• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, कार्तिक १७, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

अस्ट्रेलियामा ब्याजदर १८ वर्षयताकै उच्च

युक्रेनमा रुसी आक्रमणमा २९ जनाको मृत्यु, ४८ बेपत्ता

एल निनोले विश्वभर खाद्य सङ्कटको जोखिम बढायो

ट्रम्प र रिपब्लिकनलाई धक्का लाग्ने सङ्केत, डेमोक्रेट्सको ‘ब्लू वेभ’ सम्भावना

रुसी आक्रमणमा युक्रेनमा २६ जनाको मृत्यु

नवनियुक्त भारतीय राजदूत सुधाकर दलेला काठमाडौं आइपुगे

१० बुँदे सहमतिसहित नेकपा र उमा भुजेल नेतृत्वको पार्टीबीच एकता

चोरी भएको महँगो घडी माफीपत्रसहित फिर्ता

व्यापक सरकार गठन गर्न नेतान्याहु तयार, अरब दलसँग गठबन्धन अस्वीकार

लोकप्रिय समाचार

  • १. चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

  • २. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • ३. ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

  • ४. अमेरिकी मध्यावधि चुनावमा डेमोक्रेटको अग्रता

  • ५. सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

  • ६. सामन्ती बर्बराहट : टुप्पाबाट पलाएकाहरू

  • ७. चन्डिगढमा मूल प्रवाहको प्रगतिशील देउसीभैलोको तयारी भेला (फोटासहित)

  • ८. कवि

  • ९. हैदरावादमा मृत्यु भएकी जानकीको शव मूल प्रवाहले प्युठान पठायो

  • १०. पत्रकारको गिरफ्तारीसँगै सञ्चारजगत्लाई तर्साउने कदमको प्रगतिशीलद्वारा विरोध

रुसी आक्रमणमा युक्रेनमा २६ जनाको मृत्यु


  •   मङ्गलबार, कार्तिक १७, २०८३ मा प्रकाशित
  • किएभ, १७ कात्तिक । युक्रेनको जापोरिज्जिया क्षेत्रमा मानवीय सहायता वितरण भइरहेको विद्यालयमा रुसी हवाई आक्रमण हुँदा कम्तीमा २६ जनाको मृत्यु भएको छ । युद्धविराम सकिएको केही घण्टामै भएको आक्रमणले शान्तिको आशा कमजोर बनाएको युक्रेनले जनाएको छ ।

    Advertisement

    रुसी नियन्त्रणमा रहेको ओलेस्की सहरमा मानवीय सहायता पुर्‍याउन गत मङ्गलबारदेखि सुरु भएको युद्धविराम आइतबार समाप्त भएको थियो । सन् २०२२ मा रुसले आक्रमण सुरु गरेयता यो दुई देशबीचको सबैभन्दा लामो युद्धविराम थियो । युक्रेनी अधिकारीहरूका अनुसार युद्धविराम सकिएलगत्तै जापोरिज्जियाको एउटा गाउँमा रुसी सेनाले पटकपटक हवाई आक्रमण गरेको थियो । त्यसबेला स्थानीय विद्यालयमा सहायता लिन मानिसहरू भेला भएका थिए ।

    मृतकमध्ये दुई उद्धारकर्मी र चार प्रहरी अधिकारी रहेको कार्यवाहक क्षेत्रीय गभर्नर मिखाइलो सेमिकिनले बताउनुभएको छ । राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले सहायता लिन पुगेका मानिसमाथि पहिलो आक्रमणपछि आश्रयस्थललाई लक्षित गरी पुनः बमबारी गरिएको बताउनुभयो । मृत्यु हुने उद्धारकर्मीमा ४४ वर्षीय डेनिस कोनोभालेन्को र ओलेक्सी सुशेभस्की रहेको आपत्कालीन सेवाले जनाएको छ ।

    अमेरिकी प्रथम महिला मेलानिया ट्रम्पको मध्यस्थतामा भएको ओलेस्कीको मानवीय सहायता अभियानमा रुस र युक्रेनका मानव अधिकार अधिकारीहरूले सहकार्य गरेका थिए । क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले अभियान सफल भएको बताउनुभए पनि तत्काल अर्को अभियानको योजना नरहेको जनाउनुभयो ।

