढी बिरामीलाई अन्य स्वास्थ्य संस्थामा सारिएको छ ।

    यसैगरी, ड्निप्रो क्षेत्रमा रुसी आक्रमणमा एक जनाको मृत्यु र १७ जना घाइते भएका छन् । स्थानीय अधिकारीहरूका अनुसार, मङ्गलबार बिहान उद्धारकर्मीहरूले भग्नावशेषबाट एक महिलालाई जीवितै उद्धार गरेका छन् ।

    क्षेत्रीय सैन्य प्रशासनका प्रमुख ओलेक्सान्द्र हान्जाका अनुसार, उक्त आक्रमणमा बहिरङ्ग सेवा केन्द्र र एउटा अस्पतालमा क्षति पुगेको छ । अस्पतालका बिरामीहरूलाई अन्य स्वास्थ्य संस्थामा सारिएको छ ।

    रुसको रक्षा मन्त्रालयले मङ्गलबार रातभरमा युक्रेनका ८५६ वटा ड्रोन खसालेको दाबी गरेको छ । मस्कोका मेयर सर्गेई सोब्यानिनले रुसी राजधानीलाई लक्षित गरी ४९३ वटा ड्रोन प्रहार गरिएको बताउनुभएको छ ।

    युक्रेनी ड्रोन आक्रमणमा रुसको यारोस्लाभ सहरस्थित एउटा तेल प्रशोधन केन्द्रका दुई कर्मचारी घाइते भएको क्षेत्रीय गभर्नर मिखाइल येभ्रायेभले मङ्गलबार बताउनुभएको छ ।  उहाँका अनुसार, आक्रमणबाट प्रशोधन केन्द्रको पूर्वाधारमा पनि क्षति पुगेको छ ।

    ऊर्जा पूर्वाधारमा भएका आक्रमणपछि रुसको नियन्त्रणमा रहेको क्रिमियाका दक्षिणी, पश्चिमी र पूर्वी क्षेत्रमा आलोपालो विद्युत् कटौती लागू गरिएको मस्को समर्थित अधिकारीहरूले मङ्गलबार बताएका छन् ।

    मङ्गलबार, कार्तिक १७, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अस्ट्रेलियामा ब्याजदर १८ वर्षयताकै उच्च
    एल निनोले विश्वभर खाद्य सङ्कटको जोखिम बढायो
    ट्रम्प र रिपब्लिकनलाई धक्का लाग्ने सङ्केत, डेमोक्रेट्सको ‘ब्लू वेभ’ सम्भावना
    रुसी आक्रमणमा युक्रेनमा २६ जनाको मृत्यु
    नवनियुक्त भारतीय राजदूत सुधाकर दलेला काठमाडौं आइपुगे
    १० बुँदे सहमतिसहित नेकपा र उमा भुजेल नेतृत्वको पार्टीबीच एकता

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

    • २.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    • ३.
      ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

    • ४.
      सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

    • ५.
      अमेरिकी मध्यावधि चुनावमा डेमोक्रेटको अग्रता

    • ६.
      सामन्ती बर्बराहट : टुप्पाबाट पलाएकाहरू

    भर्खरै

    • १.
      अस्ट्रेलियामा ब्याजदर १८ वर्षयताकै उच्च

    • २.
      युक्रेनमा रुसी आक्रमणमा २९ जनाको मृत्यु, ४८ बेपत्ता

    • ३.
      एल निनोले विश्वभर खाद्य सङ्कटको जोखिम बढायो

    • ४.
      ट्रम्प र रिपब्लिकनलाई धक्का लाग्ने सङ्केत, डेमोक्रेट्सको ‘ब्लू वेभ’ सम्भावना

    • ५.
      रुसी आक्रमणमा युक्रेनमा २६ जनाको मृत्यु

    • ६.
      नवनियुक्त भारतीय राजदूत सुधाकर दलेला काठमाडौं आइपुगे

    • ७.
      १० बुँदे सहमतिसहित नेकपा र उमा भुजेल नेतृत्वको पार्टीबीच एकता

    • ८.
      चोरी भएको महँगो घडी माफीपत्रसहित फिर्ता

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.