काठमाडौँ । चाडपर्व नजिकिँदै गर्दा बजारमा स्याउ, अनार र सुन्तलालगायत फलफूलको मूल्य अकासिएको छ। काठमाडौँका खुद्रा बजारमा अनारको मूल्य प्रतिकिलो ५५० रुपैयाँसम्म पुगेपछि फलफूल सर्वसाधारणको पहुँचबाट टाढिँदै गएको छ।
Advertisement
व्यापारीहरूका अनुसार आयातमा ढिलाइ, ढुवानी लागतमा वृद्धि र सडक अवरोधका कारण फलफूल महँगिएको हो। बढ्दो मूल्यका कारण उपभोक्तालाई चाडपर्वमा समेत फलफूल किन्न कठिन हुन थालेको छ। मूल्यवृद्धि नियन्त्रण गरी उपभोक्तालाई राहत दिन सम्बन्धित निकायले तत्काल प्रभावकारी कदम चाल्नुपर्ने देखिएको छ।





