• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, कार्तिक १४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

डोल्पाका फरार कैदीबन्दी खोज्न सुरक्षा निकाय परिचालन

बारामा दुई पक्षमाझ झडपपछिको स्थिति सामान्यतर्फ

व्यक्तिगत घटना दर्ताबाट मतदाता नामावली अद्यावधिक गरिने

नाइजेरियामा ४८ लडाकु मारिएको सेनाको दाबी

कोप–३१ मा दलीय सहभागिता गराउने सरकारको तयारी

अविरल वर्षाले दुई घर र गोठमा क्षति

कुलेखानी जलाशय भरिँदै, सतर्कता अपनाउन आग्रह

पृथ्वी राजमार्गसहित मुलुकका १२ बढी सडक अवरुद्ध

लोकप्रिय समाचार

  • १. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • २. चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

  • ३. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ६. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • ७. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ८. गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

  • ९. मूल प्रवाहको पहलमा चार लाख रुपैयाँ प्रारम्भिक क्षतिपूर्ति

  • १०. चाडपर्वले नेपाली मौलिकताको रक्षा गर्छ : नेपाली

कर्णालीका हिमाली जिल्लामा हिमपात हुँदा जनजीवन प्रभावित


  •   शनिबार, कार्तिक १४, २०८३ मा प्रकाशित
  • सुर्खेत । कर्णाली हिमाली जिल्लाका उच्च भागमा हिमपात हुँदा यहाँको जनजीवन प्रभावित भएको छ । माथिल्लो कर्णालीमा पर्ने हुम्ला, मुगु, जुम्ला, डोल्पा र कालीकोटका उच्च भाग हिमपात भएको हो ।

    Advertisement

    डोल्पाको शे फोक्सुण्डो, डोल्पो बुद्ध र छार्का ताङसोङ गाउँपालिकामा हिमपात हुनुका साथै हुम्लाको नाम्खा, मुगुको मुगुम कार्मारोङ, जुम्लाको पातारासी, तातोपानी, कनकासुन्दरी गाउँपालिका र कालीकोटको तिलागुफा नगरपालिका हिमपात भइरहेको स्थानीयले बताए ।

    जिल्ला प्रशासन कार्यालय डोल्पाका प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालले तल्लो डोल्पामा वर्षा र माथिल्लो डोल्पामा पर्ने शे फोक्सुण्डो, डोल्पो बुद्ध र छार्का ताङसोङ गाउँपालिकामा हिमपात भइरहेको बताए । उनका अनुसार माथिल्लो डोल्पामा कात्तिक १२ गतेदेखि सबै पदयात्रीलाई जान रोक लगाइएको र गएकाहरू सबैको अवस्थाबारे सूचना लिने काम भइरहेको छ ।

    बिपद् जोखिम आकलन गरी त्यसबाट सम्भावित क्षति हुन नदिन कमान्ड पोस्टको बैठक बसेर जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र, सुरक्षा निकाय, स्वास्थ्य, खानेपानी, पूर्वाधार विकास कार्यालय, स्थानीय आपत्कालीन कार्य सञ्चालन केन्द्रलगायत सबै सरोकार भएका निकायसँग समन्वय गरेर उद्धार तथा राहतका लागि तयारी अवस्थामा रहेको प्रमुख जिल्ला अधिकारी हमालले जानकारी दिए ।

    जिल्ला प्रशासन कार्यालय मुगुका प्रमुख जिल्ला अधिकारी पोषनराज भण्डारीले शुक्रबार बेलुका ५ बजेदेखि मध्यम खालको वर्षा निरन्तर भइरहँदा पहिरो जाने खतरा रहेकाले आजलाई सवारी आवागमन रोक्न प्रहरी खटाइएको बताए ।

    मुगुमा टेलिफोनको नेटवर्क र प्रहरी सञ्चार राम्रोसँग नलागेको बताउँदै उहाँले जिल्ला बिपद् व्यवस्थापन समितिको बैठक बसेर केही जोखिमपूर्ण घटना घटे समाधान र उद्धारका लागि सरोकार भएका निकायलाई तयारी अवस्थामा रहन समन्वय गरिएको बताए ।

    जिल्ला प्रशासन कार्यालय हुम्लाका प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईले हिमपातले नाम्खा गाउँपालिको हिल्सा, लिमी, लाप्चाको बाटो बन्द भएको जानकारी दिए । जोखिम क्षेत्रका बासिन्दालाई यो वर्षा र हिमपातको तीन दिनमा सुरक्षित स्थानमा व्यवस्थापन गरिएको बताउँदै उनले कमान्ड पोस्टको बैठकबाट सुरक्षा निकाय, रेडक्रस, स्वास्थ्य, खानेपानी र स्थानीय तहलगायत सरोकार भएका निकाय खोज तथा उद्धारका लागि तयारी रहने निर्णय गरिएको जनाए ।

    शनिबार, कार्तिक १४, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    डोल्पाका फरार कैदीबन्दी खोज्न सुरक्षा निकाय परिचालन
    बारामा दुई पक्षमाझ झडपपछिको स्थिति सामान्यतर्फ
    व्यक्तिगत घटना दर्ताबाट मतदाता नामावली अद्यावधिक गरिने
    कोप–३१ मा दलीय सहभागिता गराउने सरकारको तयारी
    अविरल वर्षाले दुई घर र गोठमा क्षति
    कुलेखानी जलाशय भरिँदै, सतर्कता अपनाउन आग्रह

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • २.
      चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

    • ३.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      दिमाग, तँ कहाँ गा’को थिइस्

    • ६.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    भर्खरै

    • १.
      ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

    • २.
      डोल्पाका फरार कैदीबन्दी खोज्न सुरक्षा निकाय परिचालन

    • ३.
      बारामा दुई पक्षमाझ झडपपछिको स्थिति सामान्यतर्फ

    • ४.
      व्यक्तिगत घटना दर्ताबाट मतदाता नामावली अद्यावधिक गरिने

    • ५.
      नाइजेरियामा ४८ लडाकु मारिएको सेनाको दाबी

    • ६.
      कोप–३१ मा दलीय सहभागिता गराउने सरकारको तयारी

    • ७.
      अविरल वर्षाले दुई घर र गोठमा क्षति

    • ८.
      कुलेखानी जलाशय भरिँदै, सतर्कता अपनाउन आग्रह

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.