• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, कार्तिक १४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सुरुङ खनेर डोल्पा कारागारबाट आठ कैदी फरार

प्रेस स्वतन्त्रताको पक्षमा माइतीघरमा मौन प्रदर्शन

बेनी–जोमसोम र बेनी–दरबाङ सडक अवरुद्ध

भारी हिमपात र निरन्तर वर्षाले मुस्ताङको जनजीवन प्रभावित

मनाङमा सर्वाधिक वर्षा मापन

निरन्तर वर्षाले पाकेको धान ढल्यो

भारतीय आयातमा रोक लगाएपछि फूलखेतीमा किसानको आकर्षण बढ्दै

बाढीपहिरो कारण तीन जिल्लाका पाँच सडक अवरुद्ध

अर्नबको प्रभावले देशैभरि वर्षा हुँदै, भोलिदेखि मौसम सुधार हुने

लोकप्रिय समाचार

  • १. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • २. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ३. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ४. चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

  • ५. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ६. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • ७. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ८. रङ्गीन फूलको एउटै माला बनाऔँ

  • ९. हिमाचलका नेपालीको दुर्घटना तथा स्वास्थ्य बिमा गर्न मूल प्रवाहको माग

  • १०. गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

कञ्चनजङ्घा क्षेत्रमा २५० पर्यटक रोकिए


  •   शुक्रबार, कार्तिक १३, २०८३ मा प्रकाशित
  • फुङलिङ । बङ्गालको खाडीमा विकसित चक्रवात अर्नबका कारण हिमाली क्षेत्रको मौसम प्रतिकूल भएपछि कञ्चनजङ्घा क्षेत्रको भ्रमणमा निस्किएका दुई सय ५० आन्तरिक तथा बाह्य पर्यटक बिचबाटोमा रोकिएका छन् ।

    Advertisement

    उच्च भेगमा हिमपात र तल्लो क्षेत्रमा सिमसिम पानीसँगै चिसो बढेपछि बेसक्याम्पतर्फ जाँदै गरेका र फर्किंदै गरेका पर्यटक गन्तव्यसम्म पुग्न नसकी बिचबाटोमै पर्ने होटल तथा बस्तीमा रोकिनुपरेको हो ।

    कञ्चनजङ्घा बेसक्याम्पतर्फ भ्रमणमा गएका फोटोपत्रकार राजीव लिम्बूका अनुसार घुन्सा क्षेत्रका सबै होटल आन्तरिक तथा बाह्य पर्यटकले खचाखच भरिएका छन् । उनको टोली नै दुई दिनदेखि त्यही रोकिनुपरेको छ ।

    पदमार्गका फलेका होटलसमेत पर्यटकले भरिएको भ्रमणमा रहेका पाँचथरका पत्रकार गिरीराज बाँस्कोटाले जानकारी दिए । त्यस क्षेत्रमा सिमसिम पानी परिरहेको छ, चिसो बढेको छ भने उच्च भेगका डाँडामा हिमपात भएको छ ।

    कञ्चनजङ्घाको उत्तरी आधार शिविरतर्फ जाने पदमार्गमा पर्ने इटालीटार, लामाटार, अम्जिलेसा, थाङ्गिम, ग्याब्ला, फले, घुन्सा, खम्बाचेन र लोनाकलगायतका बस्ती तथा दक्षिणी आधार शिविरतर्फका याम्फुदिन, नयाँ झोरेनी, तोरोङ्देन, सेराम र राम्जेलगायतका स्थानमा रहेका होटलमा पर्यटकको चाप बढेको छ ।

