बेनी । शुक्रबार अपराह्नदेखि परेको अविरल वर्षासँगै पहिरो खसेपछि बेनी–जोमसोम र बेनी–दरबाङ सडक शनिवार बिहानदेखि अवरुद्ध भएका छन् ।
Advertisement
जिल्ला प्रशासन कार्यालयका अनुसार बेनी नगरपालिका र मङ्गला गाउँपालिकाको सिमाना फापरखेत पहिरोका कारण बेनी–दरबाङ तथा सिरुवारी, खामभित्तालगायत स्थानमा खसेको पहिरोले उक्त सडक अवरुद्ध भएको हो ।
झरी नरोकिएकाले अवरुद्ध सडक खुलाउन सडक विभाग र पूर्वाधार विकास कार्यालयको प्रयास असफल भएको प्रशासनले जनाएको छ । (रासस)