    युक्रेनले युद्धविरामका बेला रुसले आफ्नो सैन्य स्थिति बलियो बनाएको आरोप लगाएको छ । युद्धविराम थप्ने युक्रेनको प्रस्ताव रुसले अस्वीकार गरेको थियो । पेस्कोभले भने युद्धविरामको समय सैन्य पुनःसमूहबद्धीकरणमा प्रयोग गर्नु सामान्य अभ्यास भएको बताउनुभयो ।

    यसैबीच, अमेरिकी विशेष दूत स्टिभ विटकफका अनुसार रुस–युक्रेनबीचको अमेरिकी नेतृत्वमा भइरहेको वार्ता नोभेम्बर १० र ११ मा अबु धाबीमा पुनः सुरु हुनेछ । युद्ध अन्त्यका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दबाब दिए पनि ठोस उपलब्धि हुन सकेको छैन । ट्रम्प मस्कोको पक्षमा झुक्न थालेको भन्दै युक्रेन र उसका युरोपेली सहयोगीहरू चिन्तित छन् ।

    युद्धविराम समाप्त भएको केही घण्टापछि रुस र युक्रेनका आपत्कालीन सूचना दिने मोबाइल एपहरूमा साइबर आक्रमण भएको दुवै देशले जनाएका छन् । युक्रेनले लाखौँ मानिसलाई विकिरणको जोखिमबारे गलत सूचना पठाइएपछि आफ्नो हवाई आक्रमण चेतावनी प्रणालीमा अनधिकृत पहुँच भएको आशङ्का गरेको छ । रुसले पनि आफ्नो आपत्कालीन अवस्था मन्त्रालयसँग सम्बन्धित एप ह्याक भएको जनाएको छ ।

    यस वर्ष रुसले युक्रेनमाथिको आक्रमण तीव्र बनाउँदै ब्यालिस्टिक क्षेप्यास्त्र र तीव्र गतिका जेट इन्जिनयुक्त ड्रोन प्रयोग गरिरहेको छ । यस्ता हतियार रोक्न कठिन हुने बताइएको छ ।

    मङ्गलबार, कार्तिक १७, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अस्ट्रेलियामा ब्याजदर १८ वर्षयताकै उच्च
    युक्रेनमा रुसी आक्रमणमा २९ जनाको मृत्यु, ४८ बेपत्ता
    एल निनोले विश्वभर खाद्य सङ्कटको जोखिम बढायो
    ट्रम्प र रिपब्लिकनलाई धक्का लाग्ने सङ्केत, डेमोक्रेट्सको ‘ब्लू वेभ’ सम्भावना
    नवनियुक्त भारतीय राजदूत सुधाकर दलेला काठमाडौं आइपुगे
    १० बुँदे सहमतिसहित नेकपा र उमा भुजेल नेतृत्वको पार्टीबीच एकता

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

    • २.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    • ३.
      ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

    • ४.
      अमेरिकी मध्यावधि चुनावमा डेमोक्रेटको अग्रता

    • ५.
      सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

    • ६.
      सामन्ती बर्बराहट : टुप्पाबाट पलाएकाहरू

    भर्खरै

    • १.
      अस्ट्रेलियामा ब्याजदर १८ वर्षयताकै उच्च

    • २.
      युक्रेनमा रुसी आक्रमणमा २९ जनाको मृत्यु, ४८ बेपत्ता

    • ३.
      एल निनोले विश्वभर खाद्य सङ्कटको जोखिम बढायो

    • ४.
      ट्रम्प र रिपब्लिकनलाई धक्का लाग्ने सङ्केत, डेमोक्रेट्सको ‘ब्लू वेभ’ सम्भावना

    • ५.
      रुसी आक्रमणमा युक्रेनमा २६ जनाको मृत्यु

    • ६.
      नवनियुक्त भारतीय राजदूत सुधाकर दलेला काठमाडौं आइपुगे

    • ७.
      १० बुँदे सहमतिसहित नेकपा र उमा भुजेल नेतृत्वको पार्टीबीच एकता

    • ८.
      चोरी भएको महँगो घडी माफीपत्रसहित फिर्ता

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.