    यसैगरी लुम्बासुम्बा हुँदै मकालु आधार शिविरतर्फ जाने विदेशी पर्यटकको टोली ओलाङचुङगोलामै रोकिएको छ । फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोलामा रहेको ऐतिहासिक दिकिछ्योर्लिङ गुम्बालगायत क्षेत्रको अध्ययन तथा अनुसन्धानका लागि पुगेको सराफ फाउन्डेसनको टोलीसँगै रहेका पर्यटन अभियन्ता हेमराज निरौलाका अनुसार स्वदेशी तथा विदेशी गरी करिब ६० जना पर्यटक अहिले ओलाङचुङगोलामै छन् र उनीहरू त्यहीँका होटलमा बसेका छन् । आधाजसो लुम्बासुम्बा हुँदै मकालु आधार शिविरतर्फ जाने पर्यटक छन् । ओलाङचुङगोला हुँदै सिङ्जेसम्म पुग्ने उद्देश्यले गएका आन्तरिक पर्यटकसमेत मौसम प्रतिकूल भएपछि त्यहीँ रोकिएका छन् ।

    मौसम प्रतिकूल भएपछि सीमा सुरक्षार्थ खटिएको सशस्त्र प्रहरी र स्थानीय वडा कार्यालयले मौसममा सुधार नआएसम्म सुरक्षित स्थानमा रहन सूचना जारी गरेका छन् ।

    प्रमुख जिल्ला अधिकारी उमेशकुमार दाहालले प्रतिकूल मौसमका कारण जिल्लाका कुनै पनि बिपद्जन्य घटना भएको छैन । उनका अनुसार स्वदेशी तथा विदेशी गरी दुई सय ५० पर्यटक कञ्चनजङ्घा क्षेत्रमा रहेका छन् । उनीहरू त्यस क्षेत्रका बस्ती, होटलमा छन् । ओलाङचुङगोला, घुन्सा र याम्फुदिनलगायतका क्षेत्रमा पर्यटकको सङ्ख्या बढी छ ।

    पर्यटकलाई सुरक्षित रहन तथा मौसमको अवस्था राम्ररी बुझेर मात्र यात्रा गर्न सचेत गराइएको र सुरक्षा निकाय तथा स्थानीय तहसँग समन्वय गरी आवश्यक सतर्कता अपनाइएको प्रजिअ दाहालले जानकारी दिए । स्थानीय सर्वसाधारण नागरिकलाई समेत सचेत गराइएको उनले बताए ।

    बिहीबार दिनभर ताप्लेजुङको आकाश धुम्मिएको थियो । रातिदेखि वर्षा जारी छ । उच्च क्षेत्रमा हिउँ पनि परेको छ ।

    शुक्रबार, कार्तिक १३, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सुरुङ खनेर डोल्पा कारागारबाट आठ कैदी फरार
    प्रेस स्वतन्त्रताको पक्षमा माइतीघरमा मौन प्रदर्शन
    बेनी–जोमसोम र बेनी–दरबाङ सडक अवरुद्ध
    भारी हिमपात र निरन्तर वर्षाले मुस्ताङको जनजीवन प्रभावित
    मनाङमा सर्वाधिक वर्षा मापन
    निरन्तर वर्षाले पाकेको धान ढल्यो

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • २.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ३.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ४.
      चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

    • ५.
      दिमाग, तँ कहाँ गा’को थिइस्

    • ६.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    भर्खरै

    • १.
      सुरुङ खनेर डोल्पा कारागारबाट आठ कैदी फरार

    • २.
      प्रेस स्वतन्त्रताको पक्षमा माइतीघरमा मौन प्रदर्शन

    • ३.
      बेनी–जोमसोम र बेनी–दरबाङ सडक अवरुद्ध

    • ४.
      भारी हिमपात र निरन्तर वर्षाले मुस्ताङको जनजीवन प्रभावित

    • ५.
      मनाङमा सर्वाधिक वर्षा मापन

    • ६.
      निरन्तर वर्षाले पाकेको धान ढल्यो

    • ७.
      भारतीय आयातमा रोक लगाएपछि फूलखेतीमा किसानको आकर्षण बढ्दै

    • ८.
      बाढीपहिरो कारण तीन जिल्लाका पाँच सडक अवरुद्ध

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.